IMG_20220312_170616.jpg

काठमाडौ । बक्स अफिसले हरेक शनिबार रमाइलो फुटबल प्रमाेशन कप सञ्चालन गर्दै आएकाे छ । हरेक शनिबार झै आज पनि दुई खेल संचालन भएको छ। आजकाे खेलमा हिजो शुक्रबारदेखि श्रीराम बालाजी फिल्मले अल नेपाल रिलिज ल्याएको साउथ फिल्म इटि र चैत्र११ गतेदेखि अल नेपाल रिलिज हुने एभरेस्ट सुर्य बोहोराको निर्देशनमा बनेको हेल्लो जिन्दगीको विशेष प्रमोसन गरिएको थियो। त्यसैगरी पहिलाे खेलमा अल नेपाल प्रदर्शन आएकाे मुकुन्द भट्टको चलचित्र लप्पन छपन २ र हिजाे २७ गते शुक्रबारदेखि अल नेपाल प्रदर्शनमा आएकाे उदय सुब्बाको चलचित्र आकासे खेती र अर्काे खेलमा गत शुक्रबारदेखि रिलिज गरिएको सुदर्शन थापाको म एस्तो गीत गाउछु २ को पनि थप चर्चा गरियो ।रिलिजको मुखमा रहेका विभिन्न चलचित्रहरुको मैदानमा गीत बजाउन्ने,माईकिङ गर्ने,पोस्टर पम्प्लेट टास्न्ने ,कलाकारको अन्तरक्रिया गर्ने,मायाको चिनोबाट सम्मान गर्दै स्वदेशी चलचित्रलाई नियमित रुपमा आयोजना गर्दै आएको खेल आयोजना पछि खेलकुद सामाग्री हस्तान्तरण गर्नुहुने बरिस्ठ गीतकार मीन सागर लामा,बरिस्ठ चलचित्र प्राबिधिक सुनयमान श्रेष्ठ, बरिस्ठ गायक संगीतकार देवकुमार चौधरीलाई मायाको चिनोबाट सम्मानित गरिएको थियो। आगामी शनिबार पनि दुई खेल हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *