
काठमाडौ । बक्स अफिसले हरेक शनिबार रमाइलो फुटबल प्रमाेशन कप सञ्चालन गर्दै आएकाे छ । हरेक शनिबार झै आज पनि दुई खेल संचालन गरेको छ। आज भएको खेलमा हिजो शुक्रबारदेखि अल नेपाल प्रदर्शन आएकाे मुकुन्द भट्टको चलचित्र लप्पन छपन २ ,आगामी शुक्रबारदेखि अल नेपाल प्रदर्शन हुने उदय सुब्बाको चलचित्र आकासे खेती र अर्काे खेलमा गत शुक्रबारदेखि रिलिज गरिएको सुदर्शन थापाको म एस्तो गीत गाउछु २ र चैत्र ११ गते रिलिज हुने एभरेस्ट सुर्य बोहोराको चलचित्र हेल्लो जिन्दगी व्यापक प्रचारप्रसार गरिएको छ। रिलिजको मुखमा रहेका विभिन्न चलचित्रहरुको मैदानमा गीत बजाउन्ने,माईकिङ गर्ने,पोस्टर पम्प्लेट टास्न्ने ,कलाकारको अन्तरक्रिया गर्ने,मायाको चिनोबाट सम्मान गर्दै स्वदेशी चलचित्रलाई नियमित रुपमा हेर्न अपिल गर्ने गरिएको छ । आगामी शनिबार पनि दुई खेल हुने भएको छ । कार्यक्रममा चलचित्र आकासे खितीको सफलताको सुभकामना दिदै संस्थाका अध्यक्ष आरके सुबेदिले अभिनेता गौरव पहाडी ,निर्देशक उदय सुब्बा अर्को रिलिज चलचित्र लपन छपन २ को निर्देशक निर्माता मुकुन्द भट्टलाई मायाको चिनो सहित सम्मानित गरेको छ।