काठमाडौ । विगत १६ वर्षदेखि निरन्तर रूपमा आयाेजना हुँदै आएकाे ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ संस्करण भव्य रूपमा सम्पन्न भएकाे छ। पर्यटन तथा संस्कृति मन्त्री प्रेम आले मगरकाे प्रमुख आतिथ्याेमा चलचित्र विकास वाेर्ड सभाहलमा आयाेजना भएकाे बल्कबष्टर नेपाली फिल्म अवार्ड २०७८ बर्ष चलचित्र म एस्तो गित गाउछुले सार्बधिक ब्यबसाय गर्ने सर्वश्रेष्ठ चलचित्रको अवार्ड उचाल्यो। कोरोना महामारीको कारण कुल २१ चलचित्रको बक्स अफिस दौडमा म एस्तो गित गाउछु २ ले बिज्नेस कारोबारमा बाजि मारेको हो। बर्ष अभिनेता तथा अभिनेत्रीमा सोही चलचित्रबाट पल शाह र नायिका पुजा सर्मा यो बर्षको चर्चित नायक नायक घोषणा गरियो। तेस्तै हरेक बर्ष बितरन गरिदै आएको रजत जयन्ती सम्मानबाट वरिष्ठ गीतकार डा.कृष्णहरि बराल,बरिष्ट निर्माता निर्देशक दयाराम दाहाल र वरिष्ठ गायिका देविका वन्दनालाई रजत जयन्ती संमान प्रदान गरिएको छ। त्यसैगरी अखिल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा , पुर्व राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ र पुर्व खेलाडी तथा भकुण्डो चलचित्रका निर्माता सुन्दर थापा क्षेत्री फुटबल बिधाबाट सम्मान गरिएको छ। अग्रज सुवेदी पत्रकारिता पुरुषकारमा बरिस्ठ पत्रकार रामहरि सिल्वाल,कृयाशिल रंग पत्रकारितामा श्याम स्मृत, युवा पत्रकारिता पुरुषकारमा रामजी बगाले सम्मानित भए। काेभिड १९ काेराेनाकाे महामारीका विचमा चलचित्र निर्माण गरि प्रदर्शन गरेका डेड दर्जन चलचित्रलाई पनि विशेष सम्मान पत्र वितरण गरिएकाे छ भने यो बर्ष रिलिज भएको कुल २१ चलचित्रलाई उछिन्दै वर्ष उत्कृष्ट व्यवसायिक चलचित्रमा म यस्ताे गीत गाउँछु बाट नायक पल शाह,नायिका पुजा शर्मा, निर्देशक सुदर्शन थापा,वितरक करण श्रेष्ठले यो बर्षको धेरै बक्स अफिस कलेक्सन गरेबापत साेहि चलचित्रबाट ट्रफि प्राप्त गर्न सफल भएका छन। वरिष्ठ चलचित्रकर्मी शिव श्रेष्ठको निर्माण कम्पनीले कोरोना महामारीमा निकै जोखिम मोलेर पोहिलो फिल्म रिलिज गरिएकोले संमान गरिएको थियो । ब्लकबस्टर अवार्डमा चलचित्र श्री ,साजन,गोर्खे,सकिन भुल्न तिमिलाइ, धन्दागिरी ,लपन छपन २, हेल्लो जिन्दगी ,चिसो स्ट्रे,गुड फ्रेन्ड,तिम्रो हुने कोहिले,,आइ लभ यु भन्नै सकिन लागाएत दुई दर्जन सिनेमाको निर्माण कम्पनी रिलिज चलचित्र अन्तरगत सम्मानित गरियो। मदन घिमिरे ,आर पि पन्त ,नरेश पाैडेल,गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ,ज्ञानेन्द्र देउजा, सिवहरी पौडेल ,उत्तम के.सी,सुभाष गजुरेल लगायतकाे बाक्लो उपस्थित रहेकाे थियाे।कार्यक्रममा बिज्ञापनदाताहरुलाइ मायाको चिनाे र विश्व कलाकार महासंघकाे तर्फबाट आजिवन सदस्यकाे सम्मान पत्र वितरण गरिएको थियाे । त्यसैगरी ९ जना जुरि बरिष्ट चलचित्रकर्मीहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको थियाे । ब्लक बस्टर अवार्ड कार्यक्रममा सामाजिक विषयवस्तु उठानमा बनेका चलचित्र चुरिफुरीलाई अवार्ड बाट सम्मान प्रदान गरिएको छ भने कठपुतली चलचित्रलाई प्राेसाहन अवार्ड बाट सम्मान गरिएकाे छ। नव प्रतिभा बिधामा शक्ति श्रेष्ठले प्राप्त गरेका छन भने महमारिमा नेपाली चलचित्र चलायमान गराउनमहत्त्वपूर्ण योगदान दिने फिल्म वितरक कम्पनी एफडि कम्पनीबाट सुशील पाेखरेल, बि.के फिल्म बाट गोपाल काजी कायस्थ ,हल व्यवसायीमा नरेन्द्र महर्जन, फिल्म स्टुडियो बिधाबाट बस्नेत स्टुडियोलाई प्रदान गरिएकाे छ। उहाहरुले कोरोना महामारीमा नेपाली चलचित्र चलायमान बनाउन निकै जोखिम मोलेर पोहिलो प्रयास गरिएको कारण यो सम्मान गरिएको आयोजक बक्स अफिसको अध्यक्ष तथा नौ सदस्य जुरि मेम्बर हरुले बताएको छन।