received_2140625239547733-861342984

काठमाडौं– बक्स अफिस फिल्मी क्लब नेपाल, बक्स अफिस इन्टरनेशनल ग्रुपले नेपालले विश्वकप फुटबलमा सहभागिता जनाउन नसकेपनि अघिल्ला संस्करण झै रसिया संस्करण पनि नेपाली मैदानमा कलाकारको रमाइलो फूलबल आयोजना गरी भव्यरुपमा मनाएको छ ।

रसिया विश्वकप फुटबलको फाइनल खेल हुनु एक दिन अगाडि रसिया संस्करणलाई शनिबार राजधानीको अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा विभिन्न कलाकारको टोली मैदानमा उत्रिए । जम्मा ४ टोलीको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रदर्शनोम्मुख अवस्थामा रहेको नेपाली कथानाक चलचित्र सुदर्शन थापाको राम कहानी, सन्तोष सेनको चलचित्र मेरी मामु, आश्मा पाण्डेको चलचित्र ब्ल्याक, सौरभ चौधरीको चलचित्र लभ डायरिज्ले विश्वकप नेपालमै नामक कार्यक्रममा सहभागीता जनाएको थिए ।

फिफा नियममै खेलाइएको उक्त रमाइलो फुटबल प्रतियोगिताको पहिलो खेलमा रामकहानीका विरुद्ध लभ डायरिज मैदानमा उत्रिएको थियो । निर्देशक तथा निर्माता सौरभ चौधरीको कप्तानीमा मैदानमा उत्रिएको उक्त खेलमा लभ डायरिज चलचित्रले युवा निर्देशक सुदर्शन थापाको नेतृत्वमा मैदानमा उत्रिएको रामकहानी टोलीलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । यसैगरी दोस्रो खेलमा निर्माता सन्तोष सेनको चलचित्रले आश्मा पाण्डेको चलचित्र ब्ल्याकलाई पनि ४–० गोल अन्तरले पन्छाउँदै लभ डायरिजसँगैको फाइनल भिडन्त पक्का गरेको थियो । त्यसैगरी फाइनलमा डायरिज चलचित्र र मेरी मामु टोलीबीचको भिडन्तमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । दुबै टोलीले गोल गर्ने महत्वपूर्ण अवसर सिर्जना गरे पनि दुबै टोलीले १–१ गोल मात्र गरेका थिए । पेनाल्टी सुट आउटमा भने लभ डायरिज् चलचित्रले ४–३ गोल अन्तरले बाजी मार्दै विश्वकपको उपाधि चुम्यो ।

विजेत टोली लभ डायरिजले नगद रु ५१ हजार नगदसहित विश्वकपको ट्रफी र मेडल हात पा¥यो । त्यसैगरी दोस्रो स्थानमा चित्त बुझाएको मेरी मामु टोलीले २५ हजार नगदसहित मेडल ट्रफि र प्रमाणपत्र हात पारेको थियो । दुबै टोलीले आफूले पाएको पुरस्कारको राशि चलचित्र पत्रकार संघलाई उच्चस्तरीय एक थान कम्प्युटर सेट तथा एचआईभी एड्स पीडित बालबालिकाको सहयोगार्थ खाद्य सामग्री खरिदका लागि उक्त रकम खर्च गरेका थिए ।फिफा विश्वकपमा सहभागी हुने सबै टोलीले पुरस्कार पाउने जस्तै यहाँ सहभागी हुने सबै टोलीलाई पनि पुरस्कारको व्यवस्था थियो । नगद पुरस्कार नभए चलचित्र रामकहानी टोलीलाई फिफा विश्वकपमा खेलाइएको फुटबल प्राप्त गरेको थियो । त्यसैगरी ब्ल्याक चलचित्रले पनि एक थान फुटबल प्राप्त गरेको थियो । प्रचार प्रसारका लागि मुख्य लक्षित गरेर आयोजना गरिएको उक्त प्रतियोगितामा आगामी भदौ १ गतेदेखि अल नेपाल रिलिज हुने आश्मा पाण्डेको चलचित्रबाट निर्देशक प्रदीप श्रेष्ठ, निर्मात्री आश्मा पाण्डे, नायिका आँचल शर्मा, नायक आकाश श्रेष्ठ, कलाकार सुन्दर श्रेष्ठ, धिरेन शाक्य, निर्माता चेतनकुमार पाण्डे, कमल मैनाली, महादेव त्रिपाठी, करण क्रेजी, रोशनी केशी, शितल केसी, सुभेच्छा थापा, डिबी बोम्जन, सम्राट बस्नेत, सन्जोग राना, उमा बेबी, सुनिल कटवाल, गोकुल सुवेदी, रमेश कुमार राई, समिर लामा, माधवराज खरेल, सुवाश लिम्बु, सुमन बुढाथोकी, जीवन शाही, अमृत थिङ, खिलबहादुर तामाङ, कुमार लामा, श्रीप्रसाद थापामगर, चेतनकुमार पाण्डे, आयूष रिजाल, राजकुमार गुरुङ लगायत ब्ल्याककै प्राविधिकहरुले पनि फुटबलमा सहभागिता जनाएका थिए ।

त्यसैगरी चलचित्र रामकहानीबाट निर्माता निर्देशक सुदर्शन थापा, पूजा शर्मा, सौरभ लामा, लोकविक्रम मल्ल, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, अर्जुन पोखरेल, विजय सुवेदी ‘आवाज’, कविर खड्का, सुशील पौडेल, दिनेश सिटौला, राजन पुवार, वनिश शाह, भावेश ढकाल, आकाश श्रेष्ठ, पारु अधिकारी लगायतले सहभागीता जनाएका थिए । प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको सन्तोष सेनको चलचित्र मेरी मामुबाट गोबिन्द बिष्ट, दिवश सेन, आयुष सेन, दिप सेन, राजेश पुमा राई, सागर संसार राई, दीपक चौधरी, आशिष कोइराला, रिवाज ठकुरी, पंकज आचार्य, किरण आचर्य, पदमराज, सागर दाहाल, किस्मत मगर, दिनेश राई, राकेश दाहाल, किरण श्रेष्ठ, चिरञ्जिवी सापकोटा, पुष्कर कार्की, सुरेश बस्याल, आषिश, देव लगायतले सहभागीता जनाएका थिए ।

त्यसैगरी विजेता टोली बनेको लभ डायरिजबाट साहिल खानको म्यानेजमेन्टमा शौरभ चौधरी, अभिषेक चौधरी, सुशील श्रेष्ठ, विवेक लामा, विशाल पहाडी, विनोद सापकोटा, विश्वजित रिमाल, मिलन श्रेष्ठ, सुशील तामाङ, नूरराज गैरे, ओमकुमार देव, निरज अधिकारीले सहभागिता जनाएका थिए ।
अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा विशिष्ट अथितिका रुपमा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटा, अखिल नेपाल फुटबल संघका उपाअध्यक्ष उपेन्द्रमान सिंह रहेका थिए । प्रमुख अथिति तथा विशिष्ट अथितिहरुले विजेता टोलीहरुलाई पुरस्कार सहित मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

बक्स अफिस फिल्मी क्लब नेपाल तथा बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष तथा कार्यक्रम संयोजक रामबहादुर सुवेदी (आ.के.) प्रबन्ध निर्देशक आरती बलामी रहेको उक्त कार्यक्रममा टिम कप्तान रामकहानीका सुदर्शन थापा, मेरी मामुका सन्तोष सेन, ब्ल्याक चलचित्रका आश्मा पाण्डे, लभ डायरिजका सौरभ चौधरीलाई विशेष सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रमलाई सफल पार्न सशक्त सहयोग गर्ने अश्लेशा इन्टरटेनमेन्ट प्रालिका विश्व गौचन, एफ डी कम्पनीका नरेन्द्र महर्जन, चलचित्र चंगा चेटबाट माधव वाग्ले तथा दिपेन्द्र के खनाल, क्लासिक स्टूडियोबाट दिनेश महरा, सिने फोकसबाट रजत बुढाथोकी, मोसन स्टूडियोबाट समिर मिया, सुवाश इन्टरटेनमेन्टबाट निर्माता शुवास थापा, चलचित्र यो माया कस्तो मायाबाट किसान पोखरेल, वितरण संस्था आरआर फिल्मस् प्रालिबाट रत्न श्रेष्ठ रोहित कट्टेल, श्री ब्यांकटेश्श्वरबाट पुराना वितरक उज्वल पौडेल, मनोज राठी सम्मानित भएका थिए । त्यसैगरी गुडमिल अमृत निर्माण सेवा प्रालिबाट अमृत थिङ, फुयाँल स्टूडियोबाट बीबी फूयाल, फिल्म मोसनबाट समिर मियाँ, काफिया फिल्मस् प्रालिबाट गोबिन्द शाही, कालीदेवी फिल्मस् प्रालिबाट विनायक तामाङ, चलचित्र नालापानीबाट रिमेश अधिकारी, मुभी फ्याक्ट्रीबाट साहिल खान, स्टूडियो सञ्चालक जिवन थापामगर, वरिष्ठ वितरक सुनिल मानन्धर, डिजाइनर सुवाश लिम्बू, निर्देशक एभरेष्ट सूर्य बोहरा, सम्पादन तारा थापा ‘किम्भे’, निर्माता एलआर विवेक सापकोटा, मोडेल समिर लामा, नायिक सुभेच्छा थापा, वरिष्ठ सम्पादक विपिन मल्ल, हल व्यवसायी दुर्गालाल प्रधान, स्ट्याण्डर्ड टेलर्सका अमृतलाल प्रधान, अष्टनारायणका सञ्चालक त्रिरत्न मानन्धर, गुनगुन चलचित्रका निर्माता पुकार भट्टराई, बास्तुशास्त्र तथा कस्मिक लभबाट सुरज प्रधान, विश्वास बहुद्देशीय सहकारी संस्थाबाट रमेश गौतम, जय भोले चलचित्रबाट अशोक शर्मा, चलचित्र नाइ नभन्नु ल–५ बाट विकाश आचार्य सम्मानित भएका थिए ।
त्यसैगरी मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक मदनकुमार श्रेष्ठ, प्रकाशक सीतादेवी श्रेष्ठलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ निर्माता तथा आरसी पिक्चर्स प्रालीबाट राजकुमार राई, कहीँ कतै चलचित्रबाट उमा बेबी, जानी–नजानी चलचित्रकी निर्माता तथा नायिका उमा बेबी, रिच इन्टरटेनमेन्ट प्रालिबाट करण क्रेजी, बरिष्ठ निर्माता तथा पृथ्वी हलका सञ्चालक वसन्तकुमार श्रेष्ठ, व्यवसायी तथा मोडेल सञ्जय ठकुरी, गोपीकृष्ण मुभिज प्रालिबाट प्रदीप दाहाल, मोडेल मघना मगर, मोती महल, चलचित्र टिन एजबाट दिनेश पाख्रिन, निर्देशक कुमार जिरेल, तथा छिट्टै रिलिज हुन गइरहेको चलचित्र पिरिम प¥या छन् तथा फेरि–फेरिका निर्माता पुरन थापा, कलाकार तथा विग्रेड ब्वाइज टाउन प्लानिङका सुनिल कटुवाल, सम्पादक तथा फिल्म मोसनका स्टूडियो सञ्चालन अर्जुन जिसी लगायतलाई विश्वकपको लोगो अंकित ट्रफीसहित भव्य रुपमा सम्मान गरिएको थियो ।

विगतमाका वर्षमा पनि यस्तै खालका कार्यक्रम गरिएको भए पनि यो वर्षको कार्यक्रम अझ विशिष्ट र प्रभावकारी भएको सहभागी टोलीले बताएका छन् । कार्यक्रममा सहभागी सबैले विश्वकप नेपालले नखेले पनि आफूहरुले खेल खेल्दा निकै आनन्द मिलेको बताए । आयोजक संस्थाले यसभन्दा अगाडि पनि मुलुकभर फुटबल आयोजना गरेर एचआइभी संक्रमित बालबालिका लागि खाद्यान्न तथा पठन पाठनका सामग्री हस्तान्तरण गर्दै आएको छ । सामाजिक भावले गरिएको यस्तो क्रार्यक्रम विश्वकपमा मात्र नभइ यूरोकप फूटबलमा पनि आयोजना गरिँदै आएको छ । आयोजक संस्थाले यो संस्करण सहित मुलकभर तथा विदेशमा गरी १ सय ४३ औं मैत्रीपूर्ण फूटबल आयोजना गरिसकेको छ । आगामि दिनमा पनि चलचित्रकर्मीहरुलाई एकत्रित गर्दै उनीहरुबीच सौहार्दता कायम राख्न यस्ता कार्यक्रमको आयोजना गर्ने गरेको छ । त्यति मात्र नभएर बक्स अफिस फिल्मी क्लब नेपाल, बक्स अफिस इन्टरनेशनल ग्रुपले देश विदेशमा गरी राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड, बक्ल बस्टर अवार्ड, ग्लोबल मोसन पिक्चर्स अवार्ड, पृथ्वी परिक्रमा अवार्ड, नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड सफलता पूर्वक सम्पन्न गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *