काठमाडौ : नेपालमा निरन्तर तथा जिम्मेवारी पुर्बक विभिन्न किसिमको अवार्ड आयोजना गर्दै आउनु भएका पुराना अवार्ड आयोजक आर.के सुबेदिले आफ्नो संस्था सम्बन्ध अवार्ड आयोजनाहरुको नयाँ खाका तयार पार्नुभएको छ।

अब आउने आर्थिक बर्षमा कर्मिक रुपले आयोजना गरिने कार्यक्रम आयोजना हरुको तिथि- मिति सहित नयाँ तालिका सार्बजनिक हालै गर्न्नु भएको हो। सुबेदिले आफुसंग सम्बन्धित संस्थाले आयोजना गर्ने नियमित अवार्ड आयोजनाहरुको कार्यतालिका सार्बजनिक गरि फोलोरमा पुगेको बताउन्नु भयो।

बिगत लामो समय देखी आफ्नै सकृयताले बिदेशी भुमिमा निरन्तर रुपमा आयोजना हुँदै आएको अवार्ड र रमाइलो फुटबल आयोजनलाइ संस्थगत रुपमै अझै तीब्र बनाउदै लाने अवार्ड कार्यक्रम सम्योजक सुबेदिले बताउनु भयो। बिगत देखी अहिले सम्म सबैलाई एकमुष्ट समेटेर गरिदै आएको आयोजक संस्था बक्स अफिस इन्टरनेसनल ग्रुपले नयाँ बर्ष बाट बिस्वको जुनसुकै देशहरूमा सजिलोसँग कार्यक्रम आयोजनाको सहज तरिकाको नयाँ खाका तयारी गरि इन्टरनेसनल मार्केटिङमा जाने तयारी गरेको छ।

अब बिदेशी भुमिमा आयोजना हुने अवार्ड आयोजनाको सम्पुर्ण तयारी मुख्यत अनलाइन मार्केटिङ बाट हुने भएको छ। अवार्ड सम्पुर्ण तयारी र समित्व नेपाल आयोजकलेनै गर्ने र राख्न्ने भएको छ।आफ्नो अवार्ड आयोजनाको टिकट खरिद तथा स्पोन्सर गर्न चाहन्ने इच्छुक कम्पनी तथा संस्थाहरुले अनलाइनबाटै कारोबार गर्न सकिन्ने बेवस्था बक्स अफिसले गरेको छ। यसरी कार्यक्रम आयोजना गर्दा बिदेशमा स्थानीय आयोजक खासै न पर्ने र उनिहरु बिच अनावश्यक प्रतिस्पर्धा ,झैझगडा ,खुट्टा तान्ने,मन मुटाब न हुने एउटा राम्रो बाताबरण बन्ने छ।

यसरी आयोजना गर्दा अवार्ड कार्यक्रममा आवास्यक राजनीति ,भाडभैलो,खुराफाती विभिन्न बेक्तिको अनावश्यक सिफारिस ,भिसा समस्या ,चरम अनमियता,भस्टचार ,ठगी कलाकाको दुरुपयोग संवत् कम हुने छ।यसरी आयोजना गर्दा अवार्डमा खास पाहुना तथा सच्चा सुभचिन्तक ,राम्रा दर्शक मात्र कार्यक्रममा आउन्ने बाताबरण बन्ने देखिन्छ ।

पोहिलो पटक बिदेशी भुमिमा नेपाली फिल्मको अवार्ड आयोजना, पोहिलो पटक उडिरहेको हवाइजहाज ,समुन्द्री मुनि,समुन्द्री माथी ,बिस्वको सर्बोच्च सिखर सगरमाथाको आधार शिविरमा अवार्ड आयोजना गरि गिनिज बुक अफ द वर्ड रेकर्ड कायम गर्दै पोहिलो पटक अरेबिया मुलुक,पोहिलो पडक दक्षिण एसिया, पोहिलो पटक युरोप र बेलायत लगायत विभिन्न देशहरुमा सफलता र इमान्दार पुर्वक नेपाली चलचित्रकोअवार्ड आयोजना गरि सबैको बिस्वास प्राप्त गरेको अवार्ड सम्योजक आर. के सुवेदी आबद्ध आयोजक संस्थाहरुले सबैको सहजता लाइ ध्यानमा राख्दै यस्तो योजना ल्याउनु भएको हो।

बक्स अफिस इन्टरनेसनल ग्रुपले बिस्वब्यापी बृहत अवार्ड तथा रचनात्मक कार्यक्रम आयोजना गरेर पृथ्वीको परिक्रमा गर्ने लक्षको साथ यस्तो तीब्र तयारीको नयाँ स्वरुप ल्याएको प्रती सम्पुर्ण चलचित्रकर्मी ,सुभचिन्तक,सहभागीमा एउटा छुट्टै गर्बको उर्जा थपिएको बताउछ्न। उहाहरु भन्नुहुन्छ -यो शैली बलिउडको प्रतिष्ठित अवार्ड आइफा र हलिउड को प्रतिष्ठित अवार्ड आयोजना ओस्कारको सरह रहेको बताए ।

बक्स अफिस इन्टरनेसनल ग्रुप,बक्स अफिस फिल्मी क्लब नेपाल ,ग्लोबल एक्टर्स फ्रेडेसन र नेपाल इभेन्ट अग्रनाइजेशनले एशुसेशनले संयुक्तरूपमा आयोजना गर्ने उदस्यको साथ आयोजनाको कार्यतालिका अनुसार बक्स अफिस फिल्मी क्लब नेपालको ब्यानरमा चैत्र २८ गते बल्क बस्टर नेपाली फिल्म अवार्ड,बक्स अफिस इन्टरनेसनल ग्रुप प्रालीको ब्यानरमा जेष्ठ अन्तिममा ११औ नेसनल बक्स अफिस फिल्म फियर अवार्ड, ग्रुपकै ब्यानरमा भाद्र २० नेसनल बक्स अफिस म्युजिक अवार्ड,कात्तिक २० गते १२ औ नेसनल बक्स अफिस फिलिम फियर अवार्ड ,पुस १४ मा नेपाल इभेन्ट अग्रनाइजेशनको ब्यानरमा नेसनल हिरो अवार्ड
र फागुनमा २५ गते ग्लोबल एक्टर्स फ्रेड्रेसनको ब्यानरमा ग्लोबल मोसन पिक्चर्स अवार्ड आयोजना गर्ने तत्कालको कार्यतालिका रहेको छ्न।

