received_218347586130403.jpeg

काठमाडौ : गायिका प्रीति आलेको स्वरमा रहेको हामी नाच्ने हो गाउने हो डिस्टर्व नगर बोलको तिज गीत सार्वजनिक गरिएको छ । चलचित्र निर्देशक राजबहादुर सानेको शब्द संगीत र लयमा कृष्ण परियारको निर्देशन र बाबु जिम्बाको कोरियोग्राफर रहेको छ । यस तिज गीतमा गायिका प्रीति आले नायिकाहरु रिया श्रेष्ठ, कशिस दाहाल, सबिता आले बिमला गुरुङ, ज्याक गुरुङ, शिशिर राणा दिपक जंग शाहिको अभिनय रहेको छ भने युयुस ढकालको छायांकन, सह—निर्माता प्रकाश हमाल, निर्माता सौर्यल थापा गीतको निर्माण किम्भे प्रोडक्सनले गरेको हो महिलाहरुको महान चाड तिजको नाममा कहिले बिचमा कहिले छेउमा, कहिले छतमा कहिले बारीको पाटामा, कहिले कुना कुनामा भन्दै पुरुषहरुले बिकृती र बिसङ्गती फैलाएको देखिन्छ । तीजको नाममा बिकृती पनि मौलाएको छ । यस्तै बिकृतीहरुलाई झापड दिदै हामी नाच्ने हो गाउने हो डिस्टर्ब नगर बोलको गीत बजारमा ल्याएको छ पर्यटन नगरी साली नदिमा छायांकन गरिएको यो पहिलो तिज गीत हो । तले दर्शकलाई भरिपूर्ण मनोरञ्जन र सकारात्मक सन्देश दिन खोजेको छ भिडियो निर्माणका पक्षले बतायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *