IMG_20210101_092133.jpg


काठमाडौ : नेपाली चलचित्रको पुरानो र निरन्तर रुपमा आयोजना हुँदै आएको बक्स अफिस फिल्म फेयर अवार्ड समारोह आयोजना अँग्रेजी वर्षको पूर्वसन्ध्यामा भव्य सम्पन्न भएको छ । कोरोना कहरको बावजुत पनि १२ औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ पोखरा कास्कीमा बक्स अफिस इन्टरनेसनल ग्रुप र पोखराको ईन्फिनिटी रिसोर्टले संयुक्त रुपमा भव्य सम्पन्न गरेको हुन । यो अवार्ड आयोजना रसियाको राजधानी मस्कोमा गर्ने भनेर बक्स अफिस इन्टरनेसनल ग्रुपले सम्पूर्ण तयारी पूरा गरेतापनी कोरोना महामारीको कारण बाध्यताबस नेपालमै गर्नुपरेको अवार्ड अध्यक्ष राम बहादुर सुवेदी (आर.के ) ले बताए । प्रदेश नं ४ मुख्य मन्त्री पृथ्वी सुब्बाको प्रमुख आथित्री ,चलचित्र बिकास बोडका अध्यक्ष दयाराम दाहाल ,निर्माता संघका अध्यक्ष आकाश अधिकारी ,कलाकार संघका अध्यक्ष आकाश आधिकारी ,चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का,चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानको विशिष्ट आथित्यमा कास्की जिल्लाकै नमूना होटल रिसोर्ट ईन्फिनिटी रिसोर्टमा अँग्रेजी नयाँ वर्ष २०२० लाई बिदाई र २०२१ लाई स्वागत गर्दै सम्पन्न भएको १२ औँ नेसनल बक्स अफिस फिल्म फेयर अवार्डमा गत बर्ष बक्स अफिस कलेक्सनमा बर्षकै सर्वाधिक सफल चलचित्र छक्का पञ्जा ३ ले बाजी मारेको छ । चलचित्र छक्का पञ्जा ३ ले कुल १०५ चलचित्रलाई पछार्दै आफुलाई उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्माता, उत्कृष्ट निर्देशक, उत्कृष्ट नृत्य निर्देशक, पटकथा संवाद, सह–नायक र चलचित्र निर्देशन लगाएत विभिन्न विधा गरी कुल ४३ विधा मध्ये १२ विधामा कब्जा जमाएको छ । यसै वर्ष सार्वधिक सफल चलचित्र मानिएको निर्माता सुवास थापाले निर्माण गरेको चलचित्र प्रसादले ६ विधामा आफुलाई अब्बल देखाएको छ । चलचित्र प्रसादले नायक, कथा, संगीत, गायन, गीतकार लगायतका विभिन्न विधामा आफुलाई सर्वोत्कृष्ट प्रमाणित गरेको छ । चलचित्र प्रसाद बाट अभिनेता विपिन कार्कीले १०५ चलचित्रका नायकहरुलाई पछार्दै आफुलाई अब्बल अभिनेताको रुपमा प्रस्तुत गरेका छन् । त्यसैगरी चलचित्र बुलबुलबाट नायिका स्वस्तिमा खड्काले सर्वोत्कृष्ट नयिकाको उपाधी हासिल गरेकी छिन् । नेपाली चलचित्रका ख्याती प्राप्त कलाकारहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको १२ औँ नेशल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ संस्करणमा सर्वोत्कृष्ट बिजेताहरुको नामावली यस प्रकार छ ।

(१) सर्वोत्कृष्ट मेकअप ः गणेश खड्का, छक्का पञ्जा ३
(२) सर्वोत्कृष्ट ड्रेस डिजाइनर ः कायरा बुटिक, छक्का पञ्जा ३
(३) सर्वोत्कृष्ट साउण्ड ः सुनयमान श्रेष्ठ, छक्का पञ्जा ३
(४) सर्वोत्कृष्ट मिक्सिङ्ग ः सुनयमान श्रेष्ठ
(५)सर्वोत्कृष्ट डबिङ्ग ः नविन श्रेष्ठ, ए मेरो हजुर ३
(६)सर्वोत्कृष्ट गीतकार ः गणेश शाही, लै लै, प्रसाद
(७)सर्वोत्कृष्ट संगीतकार ः सुभाष भुषाल, ले लै, प्रसाद
(८) सर्वोत्कृष्ट गायक ः डेबिट संकर पोहिलो नम्बरमा छ्क्का पन्जा ३
(९) सर्वोत्कृष्ट गायिका ः अन्जु पन्त, रहर छ, क्याप्टेन
(१०) सर्वोत्कृष्ट नृत्य निर्देशक ः कविराज गहतराज पोहिलो नम्बरमा छक्का पञ्जा ३।
(११) सर्वोत्कृष्ट द्वन्द्व निर्देशक ःसुक्रराज शाह
(१३)सर्वोत्कृष्ट छायांकार ः पुरुषोत्तम प्रधान, छक्का पञ्जा ३
(१४) सर्वोत्कृष्ट सम्पादन ः विपिन मल्ल, छक्का पञ्जा ३
(१५)सर्वोत्कृष्ट कथा ः सुशिल पौडेल, प्रसाद
(१६)) सर्वोत्कृष्ट पटकथा ः दिनेश पौडेल, बुलबल
(१७) सर्वोत्कृष्ट संवाद ः दिपक राज गिरी, जितु नेपाल, केदार घिमिरे, एमन श्रेष्ठ, छक्का पञ्जा ३
(१८)सर्वोत्कृष्ट बाल कलाकार ः सेइना शर्मा, नाई नभन्नु ल ५
(१९)सर्वोत्कृष्ट हाँस्य कलाकार ः केदार घिमिरे, छक्का पञ्जा ३
(२०) सर्वोत्कृष्ट चरित्र अभिनेता ः विजय लामा, बोबी
(२१) सर्वोत्कृष्ट चरित्र अभिनेत्री ः लक्ष्मी गिरी, छक्का पञ्जा ३
(२२) सर्वोत्कृष्ट नवनायक ः धिरज मगर, इन्टु मिन्टु लण्डनमा
(२३) सर्वोत्कृष्ट नवनायिका ः सुहाना थापा, ए मेरो हजुर ३
(२४) सर्वोत्कृष्ट खलनायक ः निश्चल बस्नेत, प्रसाद
(२५) सर्वोत्कृष्ट सहनायिका ः नम्रता सपकोटा समर लभ
(२६) सर्वोत्कृष्ट सह अभिनेता ः जितु नेपाल, छक्का पञ्जा ३
(२७) सर्वोत्कृष्ट नायिका ः स्वस्तिमा खड्का, बुलबुल
(२८)सर्वोत्कृष्ट नायक ः विपिन कार्की, प्रसाद
(२९) सर्वोत्कृष्ट नव निर्देशक ः रेनसा राई, इन्टु मिन्टु लण्डनमा
(३०)) सर्वोत्कृष्ट निर्देशक ः दिपा श्री निरौला, छक्का पञ्जा ३
(३१) सर्वोत्कृष्ट चलचित्र ः आमा सरस्वती मुभिज, छक्का पञ्जा ३
(३२)विशेष चलचित्र क्याप्टेन – फुटबल

(३३) बर्षको पपुलर अभिनेता ः अनमोल के.सी.
{३४} पपुलर अभिनेत्री ः साम्राज्ञी लक्ष्मी राणा
(३५) इन्करेजमेन्ट चलचित्र मिलन चाम्स ः बोबी
(३६) जुरी अवार्ड दिनेश राउत प्रसाद
(३७) क्रिटिक्स दिनेश पौडेल बुलबुल

१२ औँ नेसनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७
को उत्कृष्ट पाँच मनोनयन आयोजक विधा तर्फ
(३८ )सर्वोत्कृष्ट प्रोमो डिजाइनर बिपिन मल्ल -छक्का पञ्जा ३
(३९) सर्वोत्कृष्ट पोस्टर डिजाइनर साहिल खान – ए मेरो हजुर ३
(४०) सर्वोत्कृष्ट सिनेमा हल नकिम उदिन क्यु एफ एक्स उपत्यका
(४१) सर्वोत्कृष्ट प्रोडक्सन डिजाइनर ः सुमन गिरी भान्जा, छक्का पञ्जा ३
(४२( सर्वोत्कृष्ट डिजिटल कारोबार ः ओम अग्रवाल, ओ.एस.आर.
(४३) सर्वोत्कृष्ट स्टुडियो ः दिनेश महरा, क्लासिक स्टुडियो
(४४) सर्वोत्कृष्ट वितरक ः गोविन्द शाही, ए मेरो हजुर ३- उपत्यका
उज्जवल पौडेल, मनोज राठी, छक्का पञ्जा ३- उपत्यका बाहिर
(४५) पत्रकारिता पुरुषकार सचित खड्का – रजतपट टेलिभिजन कार्यक्रम ।
उत्कृष्ट अवार्ड आयोजना – कामना अवार्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *