IMG_20210220_180424.jpg

फागुन ८ गते सनिश्चवार इभेन्ट आयोजनाको एक मात्रै छाता संगठन नेपाल इभेन्न्ट अग्रनाजेशन एसोसिएसन र त्रीसक्ती डन्स एकेडेमी कपन १० को मैत्रीपूर्ण फुटबल रोचक पुर्ण सम्पन्न भएको खबर छ ।
आज सनिवार भक्तपुरको आर्मी फुटबल ग्राउन्ड खेलमैदानमा एक कार्यक्रम आयोजना बिच नेपाल इभेन्ट अग्रनाइजेशन को विरुद्ध कपनको चर्चित तथा पुरानो डान्स स्कुल त्रीसक्ती डान्स एकेडेमीबिच मैत्रीपुर्ण रमाइलो फुटबल कार्यक्रमको आयोजना बक्स अफिस इन्टरनेसनल ग्रुपले खेलको सम्पुर्ण बन्दोबस्त गरेको हो।
गत सनिश्चवार झै आज अपरान्ह दुई बजे सुरु भएको रमाइलो खेलमामा निकै रोमाञ्चक प्रतिस्पर्धा चलेको थियो । पोहिलो खेलमा कडा प्रतिस्पर्धा सहित त्रीसक्ती डान्स एकेडेमी हाबी देखिएपनी दोर्सो खेलमा नेपाल इभेन्टले खेल उल्टाउदै बराबरी को नतिजा निकालेको थियो ।

बक्स अफिस इनटरनेसनल ग्रुपले बिगत डेड दसक देखि हरेक सनिवार आपासी भाइचारा,मेलमिलाप,स्वस्थ जिवनको लागि रमाइलो मैत्रीपुर्ण फुटबल आयोजनालाई निरन्तरता दिदै आएको छ । कोरोना महामारी पछि बक्स अफिसले फागुन एक गते सनिवार राजधानीमा एक कार्यक्रम आयोजना राखी खेलकुदको माध्यम बाट चलचित्र तथा गित संगितको प्रमोसन रमाइलो मैत्रीपुर्ण फुटबल आयोजना लाई पुन सुचारु गरेको हो ।
कोभिड १९ महामारीको कारण रोकिएको यो नियमित रमाइलो फुटबल प्रतियोगिता फागुन १ गते सनिवार देखी हरेक सनिवार निरन्तरता दिन लागेको कार्यक्रम अध्यक्ष आर के सुबेदीले पुरुषकार बितरन कार्यक्रममा बताए । खेलकुदको अभियानमाबाट गित संगित र चलचित्रको प्रमोसन गर्ने उदस्यले बक्स अफिस इन्टरनेसनल ग्रुपको कोरोना महामारीको जटिल परिस्थितिमा पनि पौष १७ गते पोखरामा राष्ट्रिय कलाकार vs पर्यटन ब्याबसाही बिच खेल भबयताको साथ सम्पन्न सप्पन्न गराएर आफ्नो नियमित खेल आयोजनामा फर्केको थियो ।

पोखरा पछि राजधानीमा गत सनिश्चवार देखि आफ्नो खेल आयोजनामा फर्केको यस प्रतियोगितामा गित संगित ,चलचित्र र संघ संस्थाको प्रमोसन निरन्तर गर्ने सुबेदिले बताए । हरेक बर्ष सयौ गित संगित,चलचित्र ,डान्स एकेडेमी तथा संघ संस्थाले उत्साहजनक सहभागी जनाउदै आएको छ्न ।यो खेलमा हरेक बर्ष हरेक हप्ता नियमित आयोजना हुने गर्दछ।
गित संगित तथा फिल्मको संस्टाहरुको बाक्लो सहभागीता रहने बक्स अफिस म्युजिक प्रमोसन कप २०७७ अन्तरगत आजको खेलमामा सबैको उच्च प्रदसन गरेको थिए ।

नव कलाकारको उत्पादनको मिसिनको रूपमा नाम कहलाएको त्रीसक्ती डान्स एकेडेमी कपनको टिमकको कप्तानी डान्स एकेडमीको संस्थाका अध्यक्षतथा निति निर्देशक दिपेश एसकेले समाल्न्नु भएको थियो । दिपेशको कप्तानिमा मीन बाहादुर तिथुङ,बिकास वाइवा,करुणा बुढाथोकी ,बिनिता जिसि ,बिजय रिमाल ,राम कुमार थापा ,राजकुमार बोगटी ,कृष्ण खतिवडा ,गोबिन्द थापा आदिले सहभागी जनाएको थिए। तेसैगरी नेपाल इभेन्टबाट राम बाहादुर सुबेदिको कप्तानिमा हरि चन्द्र फुयाल , राधाकृष्ण कटुवाल ,कमल खड्का ,
मनोज सिग्देल ,सुवास श्रेष्ठ ,कुमार जिरेल , सुभाष श्रेष्ठ ,दिपक बिस्वकर्मा, आदिले खेलमा आफ्नो खेल कौसल देखाएको थिए। कार्यक्रममा पुराना कलाकार गायिका तथा बरिस्ठ सामाजिक अभियान्ता कृष्ण कुमारी खड्काको प्रमुख आथित्य तथा युवा निर्देशक ऋषि राज आचार्य ,सामाजिक अभियान्ता पबित्र पाण्डेको विशिष्ट आथित्यमा सहभागी खेलाडी कलाकर्मी तथा संचारकर्मीलाई प्रमाणपत्र बितरन गरिएको थियो ।

पुरुषकार बितरन कार्यक्रममा बोल्दै विशिष्ट अथिती ऋषि राज आचार्यले यस्तो कठिन र जटिल परिस्थितिमा यस्ता खालको प्रतियोगिता आयोजनाले गित संगित र चलचित्रको चलायमानठुलो मद्दत हुनुको साथै राष्ट्रिय हितमा युवा कलाकार तथा पत्रकारको ठूलो बल मिल्न्ने बताए । तेसैगरी कार्यक्रमका प्रमुख अथिती कृष्ण कुमारी खड्काले आफुलाई कार्यक्रम अत्यन्तै रोचक र पृथक लागेको र यस्ता कार्यक्रम आयोजनाले गाउँ गाउमा ,टोल टोलमा ठूलो प्रचारप्रसार मद्दत पुग्न्ने भएकोमा आयोजक बक्स अफिस इनटरनेस्नल ग्रुपको प्रसंसा गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *