काठमाडौ : नेसनल बक्स अफिस तिज अवार्ड २०७८ भब्य सम्पन्न भएको छ। बक्स अफिस इन्टरनेसनल ग्रुपले आर्थिक बर्ष २७७/७८ मा रेकर्डिङ भई भिडियो निर्माण गरि सार्बजनिक भएका तिज गित संगितलाई समेटिएर कुल ४१ बिधामा अवार्ड सम्पन्न गरेको छ।
चलचित्र बिकास बोर्ड चाबहिल काठमाडौमा हरितालिका तिजको दर खाने दिनको अबसर पारेर भब्यरूपमा सम्पन्न भएको नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०७८ मा बर्षकाे तिज नारी सम्मानमा बरिस्ठ नायिका करिष्मा मानन्धर ,दिपाश्री निरौला,पुरुष कलाकार तर्फ तिज म्युजिक भिडियो सम्झिने पानी छम्किनेबाट विशिष्ट अभिनेता भुवन केसीलाई सम्मानित गरिएकाे थियाे ।
ख्यातिप्राप्त कलाकारहरुको गरिमामय उपस्थितिको साथमा सम्पन्न भएको यो बर्षको अवार्ड शोमा अवार्ड तर्फ बर्षको सर्वउत्कृष्ट मोडलमा करिष्मा ढकाल र रामजी खांडले नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०७८ चुम्न सफल भएका छन ।त्यस्तै बर्षको उत्कृष्ट तिज भिडियोको चरित्र अभिनेतामा बरिष्ट कलाकार रामचन्द्र अधिकारी र विशिष्ट अभिनेत्री लक्ष्मी गिरी बर्षको उत्कृष्ट तिज गितको भिडियोमा देखिन्ने उत्कृष्ट बुबा आमाको अवार्ड प्रदान गरिएकाे थियाे। बर्षको उत्कृष्ट तिज गायिकामा वरिष्ट गायिका सर्मिला गुरुङले पाउन सफल भएकी छन। बर्षको उत्कृष्ट तिज म्युजिक भिडियो निर्देशनमा वरिष्ठ नृत्य निर्देशक गोबिन्द राइले बाजी मार्न सफल भए भने उत्कृष्ट तिज गितमा चरी जेलैमाले पाउन सफल भएकाे छ ।
जुरितर्फ २२ जना तिज प्रतिभाहरुले बक्स अफिस तिज म्युजिक अवार्डमा आफुलाई सर्वउत्कृष्टको रुपमा अवार्डको वास्तविक अवार्डको हक जमाउन सफल भएका छन । अवार्डमा देश बिदेशमा रेकर्डिङ तथा भिडियो भई सार्बजनिक भएका १४३ वटा तिज म्युजिक भिडियोको आवेदन परेकाे नेसनल बक्स अफिस तिज म्युजिक अवार्डमा विभिन्न बिधाका सर्जकहरुलाई आजिवन सदस्यबाट सम्मान र कदरपत्रबाट सम्मान गरिएको थियाे।
वरिष्ठ गायिका ज्ञानु राणा ,वरिष्ठ नृत्य निर्देशक कमल राई, संगितकार दिपक रमण र दिनेश पाख्रिन जुरी रहेकाे अवार्डमा प्रमुख अतिथि चलचित्र विकास बाेर्डका अध्यक्ष दयाराम दाहाल र विशिष्ट अथिती चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले अवार्ड वितरण गरेका थिए। त्यसै गरि कार्यक्रममा एन्फाका उपाध्यक्ष सुन्दर थापा क्षेत्री,गीतकार सुन्दर श्रेष्ठ, विशिष्ट कलाकार सुभाष गजुरेल नक्कली बाबुराम ज्योति काफ्ल्लेले संयुक्तरूपमा आजिवन सदस्यलाई सम्मान पत्र वितरण गरेका थिए ।
त्यसैगरी अवार्ड पाउनेमा उत्कृष्ट श्रृंगार सिता मगर घर झगडा ४ ,उत्कृष्ट गीतकार डिपि दाहाल परिश्रमी यो तीजमा फिलिली नाचौला अवार्ड जित्न सफल रहे। तेसैगरी अन्य बिधा तर्फ उत्कृष्ट संगीतकार तिलक वली हङकङको साडी २,उत्कृष्ट रेकर्डिङ स्टुडियो दिनेश प्रकाश महरा क्लासिस् सिने स्टुडियो, उत्कृष्ट नव गायिका रिया घले बिर्सेको छैन वरी लै,उत्कृष्ट युगल गायकगायिका रोजि श्रेष्ठ माइतिमा दर,उत्कृष्ट नव मोडल पुरुष बिधामा विकास थापा मगर नाच्न्ने हो तिज म्युजिक भिडियोबाट अवार्ड हासिल गरेको छ्न। उत्कृष्ट नव मोडल महिला बिधामा इन्दु दनुवार तिज आयो,
उत्कृष्ट छायाँकार विरेन्द्र भट्ट वाइस तले धरहरा,
उत्कृष्ट सम्पादनमा शक्ति प्रज्वल घिमिरे यस पालिको मंसीरैमा,उत्कृष्ट नव निर्देशक अर्जुन सिलवाल फरर फरर
उत्कृष्ट नृत्य निर्देशक अशोक विक (हङकङको साडी २)
उत्कृष्ट गायक पुरुष तर्फ अर्जुन सापकोटा हरर हररले अवार्ड प्राप्त गरेको छ्न ।
अवार्ड समाहोरोमा उत्कृष्ट गायिका महिला बिधाबाट्स शर्मिला गुरूङ घर झगडा ४उत्कृष्ट मोडल पुरुष बिधा रामजी खाँड विर्सेको छैन वरिलै,उत्कृष्ट मोडल महिला करिष्मा ढकाल विर्सेको छैन बरी लै बाट अवार्ड जिते पछि अहिलेसम्म गित संगिताको अवार्ड यतिको फियर अहिले सम्म कतै नदेखिएको बताए ।
पोहिलो पटक उत्कृष्ट निर्देशक गोविन्द राई तिज म्युजिक भिडियो आउन संगिनी मबाट अवार्ड हासिल गरेपछि जिन्दगीमा धेरैनै हर्षलागेको बताए। तिज म्युजिक अवार्डमा
उत्कृष्ट भिडियो हङकङको सारी २,उत्कृष्ट गीत चरी जेलैमा अवार्डको हकदार बने । तेसैगरी म्युजिक भिडियोको पोस्टर तथा प्रचारप्रसार सामाग्री बिधामा नेपाल रास्ट्र बैकको नोट डिजाइन गर्ने पुरानो संस्था आइडल डिजाइन चुनिएको छ।
भव्यरूपमा सम्पन्न भएकाे अवार्ड कार्यक्रममा सहयोगी संस्था ग्लोबल एक्ट्रेस फ्रेडेसन ( विश्व कलाकार महासंघ ) को आजिवन सदस्य सम्मान पाउनेमा पुराना कलाकार उदव भट्टराई , अभिनय दुनियाँमा छुट्टै पहिचान बनाएका अभिनेता कोशिस क्षेत्री ,छांयाकार,निरज कंडेल ,मोडल अभिनेता धर्मेन्द्र आचार्य ,निर्देशक राकेश मानन्धर ,समाजसेवी जीवन चलाउन्ने,कलररिस्ट रेनेश फागो,नित्य निर्देशक जनक कार्की ,भिजुल इफेक्ट कलाकार अच्युत बजगाइ ,नेपाल भाषा को सुपरहिट नायिका शोभा महर्जन, निर्माता रबिन्द्र थपलिया ,महिला संगितकार रेखा पौडेल ,पोहिलो महिला रेस्लिङ तथा कलाकार भगवती खड्का ,लोकगायक श्याम कुमार ठकुरी ,समाजसेवी प्रेम बहादुर थापा , लोक गायक जीवन चौलागाईं,गायक सुरज पौडेल रहेका छ्न।
अहिले सम्म यो संस्थामा १३ सयभन्दा बढीले सदस्यता लिइसकेको र भोलिका दिनको कार्यक्रम आयोजनाहरुमा पनि अझै आजिवन सदस्यीय लिनेको संख्या बढ्न्ने संस्थाको अध्यक्ष आर के सुबेदीले बताए । बेलुकी सम्म चलेको तिज म्युजिक अवार्डमा चर्चित मोडल तथा कलाकारहरुले आकर्षक नित्य प्रस्तुत गरेका थिए। सांस्कृतिक कार्यक्रमको संयोजन दुई दसक भन्दा पुरानो कलाकेन्द्र डाइमन्ड कलाकेन्द्र,आर्यन इन्टरटेन्टमेन्ट तथा युवा निर्देशक मिलन आले मगरले महत्त्वपूर्ण सहयोग पुर्याउनु भएको थियो।
ख्यातिप्राप्त हास्य कलाकार गोपाल ढकाल (छन्दे) युवा उदघोषक समीर लामाको उत्कृष्ट प्रस्तुतिमा झन्डै चार दर्जन विशिष्ट बेक्तित्वहरुलाइ कदर पत्र तथा मायाको चिनो बाट सम्मानित गरियो भब्य रुपमा सम्पन्न भएको मिडिया संयोजक राष्ट्रिय चलचित्र पत्रकार संघको उपाध्यक्ष राधाकृष्ण कटुवाल फोटो पत्रकार सिजि अधिकारीले गर्नुभएको हो।
