fb_img_15298839596661789486561

गत असार मसान्त देखि यो मसान्तसम्म सार्बजनिक भएको चलचित्र ,लोकदोहोरी,आधुनिक ,पप ,भाषिक ,रास्ट्रय,प्रवास ,मोफसलका विभिन्न गीत संगीतहरुलाई छनोट गरी नेसनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड प्रदान गर्न लागिएको आयोजक संस्था बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष रामबहादुर सुवेदी (आर.के.)ले बताए । उनले अवार्ड भव्य र सभ्य गर्न लागेको जानकारी दिए।

अहिले अवार्डका लागि फारम वितरणको कार्यक्रम धमाधम जारी रहेको र गीत संगीत पारखीहरुले धमाधम फारम भरिरहेको पनि जानकारी दिए । झन्डै ४६ वटा विधामा प्रदान गरिने अवार्डको फाइनल अवार्ड प्रदान भने विदेशी भूमिमा हुने अध्यक्ष सुवेदीले बताए । तर, त्यसभन्दा अगाडि भने उत्कष्ट १० र ५ गीत संगीतहरुको नोमिनेसन काठमाडौंमा छुटाछुटै भव्य कार्यक्रम गरी सार्वजनिक गरिने जानकारी दिए । उत्कृष्ट १९ एन्फा रंगशालामा मैत्रीपुर्ण फुटबल राखेर सम्मान गरिने छ भने पांचलाइ आर्मी अफिसर क्ल्बमा अवार्ड जसरिनै कार्यक्रम आयोजना गरि नोमिनेसन ,मेडल बितरन गरिने कार्यकम रहेको छ। अवार्डमा सामेल हुनका लागि आयोजकले फारम खुल्ला गरिसकेको छ । अवार्ड कार्यक्रममा विभिन्न प्रवास ,मोफसल विभिन्न जातजातिको भाषिक सगै ४६ विधाहरुमा उत्कृष्ट श्रृंगार, उत्कृष्ट कला निर्देशन, उत्कृष्ट ड्रेस डिजाइनर, उत्कृष्ट कलर करेक्शन, उत्कृष्ट छायांकार, उत्कष्ट म्यूजिक एरेन्जर, उत्कृष्ट युगल गायक, उत्कृष्ट युगल गायिका, उत्कृष्ट सम्पादक, उत्कृष्ट समूह गायन, उत्कृष्ट भिडियो सम्पादक, उत्कृष्ट पप गीत, उत्कृष्ट लोक दोहोरी गीत उत्कृष्ट आधुनिक गीत, उत्कृष्ट जातीय गीत, उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट महिला मोडल, उत्कृष्ट पुरुष मोडल, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट गीतकार, उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट संगीतकार, उत्कृष्ट भिडियो निर्देशक, उत्कृष्ट डिजिटल कारेबार, उत्कृष्ट स्टूडियो हाउस, उत्कृष्ट प्रचार–प्रसार सञ्चार माध्यम, उत्कृष्ट कोरस (कला केन्द्र), म्यूजिक भिडियो अफ दि इयर र लाइफ टाइम अचिभमेन्ट अवार्ड लगायत छन् ।
त्यसैगरी आयोजकको तर्फबाट सर्वश्रेष्ठ चर्चित गीत, चर्चित गायक, चर्चित गायिका, संगीतकार, मोडललाई पनि अवार्डबाट सम्मानित गरिने आयोजकले जनाएको छ । अवार्डको लागि आयोजकले पाँच सदस्यी जुरी छनोटको काम भइरहेको छ । जुरीमा लामो समय देखि सांगितिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई राखिउने अध्यक्ष सुवेदीले जनाए । उनले यस अगावै आफूलाई उपयुक्त लाग्ने विधाका लागि आवेदन दिन पनि आग्रह गरे । उनले फारम संस्थामा गएर तथा अनलाइनमार्फत पनि भर्न सकिने जानकारी दिए ।

आवेदन दिएकामध्येबाट छनोट गरी जुरीले उत्कृष्ट पाँचको मनोनयनयन सार्वजनिक गरिनेछ भने अवार्डको फाइनल कार्यक्रम विदेशमा पनि हुने गरी तयारी थालिएको उनले जनाए ।
बक्स अफिस इन्टरनेशनल ग्रुपले यसअघि पनि राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड, ब्लक बस्टर फिल्म अवार्ड, विश्व भ्रमण नागरिक सम्मान (अवार्ड), ग्लोबल मोसन पिक्चर्स अवार्ड सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसमध्ये वार्षिक रुपमा आयोजना गरिने ब्लक बस्टर अवार्ड, ग्लोबल मोसन पिक्चर्स अवार्ड सम्पन्न भइसकेको छ भने नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड यो अवार्डको समापनसँगै भव्य नोमिनेशन समारोह आयोजना गरी सदाझैँ यसवर्ष पनि विदेशी भूमिमा आयोजना गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *