fb_img_1531877692110-1458626941

काठमाडौं÷मस– कुनै बेला दरबारभित्रै हुने दरबारिया नाच तथा रमाइला क्षण लाई समेटेर चलचित्र सुश्री सम्पतिले आफ्ना कलाकारलाई पाटन दरबार स्क्वायर क्षेत्रमा प्रस्तुत ग¥यो । शाही पोसाकमा सजिएका कलाकारहरुको प्रस्तुतीलाई सुश्री सम्पतीका क्यामराम्यानले क्यामरामा कैद गरिरहेका थिए ।
चलचित्रमा समावेश ‘हुकुम’ बोलको गीतको लागि यो सबै तयार पारिएको थियो । गीतमा दरबारमा भारदारहरुसँगको नाच र रमाइलो प्रस्तुत गरिएको छ भने पोशाक पनि त्यहि अनुरुप तयार गरिएको छ । झन्डै ८० भन्दा बढी कोरस सहित यसगीतमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन् । गीतलाई गम्भीर बिस्टले निर्देशन गरेका हुन् ।सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा बिशाल राई र मेलिना राइको स्वर रहेको छ ।

गीतलाई शिवराम श्रेष्ठले छायाँकन गरिरहेका छन् । फिल्मका छायाँकार भने अर्जुन तिवारी हुन् । रङ पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भइरहेको यस फिल्मको गीतको पाटन दरबार लगायतको रमणीय दृश्यमा छायाँकन भइरहेको छ ।
फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् । फिल्मको प्रदर्शन मिति चाहिं भदौ २२ गतेलाई तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *