received_588819848728705.jpeg

असर १ गते

गैरआवासीय नेपाली संघ, यूएइ क्षेत्रीय समन्वय परिषद्–दुबई, (एनआरएनए) यूएईका अध्यक्ष भिम मल्ल र उपाध्यक्ष निराजन खत्रीको निलम्बन फुकुवा भएको छ । गैरआवासीय नेपाली संघ, यूएईले एक विज्ञप्ति जारी गर्दै मल्ल र खत्रीलाई निलम्बन फुकुवा गरेको जनाएको छ ।

आइतबार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) यूएईका कार्यवाहक अध्यक्ष निरन्जन सिल्वाल र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) यूएईका महासचिव निश्चल दाहालले संयुक्त हस्ताक्षरसहितको प्रेश विज्ञप्ति निकाल्दै निलम्बन फुकुवा गरेको जानकारी दिइएको छ ।

यसअघि अध्यक्ष, उपाध्यक्ष मानव तस्करको संरक्षणको आरोपमा निलम्बित हुनुभएको थियो । प्रेश विज्ञप्तिमा अनुसन्धानका लागि निलम्बन गरिएकोमा १२ जुन २०२१ मा बसेको कार्यसमिति बैठकले दुबै जनाबाट संस्थालाई कुनै पनि हानि हुने कार्य नभएको ठहर गर्दै मल्ल र खत्रीलाई पुर्नवहाली गरिएको जानकारी दिइएको छ ।

के भएको थियो घटना ?

बेलायत जाने प्रलोभनमा दलालबाट ठगिएका नेपालीहरुमाथि कुटपिट हुँदा मुकदर्शक बनेको भन्दै एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाले गत अगष्ट १३ तारिख दुबई क्षेत्रीय समितिका अध्यक्ष भिम मल्ल ठकुरी सहित उपाध्यक्ष निराजन खत्रीलाई निलम्बन गर्नुभएको थियो । मानव ओसारपसारमा संलग्न श्याम थापा नाम गरेका दलालले बेलायत पठाउने भन्दै जनही ९ लाख रुपैयाँ असुलेर भिजिट भिजामा युएई ल्याएका नेपालीहरुमाथि बरदुबईमा कुटपिट भएको थियो। कुटपिटमा अध्यक्ष ठकुरी र उपाध्यक्ष खत्रीले पीडित पक्षलाई सहयोग नगरेको आरोप लागेको थियो।

सोही कारण एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाले अनुसन्धानका लागि भन्दै दुबैलाई निलम्बन गर्नुभएको थियो । झन्डै वर्षदिन लामो अनुसन्धानपछि उक्त घटनामा ठकुरी र खत्रीको संलग्नता नदेखिएको एनआरएनए युएईले निष्कर्ष निकालेको हो । दलाल श्याम थापाबाट ठगिएका नेपालीहरुले उद्दारका लागि एनआरएनएमा निवेदन पेश गरेपछि अध्यक्ष कोइरालाकै निर्देशनमा ठकुरी र खत्री घटनास्थलमा पुगेको पुष्टि भएको एनआरएनए युएईका कार्यवाहक अध्यक्ष निरन्जन शिलवालले जानकारी दिनुभयो ।

आफू र अध्यक्षले नखाएको विष लागेको उपाध्यक्ष खत्रीले बताउनुभयो । उहाँले आफूहरुले ढिलै भएपनि न्याय पाइएको पनि सुनाउनुभयो । उपाध्यक्ष खत्रीले आफूहरुले पीडितलाई सहयोग गर्न जाँदा दलालको पक्षमा लागेको आरोप लाग्दा धेरै दुःख भएको भन्दै आगामी दिनहरुमा अझ सक्रिय भएर अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारमा लाग्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *