काठमाडौं– लामो अमेरिका बसाइपछि पुराना नायक विक्रान्त बस्नेत चलचित्र भैरेबाट नेपाली चलचित्रमा कमब्याक गरेका छन् । चलचित्र भैरेमा उनी सशक्त नायकको भूमिकामा देखिएका छन् ।

त्यस्तै चलचित्रका अर्का नायक दयाहाङ राईलाई नै उनले टक्कर दिने संकेत देखाएका छन् । भैरेलाई अमेरिका मै लामोसमयदेखि बसोबास गर्दै आएका निर्देशक सूर्य बोहोराले निर्देशन गरेका हुन् । चलचित्रमा नायिकाको रुपमा वर्षा सिवाकोटी देखिँदैछिन् ।

निर्देशक बोहोराले चलचित्रका विषयमा भने– दयाहाङ, विक्रान्त वर्षा र बुद्धि तामाङले निकै नै सशक्त भूमिका निभाएका छन्, चलचित्र निकै नै राम्रो बनेको छ । करीब १ वर्षको अन्तरालपछि बर्षा ‘भैरे’मा देखिएन लागेकी हुन् । चलचित्र साउन ४ बाट देशव्यापी प्रदर्शनमा आउँदैछ । उनले आफूले गरेका अन्य फिल्म भन्दा भैरे भिन्न रहेको दाबी गरिन् ।
एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको भैरेमा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारीको निर्माण रहेको छ भने सह–निर्माताका रुपमा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत रहेका छन ।

फिल्मका कार्यकारी निर्माता लेख बहादुर पुन हुन् । ‘भैरे’मा पुरुषोत्तम प्रधानको छायाङ्कन, सूर्य थोक्करको द्वन्द्व, बनिष शाहको सम्पादन रहेको छ भने नेपालय सिनेमा ईन्टरनेशनलको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्ममा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको समेत अभिनय देख्न सकिन्छ ।
