सिन्धुपाल्चोक सुकुटे
चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठ लगायत सम्मानित हुनुभएको छ।
कोभिड १९ को कोरोनाको कहर सगै ब्याबशाहिक रुपमा सबैभन्दा लामो समय सम्म थला परेको नेपाली चलचित्र,गित संगित र पर्यटन क्षेत्रको गाउँ स्तर देखी अन्तर्राष्ट्रिय बजार सम्म प्रचारप्रसार र यो क्षेत्रमा लागिपरेका पुराना र नयाँ संस्टाहरुलाइ सम्मान गर्ने अभियानमा बक्स अफिसले उक्त सम्मान गरेको हो।
आगामी असोजको तेर्सो साता पर्यटन नगरी धुलिखेलमा आयोजना हुन गइरहेको १२ औ नेसनल बक्स अफिस फिल्म फियर अवार्ड आयोजनाको नाला देखि सुकुटे सम्म प्रचारप्रसार र घरदैलो कार्यक्रम गत महिनादेखि निरन्तर चल्दै आएको छ। उक्त कार्यक्रममा पनि सम्मानित श्रेष्ठ उत्साहजनक सहभागी हुँदै आउनु भएको छ।
झन्डै तीन दशक लामो नेपाली चलचित्रको पटकथा ,संवाद र चलचित्र निर्माणमा पुर्याउनु भएको उच्च योगदानको मुल्यांकन गर्दै बक्स अफिस इन्टर नेसनल ग्रुप र बक्स अफिस फिल्मी कल्ब नेपालले वरिष्ठ चलचित्र लेखक मौनता श्रेष्ठलाई सनिवार एक विशेष कार्यक्रममा यो सम्मान प्रदान गरेको छ।
