अहिले बजारमा म्यूजिक भिडियोको निर्माणले रफ्तारको सिमा नै नाघेको छ । लकडाउनमा पनि दैनिक दुई दर्जनभन्दा बढी म्यूजिक भिडियो निर्माणमा जुटेको देखिन्छ । यस्तै परिस्थितिमा गायक टिका बोम्जनको स्वर उत्तम लामाको शब्द र निर्माणका बुद्ध स्याङ्बोको एरेन्ज र उत्तम लामाकै निर्देशनमा अफ्ट्यारो अफ्ट्यारो म्युजिक भिडियो असोज २७ गते अपराह्न सार्वजानिक हुने भएको छ । समसामयिक विषयवस्तुलाई उठान गरी अप्ठ्यारो अप्ठ्यारो उक्त गीतमा बुद्ध श्रेष्ठ, आयुष्मा कार्की,अबिषेक श्रेष्ठ र कुसुम घोतानेले अभिनय गरेको म्युजिक भिडियो करिब तीन लाख रुपैँयाको लगानीमा निर्माण गरेको निर्माण कम्पनीले बतायो । एक पछि अर्कौ गर्दै थुप्रै म्यूजिक भिडियो बजारमा दिइसकेका फरक किसिमका मोडल बुद्ध श्रेष्ठले यस भिडियोमा धेरै राम्रो काम गरेको बताएका छन् । संख्यात्मक भन्दा गुणस्तरिय म्युजिक भिडियो खेल्दै जाने र नेपाली गीतसँगीतमा निरन्तर लाग्ने बुद्धले भिडियो सार्वजानिक हुनुभन्दा अगाडी बताएका छन् । आफ्नो म्युजिक भिडियो प्रती निर्देशक उतर लामा निकै आशाबादी देखिन्छन् ।
