बक्स अफिसको ८५० औ कार्यक्रम आयोजनामा
कोरोना जनचेतना सगै विभिन्न संस्टा सम्मानित ।
सिन्धुपाल्चोक सुकुटे । २०६० सालदेखि एतिहांसिक दोलखा चलचित्र महोत्सव कार्यक्रम आयोजना बाट नेपालको इभेन्ट आयोजनामा पाइला टेकेका राम बाहादुर सुवेदी (आर के ले) आफ्नो शनिवारको कार्यक्रम बक्स अफिस नागरिक सम्मान २०७७ कार्यक्रम आयोजनाबाट कुल ८५० संस्करणको आकडा उनले पार गरेका छ्न । उनले देश विदेशमा गरि कलाकार वुद्धिजिविहरुको मैत्रिपूर्ण फुटबल आयोजना, नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड आयोजना, नेशनल बक्स अफिस म्यूजिक भिडियो आयोजना, नेशनल बक्स अफिस टेलिफिल्म अवार्ड अयोजना, ग्लोबल मोसन पिक्चर्स अवार्ड, पृथ्वी परिक्रमा नागरिक सम्मान, नेशनल बक्स अफिस सर्ट फिम्ल अवार्ड, नेशनल हिरो अवार्ड, बल्कबस्टर नेपाली फिलम अवार्ड सम्बधित कार्यक्रम आयोजना गरी यति धेरै संख्यामा कार्यक्रम आयोजना गरेका हुन् । नेपाल इभेन्ट् अर्गनाइजेशन एसोसिएसन, चलचित्र पत्रकार संघ नेपाल, ग्लोबल एक्टर्स फेडेरेशनका संस्थापक अध्यक्ष समेत रहेका आर.के. सुवेदीले पर्यटनको गन्तब्य सिन्धुपाल्चोकको सुकुटे रिसोर्टमा एक कार्यक्रम आयोजना गरि कोरोना बाट सचेत रहौ, आफुपनी बांचौ अरुलाइपनी बचाउ, कोरोनासँग लड्दै नेपाली गित संगित र चलचित्रलाई माया र सम्मान गरु भन्ने नारा सहित नियमित आयोजना गरिएको उक्त समहारोमा पुराना चलचित्रकर्मी गिरिराज लामिछाने, गायक संगितकार देव कुमार चौधरी, गायिका तथा गितकार सपना पुन, गायक चन्द्र बाहादुर तामाङलाई गुड्मिल अमृत निर्माण सेवा प्रमुख अमृत थिंग तामाङ र सयुक्त अपांग एकता आवाज केन्द्रका अध्यक्ष तिल बहादुर कार्कीले सम्मानित गरेका हुन् । गत हप्तापनि सुबेदिले एक कार्यक्रम आयोजना गरि आफ्नो ८४९ औ संस्करणमा झन्डै तीन दशक लामो नेपाली चलचित्रको पटकथा, संवाद र चलचित्र निर्माणमा पुर्याउनु भएको उच्च योगदानको मुल्यांकन गर्दै बक्स अफिस इन्टरनेसनल गु्रप र बक्स अफिस फिल्मी कल्ब नेपालले वरिष्ठ चलचित्र लेखक मौनता श्रेष्ठ, पांच दशक देखि गित संगितमा लाग्नु भएको गायक कृष्ण बस्नेतलाइ सनिवार एक विशेष कार्यक्रममा सम्मान गरेको थियो।
कोभिड १९ को कोरोनाको कहर सगै व्यावसायिक रुपमा सबैभन्दा लामो समय सम्म थला परेको नेपाली चलचित्र, गित संगित र पर्यटन क्षेत्रको गाउँ स्तर देखी अन्तर्राष्ट्रिय बजार सम्म प्रचारप्रसार र यो क्षेत्रमा लागिपरेका पुराना र नयाँ सं्रष्ट्राहरुलाइ सम्मान गर्ने अभियानमा बक्स अफिसले उक्त सम्मान गरेको हो । आगामी असोजको तेर्सो साता पर्यटन नगरी धुलिखेलमा आयोजना हुन गइरहेको १२ औ नेसनल बक्स अफिस फिल्म फियर अवार्ड आयोजनाको नाला देखि सुकुटे सम्म प्रचारप्रसार र घरदैलो कार्यक्रम गत महिनादेखि निरन्तर चल्दै आएको छ । उक्त कार्यक्रममा पनि सम्मानित श्रेष्ठ, बस्नेत र लामा उत्साहजनक सहभागी हुँदै आउनु भएको छ ।
माया नमार, बुबाआमा, दादागिरी, खलनायक, निखिल दाइ, धड्कन लगायत दर्जनौं सुपर हिट फिल्ममा लेखन गर्नु भएका चलचित्र लेखक मौनता श्रेष्ठले आफ्नो लगानिमा अभिमन्न्यु, आधी तुफान, भगवान् सबैको, पिज“डा ब्याक अगेन, मेरो मान्छे जस्ता चलचित्र निर्माण गर्नुभएको छ भन्ने नयाँ चलचित्र आधी तुफान २ को निर्माणको तयारीमा रहेको छ्न ।
हाल श्रेष्ठ निर्माणधिन चलचित्र खलनायक २ को लेखन कार्यमा पनि व्यस्त रहेको बताउनु भयो । पर्यटन स्थल सिन्धुपाल्चोकमा आयोजित बक्स अफिस सम्मानित भएपछि कार्यक्रममा बोल्दै निर्माता तथा लेखक मौनता श्रेष्ठले अझै आफ्नो कर्ममा नयाँ नयाँ जिम्मेवारी थपिएको बताउन्नु भयो । अर्का सम्मानित व्यक्ती कृष्ण बस्नेत ५० बर्ष गित संगित क्षेत्रमा निरन्तर लागिरहनु भएको छ । बस्नेतले थुप्रैपटक गित संगित निर्माण गर्नु भएको छ भन्ने ८५० औ संस्करणमा सम्मानित हुने स्रष्ट्राहरु आफ्नो पेसामा लामो समयदेखि कृयाशिल हुनुभएको छ । हरेक साता आयोजना हुने बक्स अफिस नागरिक सम्मान तथा कोरोना जनचेतना कार्यक्रमलाई गुड्मिल अमृत निर्माण सेवा प्रा.ली. र सयुक्त अपांग एकता अवाज केन्द्र, कोचे मल्टिमिडिया र मध्याह्न दैनिकको सहकार्य गरेको छ्न । नेपाली चलचित्र र गितसंगीतलाई स्थानीय स्तरदेखि अनर्तराष्ट्रिय बजारसम्म देशको मात्र होइन विश्व नै कोरोनासँग संघर्ष गरिरहेको बेला बक्स अफिसका नियमित गधिविधिहरुले यस क्षेत्रलाई चलायमान राखीराख्न अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा चलचित्रकर्मीहरुले सहना गरेका छन् । नेपाल सरकारले भदौ १ गतेदेखि अन्र्तराष्ट्रिय उडान खुल्ला गर्ने भएको र पूर्व तयारीका साथ लागि परेको थाईल्याण्ड, जापान, रसिया, बेलायत र बेल्जियमका अन्र्तराष्ट्रिय कार्यक्रम आयोजनाको तिथिमिति स्थानीय आयोजकहरुले घोषणा गरेको समयमै समपन्न गर्ने बताएका छन् ।
