जापान : बक्स अफिसले आफ्ना विविध अवार्ड आयोजना सगै आपसी मेलमिलाप जगाउन्ने मैत्रीपुर्ण रमाइलो फुटबल प्रतियोगितालाई पनि तीब्र पारेको छ ।

यो बर्ष मात्रै युएई ,मलेसिया र सिंगापुरमा सफल आयोजना लगतै बक्स अफिस रमाइलो फुटबल प्रतियोगिता जापानमा भब्य सम्पन्न भएको छ। बक्स अफिस इन्टरनेसनल ग्रुप तथा एभरेस्ट इन्टरनेसनल प्राली जापानको आयोजनामा नेप्लिज स्थानीय कलाकार , जापानी ,म्यानमार बीच मैत्रीपुर्ण फुटबल आयोजना जापानमा भब्य सम्पन्न भएको छ । नोभेम्बर २ तारीखमा जापानको गुन्मा केन ओरा गुन को Ora Chomin Gymnastic को खेल मैदानमा बेलुका ७.३० बजे देखि विभिन्न समुह बिच खेलहरु सम्पन्न भएको थिए ।



प्रतियोगितामा नेपाली समुदाय ,जापानी समुदाय र म्यानमार समुदायले आ-आफ्नो देश बाट उत्साह पुर्वक भाग लिएको थिए। पोहिलो चरणको मैत्रीपुर्ण फुटबल खेलमा नेपाल १ गोल र जापान १ गोलको बराबरको नतिजा निस्केको उक्त खेलमा दोर्सो चरणको खेलमा म्यानमार २ नेपाली टोलि १ गोलको नतिजा निस्केको थियो र अन्तमा खेलाएको त्रेसो चरणको खेलमा जापानी र म्यानमारको संयुक्त टोलि र नेपाली टोलि बिच निधारित समयमा कुनै पनि गोल न भै जिरोमा टुंगोएको थियो।

नेपाली टोलिबाट अध्यक्ष आर के सुबेदिको कप्तानिमा कमल लामा,चिरञ्जीवी राना,रुद्र केसि,हेन मगर ,सुजन भुसाल , आसिम मगर, ,निस्चल पुरी,प्रमोद घिमिरे , पुकार शाह, रन्जित महर्जन , सुवास गुरुङ ,दावा शेर्पा , बिकास गुरुङ ,बरुन थापा ग्यान रोक्का लगायतले उत्कृष्ट खेल प्रस्तुत गरेको थिए।

तेसैगरी जापानी टोलि वाट भेक्टर कैसुके,कारोस,सेइजी,मानाती ,कान,तेचु,हिरो लगाएतले सहभागी जनाए भन्ने,म्यानमार बाट क्वाव,थानी,म्याओ,आर, ,म्यारे,मोरु थारी लगायतले बक्स अफिस रमाइलो फुटबल खेल खेलेको थिए। खेल आयोजनाको सम्पुर्ण तयारी पूरा गर्नु भएका जापान सम्योजक एन आर एन ए जापानका केन्द्रिय सल्लाहकार ज्ञानेन्द्र बाहादुर पौडेल र स्थानीय आयोजक संस्था एभरेस्ट इन्टरनेसनलका प्रबन्धक निर्देशक सुनिता गुरुङले खेल सफलता पुर्वक भब्य सप्पन्न भएकोमा खुशी लागेको बताउनु भयो।

भबिस्यमा यस्ता खालको कार्यक्रम आयोजना बक्स अफिस संग सहकार्य गरेर निरन्तरता दिने खेल सम्योजक पौडेलले बताउनु भयो। खेल पश्चात् सम्पुर्ण खेलाडी ,रेफ्री,टिम अध्यक्षलाई प्रमुख अथिती जापानी टुरिजम बोडका अधिकारी जुलियाना टोगिसी, जापान सम्योजक ज्ञानेन्द्र पौडेल ,एभरेस्ट इन्टरनेसनल प्रली का प्रनन्धक निर्देसक सुनिता गुरुङ तथा बक्स अफिस इन्टरनेसनल गृपका अध्यक्ष आर के सुबेदिले प्रमाणपत्र ,मेडल र कदरपत्र बाट सम्मान गर्नु भएको थियो।

खेल आयोजना भब्य र सभ्य भएको खुशीयालिमा सुनिता केचेन बार जापानले सम्पुर्णलाई विशेष रात्री भोज समेत दिएको थियो।






