ifa

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा अवार्ड गरेरै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल बक्स अफिस इन्टरनेशनल ग्रुप, बक्स अफिस फिल्मी क्लब नेपाल, ग्लोबल एक्टर फेडेरेशन तथा नेपाल इभेन्ट अर्गनाइजर एशोसिएशनका अध्यक्ष रामबहादुर सुवेदी (आर.के)ले अब नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित सबैखाले अवार्डहरु चुनौती थपिएको बताएका छन् ।

५० लाखमा बनिरहेका नेपाली चलचित्रहरु एकाएक ३ करोडको लागनीमा बन्दै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभुत्व जमाउन सफल भएको अवस्थामा नेपाली चलचित्रका अवार्डहरुलाई अब पुरातन शैलीबाट परिस्कृत गर्नुपर्ने बताएका हुन् । उनले अब आफ्नो नेशनल बक्स अफिस फिल्म फेयर अवार्डलाई बलिउडको लोकप्रिय अवार्ड ‘आइफा अवार्ड’ शैलीमा लैजाने बताए । जसरी आइफा अवार्डले विदेशी भूमिमा निरन्तर आफ्नै लगानी तथा व्यवस्थापनमा सम्पूर्ण चलचित्रकर्मीहरुलाई समेटेर जम्बो टोलीसहित आयोजना गर्दै आएको उसैगरी  नेशनल बक्स अफिस फिल्म फेयर अवार्डका आगामि इभेन्टहरु हुने बताए ।

उनले अवार्ड मात्र होइन फिल्म निर्माण, प्रदर्शन, वितरण पनि अबको बजारमा देखावटी र रहरको रुपले लिन खोजे समय र लगानी दुबै डुब्ने अवस्था समेत सिर्जना भइसकेको बताए । फिल्म निर्माण र विदेशी भूमिमा आयोजना हुने अवार्ड आयोजना करोडौं रुपैयाँ लगानी हुन्ने भएकोले अब पाइला पाइला गम्भीरता को साथ गोहिरो अध्ययन, म्यानेजमेन्ट र मार्केटिङको अथक मेहेनत गर्नुपर्ने बताए ।

उनले अवार्डको ११ आंै संस्करणको दोस्रो चरणको तयारी जुरी छनोटको आराम्भ भएको बताए । बक्स अफिस १० औं संस्करण पार गर्नु चानचुने विषय नभएको भन्दै बक्स अफिस ग्रुपले चैत्र २८ गते भित्र प्रदर्शन भएको चलचित्र दर्ता प्रक्रिया सप्पन्न भै अवार्डमा ८३ चलचित्रले दरो प्रतिस्पर्धा गर्ने भएको र यो अवार्ड सभ्य र भब्य गर्न अहिलेदेखि नै आन्तरिक तयारी शुरु भएको जानकारी दिए ।

ब्याक टु ब्याक नेपाली मनोरञ्जन फाटमा गाउ देखि शहर मात्र होइन बिदेशी भुमिमा निरन्तर विविध कार्यक्रम आयोजना गर्दै बक्स अफिस इन्टनेस्नल ग्रुपले बडा दशैको अबसरमा सिंगापुर र थाइल्यान्ड एकै साथ तीन वटा कार्यक्रम भब्य सम्पन्न गरेको थियोे । बक्स अफिसका अध्यक्ष सुबेदीको संयोजकमा कलाकारहरुलाई उडिरहेको हवाइजहाजमा सम्मान, पानी जहाजमा अवार्ड र बिदेशी भुमिको रंगशालामा कलाकर्मीहरुबीच बक्स अफिस च्याम्पियन कपको आयोजना भएको थियो ।

त्यस्तै बक्सअफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्मी क्लब नेपालको आयोजनामा समुन्द्री माथी मध्यरातसम्म नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड समेत भव्यरुपमा सम्पन्न भएको थियो । हालै सिंगापुर तथा थाइल्याण्डमा सम्पन्न अवार्ड वितरण कार्यक्रममा २ हजार भन्दा बढी विभिन्न गीत तथा सांगीतिक क्षेत्रका स्रष्टालाई एकै पटक सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *