दोलालघाट काभ्रे

किभिड 19 ले गर्दा रसीयामा हुन नसकेको १२ औ नेसनल बक्स अफिस फिल्म फियर अवार्ड आगामी असोजको अन्तिम साता पर्यटननगरी धुलिखेलमा हुने भएको छ। अवार्डको प्रचारप्रसारको क्रममा आयोजक बक्स अफिस इन्टरनेसनल ग्रुपले सामाजिक दुरि कायम गरौ,नियमित माक्स लगाउ ,पटक पटक साबुन पानीले हात धुऔ १२ औ नेसनल बक्स अफिस फिल्म फियर अवार्ड भब्य सफल पारौं भन्ने नारा सहित कोरोना जनचेतना जगाउन्ने अभियान काभ्रेको नाला हुँदै,बनेपा ,पांचखाल,दोलालघाट र सुकुटे सम्म संचालन गरेको छ। अहिले सम्म यो अभियानमा निर्देशक मदन घिमिरे ,हल ब्याबसाहिक,दुर्गालाल प्रधान ,लेखक निर्देशक मौनता श्रेष्ठ ,खलनायक मुकुन्द थापा ,निर्माता बितरक सरोज शर्मा ,महिला बितरक सुनिता भट्टराई ,निर्माता अमृत थिंग तामाङ ,संचारकर्मी सचित खडका ,कुमार आचार्य ,अमित नेउपाने,कलाकार दिनेश श्रेष्ठ ,राजाराम गौतम , सजिना श्रेष्ठ ,अमर बिस्ट इन्जिनियर हरेराम हुमागाइ लगायतले साथ दिरहनु भएको छ । अवार्ड समाहोरलाइ सफल पार्न साथ दिने क्रमपनी थपिदो रहेको अवार्ड अध्यक्ष आर के सुबेदिले बताए ।

तेसैगरी कोरोना महामारी कहरको कारण लामो लकडाउन पछि बक्स अफिसले निरन्तर आयोजना गर्ने कलाकर्मिको लोकपि्रय रामाइलो फुटबल फुटबल कार्यक्रम आयोजना मोफसलबाट सुरु गरेको छ।

नेपालको सबैभन्दा पुरानो फुटबल ग्राउन्ड काभ्रे जिल्लाको पांचखाल फुटबल ग्राउन्डना बक्स अफिस फिल्म फियर अवार्ड vs पांचखाल स्थानीय कलाकर्मीबिच मैत्रीपुर्ण फुटबल सम्पन्न भएको हो। रसीयामा किभिड 19 को समस्याको कारण रोकिएको यो अवार्ड आगामी असोजको तेर्सो साता काभ्रेको धुलिखेलमा हुदैछ।उक्त कार्यक्रमलाई जन जनमा पुर्याउनु र नेपाली चलचित्रको प्रचार प्रसार गाउँ गाउमा पुर्याउनु बक्स अफिस इन्टरनेसनल ग्रुपले यो कार्यक्रम आयोजना गरेको हो।

सामाजिकदुरि कायम गरि सेभेन साइजमा खेलाएको उक्त प्रतियोगितामा सुभकामनाहल बनेपाको हल ब्याबसाही दुर्गालाल प्रधान ,निर्माता तथा ग्लोबल एक्टर्स फ्रेडेसन बिस्वकलाकार मांहास्ंघका आजिवन सदस्य अमृत थिंग तामाङ ,पुराना निर्माता तथा बितरक सरोज शर्मा, पोहिलो महिला चलचित्र बितरक तथा निर्माता सुनिता भट्टराईले राम्रो खेल खेल कौशल प्रदशन गर्नुभएको थियो ।

सनिवारको रमाइलो प्रतियोगितामा आयोजक बक्स अफिसले स्थानीय कलाकारको ० को विरुद्ध ३ गोलले पराजित गर्दै बिजय हासिल गर्न सफल भएको थियो । खेलमा आयोजक बक्स अफिसका अध्यक्षले आरके सुबेदिले २ गोल गर्नुभएको थियो भन्ने निर्माण सरोज शर्माले १ गोल गर्नुभएको थियो। बिजेता खेलाडीलाई स्थानीयहरुले टर्फी ,मेडल र नगद रु १ हजार रुपैया पुरुषकार पनि बितरन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *