FB_IMG_1598364745273.jpg

काठमाण्डौ‌ ।अछामको रामारोशन गाउँपालिका ५ सैनीबजारमा बाढीले बगाएको दृश्य समेटिएको डेउडा गित नघट्ने घटना घटी मेरा अछाम जिल्ला सार्वजनिक भएको छ । भदौ २ गते कैलाश खोलामा आएको बाढीले सैनीबजार र आसपास क्षेत्रलाई बगाएको थियो । सो बाढीले २२ घर बगाएको थियो भने बाल बच्चा सहित १७ जनालाई बगाएको थियो ।
जसमध्ये अझै ७ जनाको शव भेटिएको छैन । ठुलो जनधनको क्षति पुर्याएको उक्त घटनाको वास्तविक दृश्यसहित कलाकारहरुले देउडा गित सार्वजनिक गरेका हुन् ।
जयन्द्र भण्डारीको शब्द र बिशाखर तिमिल्सिनाको उत्कृष्ट लयमा तयार पारिएको गितमा रुप रावल र विशाखरले स्वरबद्ध गरेको गितले कहाली लाग्दो उक्त सत्य घटनालाई शब्द र भिडियोमा कैद गरिएको छ । नघट्ने घटना घटी मेरा अछाम जिल्ला बोलको देउडा गित भिडियोसहित सर्वसम्मान म्यूजिक प्रा लि ले बजारमा ल्याएको हो । प्रा लि का निर्देशक प्रकाश क्षेत्रीले अभियान गरेका छन् ।
गितका अधिकांश दृश्य घटनास्थलकै छन् । बस्तीमा बाढी आउँदा भएको चिच्चाहटको दृश्यलाई पनि गितमा समेटिएको छ । गितको भिडियोमा एरेञ्ज मिक्सिंग र ध्वनी कृष्ण लामिछानेको रहेको एल्वममा निर्देशक क्षेत्रीसँगै टंक रावल तेज रावल र विमला शर्मा केशर थापाले घटनालाई भिडियोमा उतारेका छन् । सर्व सम्मान म्यूजिक प्रा लि ले यसअघि पनि सत्य घटना र दुर्घटनालाई गितमा उतार्दै आएको छ ।
बाढीले गाउँपालिकाको ५ का ४७ बर्षिया नन्दु साउद, ४५ बर्षिया गंगा साउद, ५५ बर्षिया जोगा साउद, ४५ बर्षिया अम्मर शाह, ४० बर्षिया पवित्रादेवी शाह, ४ बर्षिया समिर शाह, ३५ बर्षिया सम्झना शाह, ४५ बर्षिया बासू साउद, ४५ बर्षिया लालसर शाही सहित १७ जनााई बाढीले बगाएको थियो ।त्यसैगरी बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुंगे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स ५ वटा जलविघुतका पावर हावस र ४ वटा मोटरसाईकल बगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *