received_386486309371723.jpeg

काठमाडौं : इभेन्ट आयोजकहरुको एक मात्र छाता संगठन नेपाल इभेन्ट अर्गनाईजेसन एसोसिएसनका केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय अन्तर्राष्ट्रिय मुलुकहरुमा विभिन्न किसिमका अदभूत अवार्ड आयोजना गर्ने नेपालको ख्याती प्राप्त संस्था बक्स अफिस ईन्टरनेशनल ग्रुपका अध्यक्ष रामबहादुर सुवेदी (आर.के.) यतिबेला बाह्रौँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड नेपालमै सम्पन्न गर्न जुट्नु भएको छ । यस भन्दा अगाडि उहाँले नेपाली चलचित्रको पहिलो पटक विदेशमा समुन्द्र मुनि, समुन्द्र माथि, उडिरहेको हवाइजहाज, विश्वको सर्वोच्च शिखर सगरमाथाको आदर शिविरमा पटक पटक अवार्ड आयोजना गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत आफ्नो नाम दर्ता गराउनुभएको छ । नेपाली चलचित्र, गीतसंगित, खेलकुद र सामाजिक अभियानताहरुलाई समेटेर वार्षिक रुपमा राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड, नेशनल बक्स अफिस म्युजिक अवार्ड, ग्लोबल मोशन पिक्चर्स अवार्ड, नेशनल हिरो अवार्ड, नेशनल टेलिफिल्म अवार्ड, नेशनल सर्ट फिल्म अवार्ड, पृथ्वी परिक्रमा अवार्ड, बक्स अफिस नागरिक सम्मान लगायत अवार्ड आयोजनाहरु निरन्तर रुपमा विगत १२ वर्षदेखि सम्पन्न गर्दै आउनुभएको छ । राष्ट्रिय चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्षसमेत रहेका रामबहादुर सुवेदी (आर.के.) ले अहिलेसम्म ८८६ वटा राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरिसक्नु भएको छ भने आगामी पौष १४ गते काठमाडौँ देखि सराङ्कोट सम्म साईकल ¥याली, १६ गते बिहान पोखरा बजार परिक्रमा गरी प्रभात फेरी पोखराकै लेकसाईडमा सँझ फिल्म फेयर अवार्ड १७ गते अँग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर राष्ट्रिय कलाकार र पोखरा व्यवसायीहरुको प्रतियोगिता आयोजनामा व्यस्त हुनुहुन्छ । कोभिड–१९ महामारीमा मात्र जनचेतना जगाउँदै दुई दर्जन कार्यक्रम गर्न सफल सुवेदी सँग बाह्रौँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्डको सेरोफेरोमा रहेर गरेको कुराकानीका मुख्य अंश यस प्रकार रहेका छन् ।

पर्यटन शहर पोखरामा कोभिड– १९ महामारीको अवस्थामा पनि बृहत साईकलिङ्ग, मैत्रीपूर्ण फुटबल, प्रभात फेरी र अवार्ड आयोजनहरु गर्न लाग्नु भइरहेको छ । यस बारेमा केही जानकारी दिनुस् न ?

बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजना र मेरो संयोजकतामा कोभिड– १९ महामारी सुरु भएदेखि गत चैत्र ११ गतेदेखि अहिलेसम्म समिक्षा गर्नुपर्दा विभिन्न रचनात्मक कार्यक्रम आयोजनाहरु सहजतापूर्ण समपन्न गर्नुको साथै अहिले हामी बाह्रौँ नेशनल बक्स अफिस फिल्म फेयर ऋवार्डको तयारीमा जुटेका छौँ । हामीले कोभिड–१९ महामारीमा पनि यसैसँग सम्बन्धित रहेर विभिन्न राहत वितरण कार्यक्रम, रचनात्मक कार्यक्रम आयोजना गरेर देश र जनतालाई ऊर्जा दिने प्रयास गरेका थियौँ । बक्स अफिस इन्टरनेशनल ग्रुपले वार्षिक रुपमा एक दर्जन भन्दा बढी कार्यक्रम आयोजना गर्ने भएकोले बार्षिक क्यालेन्डर अनुसार अहिले हामी लकडाउन फुक्का सँगै आन्तरिक पर्यटनलाई ब्युँताउन र नेपाली चलचित्रलाई चलायमान बनाउनको लागि राजधानी देखि पर्यटन बजार जोगाऔँ नेपाली चलचित्रलाई चलायमान गरौँ भनेर पोखरा सराङ्गकोटसम्म साईकल ¥यालीको आयोजना राखेका छौँ । अँग्रेजी वर्ष २०२१ लाई स्वागत र २०२० लाई बिदाई गर्दै बाह्रँौँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड आयोजना । माक्स लगाऔँ, सामाजिक दुरी कायम गरौँ, कोरोना बाट आफु पनि बचौँ अरुलाई पनि बचाऔँ भन्ने सन्देशका साथ पोखरामा प्रभातफ्री कार्यकम्र आयोजना गरी बजार परिक्रमा, दिपप्रजोलन को आयोजना गर्दै छौँ भने अँग्रेजी वर्षको पहिलो दिन २०२१ को अवसरमा राष्ट्रिय कलाकार र पोखरा उद्यमीहरु बीच आपसी भाइचारा, मेलमिलाप र कोरोना महामारी पछि सामाजिक सद्भाव कायम गरौँ भन्ने मुख्य नाराका साथ बक्स अफिस रमाइलो मैत्रिपुर्ण फुटबल आयोजना गर्न लागेको हो ।

अहिलेको यो कठिन अवस्थामा यति धेरै कार्यक्रम आयोजनाहरु तपाईँहरुले कसरी गरिरहनु भएको छ ?

समग्रमा अहिले नेपाली चलचित्र गीत संगित र खेलकुदमा बक्स अफिस इन्टरनेस्नल गुर्पको विविभ कार्यक्रमहरु मात्र चलायमान रहेको छ । हाम्रो कार्यक्रम आयोजनामा संस्थाले देशको परिस्थिति हेरेर यसलाई नै मध्यनजर गरेर जनस्तरसम्म सामाजिक सन्देश मुल प्रवाह गर्ने उद्देश्यले कार्यक्रम राख्दछ । तपाईँले भनेजस्तो हामीले व्यापारमुखी र प्रचारमुखी कार्यक्रम आयोजनालाई खासै महत्व दिँदैनौँ । कोरोना महामारीले मुलुक लगभग एक वर्ष थला बसिसकेको छ । यो महामारीले सबैभन्दा मार मुलुकको पर्यटन क्षेत्र र नेपाली चलचित्रलाई परेको छ । यही स्थिति हेर्ने हो भने नेपाली चलचित्र र पर्यटन बजार विगतकै तुलनामा फर्कन निकै कठिन रहेको छ । यसलाई मध्यनजर गरेर बक्स अफिस इन्टरनेशनल ग्रुपले हामी उठ्नुपर्छ र आफ्नो काम कोरोना महामारी सँग सजग हुँदै बिस्तारै फर्कनुपर्छ भन्ने मूल सन्देश प्रवाह गर्नु हो । यो रचनात्मक कार्यक्रमलाई सम्पूर्ण चलचित्रकर्मी र आम नागरिकहरुले अत्यन्तै सकरात्मक रुपले लिनुभएको छ र अहिलेको कार्यक्रम व्यापारमुखी र प्रचारमुखी भन्दा पनि सेवामूलक र सन्देशमूलक कार्यक्रम आयोजना हामीले गर्न सक्यौँ भने सबैलाई सकरात्मक सन्देश पनि पु¥याउन सकिन्छ भने हाम्रो क्षेत्र र पेशा पनि बिस्तारै चलायमान हुन ठूलो मद्दत पुग्छ भन्ने हेतुले अहिले हामीले कार्यक्रमको सकरात्मक र रचनात्मक ढाँचा बनाएका छौँ ।

कोरोना महामारीमा पनि तपाईँहरुले आयोजना गर्नुभएका यति धेरै कार्यक्रम आयोजनाबाट के प्रतिक्रिया पाउनुभएको छ ?

जब हामीले चैत्र ११ गते कोरोना महामारीले मुलुक ठप्प हुँदा खान अत्यन्तै गाह्रो हुने हरुलाई सहज ढङ्गले गाँसको व्यवास्थापन ग¥यौँ, मिडियाको तर्फबाट सोही सत्य रिपोर्टिङ्ग गरेर जन जनमा कोरोना महामारीबारे जनचेतना जगायौँ, त्यति मात्र हैन, मुलुकका हरेक पेशाहरुलाई चलायमान गराउनुपर्छ, नेपाली चलचित्र, गीतसंगित र खेलकुद क्षेत्रलाई बिस्तारै उठाउनुपर्छ भन्ने उद्देश्य बोकेर नौ महिनाको बीचमा २१ ओटा कार्यक्रम आयोजनाहरु सफलतापूर्वक सम्पन्न गरेका छौँ । सामाजिक दुरी कायम गरी विभिन्न कार्यक्रम आयोजनाले नेपाली चलचित्रकर्मी र आम जनमासमा आशाको ऊर्जा थपेका छौँ । समग्रमा सबैबाट हाम्रा रचनात्मक कार्यक्रमको एकदमै राम्रो प्रतिक्रिया पाएका छौँ ।

बाह्रौँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड पोखराको तयारी के हुँदैछ ?

हामीले आ.व. २०७५÷७६ मा सेन्सर पास भई सार्वजानिक भएका विभिन्न चलचित्रहरु दर्ता प्रक्रियामा ल्याई १०६ वटा चलचित्र राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डमा समेट्न सफल भएका छौँ । यो संख्या नेपाली चलचित्र इतिहासमै सबैभन्दा धेरै चलचित्रहरु सहभागी हुने एक मात्र एवार्ड कार्यक्रम होे । हामीले सम्पूर्ण चलचित्रका निर्माण कम्पनीहरुलाई सहभागिताको कदर पत्र प्रदान गरिसकेका छौँ । नेशनल बक्स अफिस फिल्म फेयर अवार्डमा भाषाभाषी, उपत्यका बाहिरबाट बनेका, विदेशमा बनेका, र राष्ट्रिय स्तरबाट बनेका विभिन्न चलचित्रहरु खोजी खोजी अवार्डमा सहभागी जनाई अहिले पोखरामा ग्राण्ड फाईनलको तयारीमा जुटेका छौँ । अहिले सम्पूर्ण तयारी पुरा भई न्यू यर ईभमा २०२०को संस्करण भव्य रुपमा सफल पार्ने उद्देश्यका साथ हामी लागि परेका छौँ ।

यस्तो महामारीको बेला अवार्ड आयोजना गर्दै हुनुहुन्छ, चलचित्रकर्मीको रेस्पन्स के छ ?

चलचित्रकर्मीको रेस्पन्स भन्दा पनि एउटा नियमित अवार्ड आयोजना कम्पनीले निरन्तर आयोजना गर्ने एउटा प्रक्रिया हो यो एवार्ड आयोजना । अघि मैले भनेजस्तो हाम्रो वार्षिक क्यालेन्डर हुन्छ । त्यो क्यालेन्डर अनुसार काम गर्दै जाने हो । यदि हामीले तोकिएको समयमा अवार्ड आयोजना गर्न सकेनौँ भने भोलीका दिनहरुमा तमाम चलचित्रकर्मीहरुको जुन हामीलाई एक दशकदेखि यति धेरै विश्वास र माया प्राप्त गर्दै आइरहेका छौँ, त्यो गुम्दै जाने छ । महामारीमा अवार्ड आयोजना गर्ने हाम्रो संस्थालाई सम्पूर्ण चलचित्रकर्मीहरुको अत्यन्त सकरात्मक प्रतिक्रिया आएको छ । उहाँहरु हर्षोउल्लासका साथ कोभिड– १९ महामारीमा नेपाल सरकारले लागु गरेको नियमहरु शत प्रतिशत पुरा गरी अवार्डमा सहभागी हुने प्रतिक्रिया दिनुभएको छ । समग्रमा बाह्रौ बक्स अफिस फिल्मफेर एवार्डले अुत्साह जगाएको देखिन्छ ।
नेपालमा फिल्म एवार्डहरुको महत्वबारे केही बताइदिनुस् न ?
एवार्ड आयोजनाहरुको भनेको कलाकार र यस क्षेत्रलाई चलायमान र विकास प्रबन्ध गर्नको लागि आयोजित रचनात्मक कार्यक्रमहरु हुन् । हामी कसैले पनि अवार्ड आयोजनालाई नकारात्मक रुपले लिनु हुँदैन । यो रचनात्मक र समिक्षा गर्ने कार्यक्रम भएको हुनाले नेपालमा एवार्ड आयोजनाको खासै विकास र विस्तार त भएको छैन । अब नेपाली सिनेमा क्षेत्र जस्तो छ त्यस्तै चलचत्रिहरु निर्माण हुने गर्छन् । जस्तो निर्माण हुन्छन्, त्यस्तै कलाकार हुन्छन् । जस्तो कलाकार हुन्छन्, त्यस्तै अवार्ड कार्यक्रम आयोजना त हुने होनी । नेपाली चलचित्रको अवार्डलाई विगतलाई फर्केर हेर्ने हो भने अधिकांश अवार्ड कार्यक्रमहरु निरन्तरता दिन नसकेर बन्द भइरहेका छन् । रहर पुरा गर्ने र बन्द गर्ने प्रविधिको कारण पुराना अवार्ड आयोजनाहरु निरन्तर हुन सकिरहेका छैनन् । अपवादमा केही अवार्डहरुले निरन्तरता दिए तापनि ति एवार्ड आयोजना अथवा हामीहरुले आयोजना गरेका अवार्ड आयोजनाले नेपाली चलचित्र क्षेत्रलाई उल्लेखनीय महत्व राख्ने किसिमको कुनै त्यस्तो सम्जनायोग्य छाप छोड्न नसके तापनि प्रचार प्रसार र समिक्षाको हिसाबले भने केही हदसम्म सहयोग पु¥याउँदै आएको मेरो विश्लेषण छ ।

के नेपाली चलचित्र अवार्ड आयोजना निस्पक्ष छन् त ?

अवार्ड आयोजना भनेको नेपालमा मात्र हैन, विश्वभरी नै विवादास्पद हुँदै आइरहेको हामीले सुन्दै आइरहेका छौँ । अवार्ड आयोजनालाई जति सुकै कोशिस गरे तापनि निस्पक्ष बनाउन सकिँदैन । अवार्ड आयोजनालाई निस्पक्ष बनाउन नसकेको सस्पस्ट कारण के छ भने सबैलाई आफ्नो काम उत्कृष्ट लाग्ने गर्दछ । धेरै उत्कृष्ट मध्ये एउटा सर्वोत्कृट छान्नु पर्ने कारणले गर्दा अवार्ड सँधै विवादमा फस्दै आएका छन् । विवाद त हुन्छ तर कति विवाद भन्ने कुरा महत्वपूर्ण हुन्छ । २० मा १९ हुनु कुनै ठूलो विषय हैन । तर २० मा २० नै गलत हुनु चाहिँ अत्यन्तै लज्जास्पद र अवार्ड आयोजना प्रतिको विश्वासलाई कुल्चिनु हो । नेपालको सन्दर्भमा भन्नुपर्दा खेरी यहाँ जति अवार्डहरु आयोजना भएका छन्, ति सबै काम चलाउका हिसाबका मात्रै अवार्ड आयोजना भइरहेका छन् । हाम्रो अवार्ड आयोजना पनि एउटा प्रक्रिया र निरन्तरता मात्र हो । किनभने हामीकाहा अगि मैले अगाडी भने जस्तो सिनेमा बन्छन्, त्यस्तै कलाकार हुन्छन्, जस्तो कलाकार हुन्छन्, त्यस्तै अवार्ड आयोजना गर्दै आएका छौँ । कलाकार भन्दा माथि अवार्ड आयोजना कहिले पनि हुन सक्दैन । समग्रमा भन्नुपर्दा खेरी हिन्दी चलचित्रले हलिउडको कपी गरिरहेको छ, नेपाली चलचित्रले पनि बलिवुड र कोरियन, मद«रासी चलचित्रको कपी गरिरहेको पाहिन्छ । मौलिक चलचित्रको एकदमै कमी पनि भइरहेको छ । बने पनि मरे चल्दैन । चलचित्र नै कपी माथि कपी बनिसकेपछि अवार्ड आयोजनाहरु तपाईँले भने जस्तो नेपालीपन बोकेका, निस्पक्ष पारदर्शी हुने कुरै भएन । जति अवार्ड बनेका छन्, काम चलाउ, रहर पुरा गर्ने र गरिस् भन्दा गरेँ भन्ने खालका मात्र छन् । त्यस्तो महत्व राख्ने, इतिहास राख्ने गजवका एवार्ड आयोजनाहरु नेपालमा छैन भन्दा पनि हुन्छ ।
उसो भने नेपालमा फिल्म अवार्डको महत्व देख्नु हुन्न ?
जुनसुकै पेशा र क्षेत्रको आ–आफ्नै महत्व हुन्छ । नेपाली चलचित्रको आफ्नै महत्व बोकेको छ, नेपाली कलाकार, गीतंगीतको राष्ट्रिय अन्तर्राष्ट्रिय आफ्नै किसिमको महत्व राख्दछन् । जब सम्म यि पेशाहरुको महत्व र इज्जत रहन्छ, तबसम्म हामीले गर्ने अवार्डहरुको महत्व पनि आ–आफ्नै प्रकारको हुन्छ तर तपाइले भने जस्तो इतिहास राख्ने एवार्ड आयोजना छ भने एक मात्र एवार्ड आयोजना हा नेशनल बक्स अफिस फिल्म फियर अवार्ड आयोजना हो जस्ले पटक पटक बिस्व क्रितिमान कायम गरेको छ ।

नेशनल बक्स अफिस फिल्म फेयर अवार्डको बजारमा कतिको महत्व देख्नुहुन्छ ?

यदि महत्व र प्रभाव नभएको भए एक संस्करणबाट अर्को संस्करण नै निरन्तरता पाउने थिएन । एउटा अवार्ड आयोजना गर्न स्वदेशमा कम्तिमा पनि २० लाख रुपैँया र विदेशमा ३ करोडसम्म राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डले लगानी गर्दै आइरहेको छ । अहिलेसम्म राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डले एक संस्करण मात्र दशरथ रंगशालामा आयोजना गरेको छ भने सबै अवार्डमा आयोजनाहरु अन्तर्राष्ट्रिय बजारमा नियमित गर्दै आइरहेको छ । म संस्थापनदेखि अहिलेसम्म यस अवार्ड आयोजनाको अध्यक्षता ग्रहण गरेको हिासबले भन्नुपर्दा खेरी राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड पूर्ण आकार बोकेको एउटा बलियो अवार्ड आयोजना हो । यसमा चलचित्रका पोस्टर बनाउने देखि लिएर लाईफटाईम अवार्ड सम्म जोड्दा कुल ४३ विधा समेटिएको हुन्छ । उपत्यका बाहिर बजारबाट बनेका, भाषाभाषी बाट बनेका, विदेशबाट बनेका र राष्ट्रिय स्तरबाट बनेका सम्पूर्ण चलचित्रहरुलाई एक वर्ष लगाएर खोजी खोजी दर्ता प्रक्रियामा ल्याई महोत्सव आयोजना गरेर सार्वधिक सबै भन्दा बढी विधा र जिम्मेवार जुरी राखी निरन्तर फिल्म एवार्ड आयोजना गर्दै आएको कारण मैले भन्नुपर्दा पनि आम चलचित्रकर्मीको सहभागिताले के भन्छ भने राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डको नेपालमा आफ्नै अस्तित्व र इतिहास बोकेको छ । यस अवार्डले विश्वमै पहिलो पटक समुन्द्र मुनि, समुन्द्र माथि विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर, उडिरहेको हवाइजहाजमा सफलतापूर्वक एवार्ड आयोजना गरेर गिनिज बुक अफ द वल्र्ड रेकर्ड समेत कायम गरेको हुनाले राष्ट्रमा मात्र हैन, अन्तर्राष्ट्रिय बजारमा पनि राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डको आफ्नै महत्व राखेको छ ।

अन्य फिल्म अवार्ड आयोजनालाई चाहिँ तपार्इँले कसरी मुल्यांकन गरिरहनु भएको छ?

मैले आफ्नो आयोजनालाई मात्र के सही के गलत भन्न सक्छु । अरु संस्थाले गरिरहेको अवार्ड आयोजनालाई मैले प्रश्न गर्न मिल्दैन । तर म नेपाल इभेन्ट अर्गनाइजेशन एसोसिएसनको अध्यक्ष भएको र सम्पूर्ण इभेन्ट आयोजक संस्थाको म अभिभावक भएको हुनाले के भन्छु भने नेपालमा फिल्म एवार्डको मात्र हैन, कुनै पनि कार्यक्रम आयोजनाहरु दुःख सुखले मात्र चलिरहेका कार्यक्रम आयोजना हुन् । मैले माथि नै भनिसकेँ, नेपालमा जति कार्यक्रम आयोजना भइरहेका छन्, ति सबै काम चलाउ देखिन्छन् । कुनै पनि कार्यक्रम आयोजनाहरु प्रभावकारी देखिँदैनन् । कुनै पनि कार्यक्रम आयोजकले आपूmलाई जिम्मेवारी व्यवसायिक रुपमा अगाडी बढाउन सकिरहेका छैनन् । यस कारण पनि हाम्रा जति इभेन्ट भइरहेका छन्, लथालिङ्ग र भताभुङ्ग देख्छु । मेले गर्दै आइरहेका पनि व्यवस्थित छैनन् । आम जनताको प्रत्यक्ष सरोकार राख्ने र सिधै आँखामा पुग्ने इभेन्ट आयोजनालाई न त राज्यले हेर्न सक्छ, न त राज्यले कुनै खाका बनाइदिएको छ, देशमा यति धेरै उद्योग व्यापार व्यवसायीहरु संचालनमा आएका छन्, न त ति व्यापार र उद्योगले पत्याउँछ । यस कारण जब सम्म राज्य र उद्योगले इभेन्ट आयोजनाहरुलाई गम्भिरताका साथ हेर्न सक्दैन र इभेन्ट आयोजकहरु पनि कानूनी रुपमा बलियो भई आपूmलाई प्रभावकारी रुपमा प्रस्तुत गर्न सक्दैनन्, तब सम्म नेपालका इभेन्टहरु काम चलाउ मात्र हुनेछन्, असफल हुनेछन् । होलान् व्यक्ति सफल, तर संस्था र क्षेत्र सफल भएर कहिले पनि अघि बढ्न सक्दैन भन्ने मेरो अनुमान रहेको छ ।

नेपालमा अवार्डहरु विक्री वितरण भएर पनि प्रभावकारी नभएको हो कि ?

हाम्रो जति इभेन्ट आयोजना गछौँ, त्यहाँ कहिल्यै म पैसा दिनछु, मलाई एवार्ड दे भनेर आजको मितिसम्म कोही पनि आएका छैनन् । अवार्ड विक्री हुन्छ भनेर सुन्दै आइरहेको कुरा जगजहारी छ । अघि मैले भनेजस्तो जबसम्म जरैदेखि इभेन्टहरु बलियो हुँदैनन्, राज्य र उद्योगले पत्याउँदैन र आम जनताले सो स्फुर्तीका साथ सहभागिता जनाउँदैनन्, महत्व राख्दैनन्, तब सम्म यस्ता आरोप र विक्रीवितरणका चलखेलको अन्त्य हुँदैन । नेपालमा आर्थिक रुपले जुन कार्यक्रम बलियो छैन, त्यो कार्यक्रमले यस्तै आरोप खेप्दै आउनु पर्छ । जुन संस्थाले भोलीको भविष्य हेर्दैन, त्यो संस्थाले तपाईँले भनेजस्तो अवार्ड विक्री गर्दै पनि आएका छन् । जब अवार्ड विक्री हुन्छ, तब विश्वास टुट्दै जान्छ । जब विश्वास टुट्छ, अवार्ड आपैmँ बन्द हुन्छ । नेपालमा भएकै यही हो । जुन अवार्डहरु विक्री भए, पैसा लिएर बेचिएका थिए, आफन्तलाई दिइएका थिए, ति अवार्डहरु बन्द हुँदै गइरहेका छन् । जुन अवार्ड विक्री हुँदैनन्, आफ्नो उद्देश्य र स्वाभिमानमा प्रतिबद्धता छन्, ति अवार्डहरु निरन्तर चल्दै आइरहेका छन् ।

तपाईँका अवार्ड पनि विक्री हुन्छन् होला नि ?

अघि मैले भनेँ नि, आज सम्म हामीकहाँ त्यस्तो गुनासो आएका छैनन् । अपवादमा आएका केही चलचित्रकर्मीहरुलाई प्रेस रिलिज सहित अवार्डबाट निकालिदिएकोले अहिले त्यस्तो हामीकहाँ आउँदैनन् । हाम्रो संस्था आपैmँमा आत्मनिर्भर संस्था हो । यस संस्थाले नियपमत रुपमा पत्रपत्रिका प्रकाशन, टेलिभिजन प्रशरण, अवार्ड मात्र हैन फुटबल, साईकलिङ्ग, सामाजिक कार्यहरु थुप्रे गर्दै आइरहेको विशुद्ध मुनाफारहित संस्था भएको हुनाले पैसा आर्जन गर्ने अन्य थुप्रे बाटाहरु छन् । यहाँ पत्रिका पढेको, विज्ञापन गरेको, वार्षिक सदस्यता नविकरण, आजिवन सदस्यता समेत पैसा तिन नसकिरहेका हरुले अवार्ड कसरी किन्छन् रु तपाईँ आपैmँ भन्नुस् । यदि हामीले अवार्ड तपाईँले भनेजस्तो विक्री वितरण र आफ्ना नातावादलाई दिँदै आएको भएकाले यति लामो संस्करणसम्म अवश्य आउने थिएनौँ । हाम्रो अन्त्य दुई चार संस्करणमै भइ सक्थ्यो । यसकारण तपाईँ ढुक्क हुनुस् र म गर्वका साथ भन्छु फिफा पछि विक्री वितरण नहुने एउटा मात्र अवार्ड आयोजना हो नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?

अब हामी मुलुकको जस्तो सुकै परिस्थिति सिर्जना भए तापनि यसलाई सहँदै सहजिकरण गर्दै नियमित रुपमा फिल्म फेयर अवार्ड मात्र हैन, स्पोर्टस्, सामाजिक, टेलिफिल्म, सर्टफिल्म, विविध अवार्ड आयोजना गरी वार्षिक रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नौ ओटा इभेन्टहरु निरन्तर गर्दै आइरुहेका छौँ । हाम्रो संस्थाले एवार्ड आयोजना सँगै पत्रपत्रिका प्रकाशन, टेलिभिजन प्रशारण, सामाजिक कार्यलाई सशक्त जोड दिँदै आएका छौँ । अवार्डलाई दिन प्रतिदिध परिस्कृत र परिमार्जित गर्दै हिजो भन्दा आज आज भन्दा भोली व्यवस्थित, सम्मानित, मर्यादित र व्यवसायिक रुपमा बलियो बनाउँदै लाँदै छौँ । नेपालमा एउटा मात्रै अवार्ड आयोजना हो जुन अवार्ड आयोजनामा प्रत्येक विजेतो नगद धनराशी सहित एवार्ड पाउने गर्दछन् । यस कारण पनि हाम्रो अवार्ड आयोजनाहरु दिन प्रतिदिन हामीले भनेजस्तो र हामीले परिकल्पना गरेजस्तो नभए तापनि कोशिस भने निरन्तर जारी राखेका छौँ । एउटा चलचित्र बनेसम्म, एउटा गीत संगीत बनेसम्म पनि बक्स अफिसले निरन्तर अवार्ड आयोजना गर्दै छ । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा अवार्ड मात्र आयोजना नगरी नेशको कला संस्केतिलाई पनि गहकिलो रुपमा प्रस्तुत गर्दै जाने छौँ । अवार्ड आयोजना मात्र बलियो भएर हुँदैन, यो संग जोडिएका कलाकार, प्राविधिक पनि सशक्त रुपमा आत्मनिर्भर हुन सक्यो र राज्य र यहाँका उद्यमीहरुले यस्ता इभेन्ट हरुलाई महत्व दिन सक्यो भने राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड मात्र हैन अन्य अवार्ड पनि बलियो हुँदै जाने मेरो विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *