काठमाडौ : बक्स अफिसले आज नेसनल बक्स अफिस तिज म्युजिक अवार्डको फस्ट लुक सार्बजनिक गरेको छ। बक्स अफिस इन्टरनेसनल ग्रुपले महिलाहरुको महान पर्व हरितालिका तिजको अबसर पारेर आगामी भाद्र १५ गते उत्कृष्ट १० मनोनयन र ग्राइन्ड फाइनल भाद्र १९ गते शनिबार नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड सम्पन्न गर्ने भएको छ । २२ बिधामा तिज गितका बिजेताहरुले आकर्षक टर्फिको साथमा १,११,११ रुपैयाँको भवितव्य चेक सहित सम्मानित हुने भएका छ्न।
