received_1707155610143262.jpeg

काठमाडौ : फागुन ३ सनिवार राजधानीको बासबारी खेलमैदानमा नजिकदै गएको नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड रसीया संस्करणको प्रमोसन फुटबलको नियमित खेलहरु संचालन सम्पन्न भएको छ।
हरेक सनिवार अपरान्ह तीन बजे बक्स अफिस इनटरनेस्नल ग्रुपले नियमितरूपमा विभिन्न स्थानहरुमा भस्टचार बिरुद हाम्रो गोल,आपसी भाइचारा मेलमिलाप कायम गरौ ,बिदेश घुम्ने गरौं तर मेहेनत ,कर्म आफनै देशमा गरौ र गित संगित र सिनेमालाइ जनजको मन मनमा स्थापित गरौ भन्ने नारासहित गाउँ ,शहर देश बिदेश ब्युताउन यो प्रकारको खेल आयोजना गर्दै आइरहेको हो।

तीन गतेको रमाइलो सनिवार रमाइलो फुटबल प्रतियोगितामा संगितकार बिकास चौधरीले संचालनमा ल्याएको मिरा रेकर्डिङ स्टुडियो धोबिधारा काठमाडौ VS गितकार तथा एरेन्जर राजेश श्रेष्ठले संचालन गरेको म्युजिक पार्क रेकर्डिङ स्टुडियो पुतली सडक काठमाडौ बिच रमाइलो मैत्रीपुर्ण फुटबल सम्पन्न भएको छ।
मिरा रेकर्डिङ स्टिडियो धोबिधार Vs म्युजिक पार्क रेकर्डिङ पुतली सडक स्टुडियो बिच सनिवारको खेल आयोजना पनि भब्यताको साथ मैत्रीपुर्ण नाम जस्तै खेलपनी रमाइलो गरि मैत्रीपुर्णनै जसरी सम्पन्न भएको छ । उक्त प्रतियोगिता मा मिरा रेकर्डिङ स्टुडियो तथा म्युजिक पार्क रेकर्डिङ स्टुडियोले पेलान्टी खेल तथा निधारित समयमा खेलाएको दुवै खेलमा संयोग बस तीन तीन गोलको बराबरको नतिजा हासिल गर्दै खेललाइ साच्चिकै मैत्रीपुर्ण बनाएका थिए ।
निधारित ९० मिनेट खेलाइएको खेलमा मिरा रेकर्डिङ स्टुडियो को लागि संचालक तथा संगितकार बिकास चौधरीले टोलिको अध्यक्षता गर्नु भएको थियो भन्ने म्युजिक पार्क रेकर्डिङ स्टुडियोबाट संचालन तथा गितकार राजेश श्रेष्ठले टोलिको अध्यक्षता गरेका थिए । प्रतियोगितालाई २ गते शुक्रबार देखि अलनेपाल रिलिज भएको नेपाली कथानक चलचित्र लभ डाइरिजले मुख्य प्रयोजन गरेको थियो। आगामी साता रिलिज हुने दिपेन्द्र के खनालको चलचित्र आमा र चैत २८ गते रिलिज हुने सन्तोष सेनको चलचित्र प्रेम गित २ र उक्त मितिमै रिलिज हुने अर्जुन कुमारको चलचित्र चपली हाइट ३ ले थप प्रयोजन गर्दै आएको उक्त रमाइलो फुटबल प्रतियोगिताको अबसरमा विभिन्न खेल प्रेमी कलाकारहरुले गतहप्ता जस्तै यो हप्तापनि उत्साहजनक सहभागी जनाएको थिए।
सहभागी खेलाडीहरुलाइ सिल्ड तथा प्रमाणपत्र बितरन आयोजक संस्थाका अध्यक्ष आरके सुवेदीले प्रमाणपत्र तथा पुरुषकार बितरन गर्नुभएको थियो । सनिवारको कार्यक्रम टिम प्रमुख मिरा रेकर्डिङ स्टुडियोका बिकास चौधरी ,म्युजिक पार्क स्टुडियोको राजेश श्रेष्ठले तथा खेल प्रयोजक लभ डाइरिजका निर्माता निर्देशक सौरभ चौधरी ,साहिल खान ,फेक फ्रेन्ड का निर्माता निर्देशक भिम लामा तथा गायिका तथा कफि सफ दरबार मार्गको प्रमुख सरु थापालाइ मायाको चिनो सहित सम्मान गरिएको थियो।
खेल सफल पार्न प्रतियोगिताको जर्सी तथा खेलको मुख्य अन्य प्रायोजकहरुमा गायिका तथा समाजसेवी सरु थापाले संचालन गरेको कफि सप दरवारमार्ग काठमाडौ तथा इटहरी बाट निर्माण भएको भिम लामाको रिलिजको तयारीमा रहेको चलचित्र फेक फ्रेन्डले गरेको थिए। हरेक सनिवार आयोजना हुने यो खेललाइ ब्यावसाहिक रूपमा पनि बलियो बनाउन विभिन्न चलचित्र,गित संगित, कम्पनी, सिनेमा हल,कार्यलय संघ संस्थाले पनि उत्साहित हुँदै नियमित प्रयोजन बडाउदै लगेको छन भने खेलको महत्त्व र प्रचार प्रसारमा विभिन्न संचार कर्मिहरुले साथ दिदै आएको छ्न । आपसी भाइचारा ,मेलमिलाप तथा खेलकुदको माध्यमबाट पनि जन जनको मनमनमा नेपाली चलचित्र ,गित संगितमा लागेका प्राविधिक कलाकारहरुको प्रचार प्रसार पुर्याउन आगामी सनिवार पनि विभिन्न चरणको खेलहरु निरन्तर संचालन हुने बक्स अफिसका अध्यक्ष आर के सुबेदीले खेल सम्पन्न पछीको नियमित पत्रकार सम्मेलनमा बताए । आगामी सनिवार सम्पादक तथा म्युजिक भिडियो निर्देसक प्रेम शर्माले संचालन गरेको कोचे नेपाल बागबजार काठमाडौ vs कलाकार बिजेन्द्र नौबागेले हालै निर्माण गरि सार्बजनिक गरेको स्वदेश गान म हु सुन्दर नेपाल म्युजिक भिडियोका कलाकारको टोलिले पोहिलो खेल खेल खेल्न्ने भएको छन । उक्त दिन रिलिजको संघारमा रहेका विभिन्न चलचित्र , म्युजिक भिडियो, कम्पनी , रेकर्डिङ स्टुडियो ,कल्चर ग्रुपको पनि आबेदन परेको हुनाले अन्य खेल आयोजना हुने कार्यक्रम रहेको छ। यो प्रतियोगिता बर्सेनि नियमित संचालन हुन्छ भन्ने एक सिजनमा सयौं खेलहरु संचालन हुँदै आएको छ्न। इच्छुकले सहभागी जनाउन शुक्रबार सांझसम्म आयोजक बक्स अफिस इन्टरनेसनल ग्रुप संग सम्पर्क गरेर टोलि तथा इच्छुक बेक्तिले आबेदन दिने बेवस्था गरिएको छ । बर्सेनि गाउँ,सहर र बिदेशी भुमिमा आयोजना हुँदै आएको यो प्रतियोगितामा गत बर्ष एक हजार १३ जना कलाकर्मिले सहभागी जनाउनु भएको क्लबले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *