mg_0193-878299234

काठमाडौं– नयाँ निर्मात्री आश्मा पाण्डे र चेतन पाण्डेको चलचित्र ब्ल्याक टोलीले आफ्नो चलचित्र विना बाधा अवरोध तोकिएकै मितिमा सफलतापूर्वक छायांकन सम्पन्न भएको खुशीयालीमा सोमबार मनकामना मन्दिर पुगेर पूजा–आरधना गरेको छ ।
प्रसिद्ध धार्मिक स्थम मनकामना मन्दिरमा नायिका आँचल शर्माले बाल्यकालमा आफू मनकामना आएपनि ठूलो र बुझ्ने भएपछि भने यो पटक मात्रै मनकामना पुगेको बताइन् ।

उनले आफ्नो महत्वकांक्षी चलचित्र ब्ल्याकको राम्रो रेस्पोन्स हुँदै गएको र बक्स अफिसमा पनि दर्शकले रुचाउनेमा आफू ढुक्क रहेको बताइन् । लामो समयपछि चलचित्रमा कमब्याक गरेका निर्देशक प्रदीप श्रेष्ठले धार्मिक, परम्परागत, आफ्नो पूजा गर्नै साइत नजुरे तापनि ब्ल्याकको प्रचार प्रसारमा कुनै कमी नआओस् भनेर आफू युनिटसँग मनकामना मन्दिर पुगेको बताए ।

उनले चलचित्र पछिल्लो समय बनिरहेका चलचित्र भन्दा आफ्नो चलचित्र मानव जीवनमा आइपर्ने प्रेम, रोमान्स र यथार्थलाई चित्रण गरेको चलचित्र दर्शकको रोजाइमा पर्ने दाबी गरे ।
त्यसैगरी निर्माता चेतन पाण्डेले आफू रियल स्टेट व्यापारमा लागे पनि जीवन संगीनीको चलचित्र रुचीलाई पूर्णता दिन चलचित्र निर्माणमा होमिएको बताए । आफू नयाँ निर्माता भए पनि चलचित्र भने पुराना र अनुभवी निर्माताको भन्दा कुनै कमी हुन नदिएको बताए । त्यसैगरी प्रस्तुतकर्ता आश्मा पाण्डेले आफ्नो चलचित्र ब्ल्याक विना वाधा अवरोध सफलतापूर्वक छायांकन सकिएको उपलक्षयमा आफू प्रसिद्ध मनकामना मन्दिरमा टोली लिएको बताए ।

चलचत्रि आउँदो भदौ १ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘ब्ल्याक’ को ट्रेलर सार्वजनिक भएको छ । नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको मुख्य भुमिका रहेको यस चलचित्रको सार्वजनिक ट्रेलरमा यी दुई बिचको माया प्रेम, झगडा र वियोगलाई देखाइएको छ भने नायक आयुष रिजाललाई भने भिलेनको रुपमा देख्न सकिन्छ ।

आश्मा पाण्डको निर्माण तथा प्रदिप श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र ‘ब्ल्याक’को लेखन भने मौनता श्रेष्ठको रहेको छ । महेश खड्काको संगीत , रामजी लामिछानेको कोरियोग्राफी छ, रामशरण उप्रेतीको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको ट्रेलर अघि चलचित्रको निर्माण टिमले २ गीत सार्वजनिक गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *