received_238877044562515.jpeg

काठमाडौ :आज राजधानिको कमलपोखरी स्थित बिग मुभिजमा सिनेमा हलमा म्युजिक भिडियो मान्छेको भिडियो सार्बजनिक कार्यक्रम सम्पन्न भएको छ। सधै युटुव र टेलिभिजनमा हेर्दै आएको म्युजिक भिडियो आज अचानक ठूलो पर्दामा हेर्दा छुट्टै महसुस भएको उपस्थित पाहुना हरुले बताए ।आजको मान्छेको विशेष लोकार्पण कार्यक्रममा अन्य तिनवटा म्युजिक भिडियो सार्बजनिक गरिएतापनी बरिस्ट अभिनेता तथा कुसल क्याप्टेन विजय लामा,बरिस्ठ गितकार काली प्रसाद रिजाल ,संगितकार राजु सिंह विशेष आकर्षक बनेका थिए। पछिल्लो पटक जीवन शाहीले निर्देशन गरेको मान्छेको लोकार्पण कार्यक्रममा म्युजिक कर्मि,सर्जक्,कलाकार र मिडियाकर्मीहरुकोको बाक्लो उपस्थित थियो । मान्छे म्युजिक भिडियोको लोकार्पण कार्यक्रममा भिडियो हेरेपछि सबैले समय सन्दर्भिक र मान्छेले मान्छे चिन्न न सकिरहेको अवास्थामा मान्छे म्युजिक भिडियो फरक ,भिन्न र उत्कृष्ट लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *