FB_IMG_1582257743314.jpg

बक्स अफिस : गित संगितको चहलपहल तिब्र हुँदै जादा आधा दर्जन चलचित्रमा नायकको भुमिका निर्वाह गरेका अभिनेता राज क्षितित गायकको रुपमा पनि देखिएका छन् । ‘लाहुरे’ बोलको लोकगीत मार्फत उनी गायकको रुपमा देखिएका हुन् । गीतमा राजलाई गायिका ज्योती मगरले साथ दिएकी छन् ।

बिहिबार राजधानीको बागबजारस्थित हेल्लो क्याफेमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको छ । कार्यक्रममा लोकदोहोरी गायक नवराज घोरासैनी, कलाकार उत्तम केसी, चलचित्र निर्देशक मदन घिमिरे लगायत थुप्रै सस्टाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गीतको भिडियो समेत देखाइएको थियो । भिडियोमा गायक राजको अलवा रिचा थापा, बुद्ध श्रेष्ठ, भुपाल कार्की, प्रज्ञासी थापा, सृजना मैनाली, सुरेश राय यादव, अस्मिता कार्की र बालकलाकार आयान पौडेल र उत्कृष्ट सोनामलगायतको अभिनय रहेको छ ।

गायक राजकै शब्द रहेको गीतमा लय नविन रावलको रहेको छ । विदेशमा रहेको श्रीमान् छोडेर अर्काे केटासँग मोजमस्ती गर्ने केटीको कथा बुनेको भिडियाले समाज युवापुस्तामाझ छाएको विकृती र बिसङ्गतीमा पनि तिखो प्रहार गरेको छ ।

भिडियोमा सागर गौतमको छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ । गीतको भिडियो उत्तम वाइवा लामाले निर्देशन गरेका हुन् । लाहुरे म्युजिक भिडियो सार्बजनिक गरेपछि यश बाट आएको प्रतिक्रिया बाटा युनिट उत्साहित भएको छ। लाहुरे युनिटले आफ्नो गीति संग्रह व्यापक बनाउन आगामी सनिवार बक्स अफिसले नियमित संचालन गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *