नेपालको “क” वर्गको पर्यटन जिल्ला दोलखा भिमेश्वर नगरपालिका वोडा न. ७ मा नेपाली चलचित्र क्षेत्रकै तथा विश्वमै पोहिलो पटक आम कलाकर्मिको आफ्नै फिल्मी रंगशाला तथा सम्पुर्ण एतिहांसिक गतिविधि समेटिएको संग्रहालय निर्माण कार्य पाराम्भ भएको छ । बक्स अफिस इन्टरनेसनल ग्रुप र ग्लोबल एक्टर्स फ्रेडेसन (विश्व कलाकार माहासंघ) ले संयुक्तरूपमा निर्माण गर्न लागेको देशकै गौरव बोकेको फिल्मि रंगशाला तथा एतिहांसिक संग्रहालयको लागी हाल अमेरिका अध्यापन गर्दै आउनुभएका श्री नवराज सुवेदी द्वारा फिल्म रंगशाला भित्र निर्माण गरिन्ने ३०१ कोठा मध्य १ कोठाको सौजन्य गर्ने र उक्त एतिहासीक संग्रहालय तथा फिल्म जगतको एक मात्रै रंगशाला निर्माण सम्पन्नको कामना गर्दै रंगशाला भित्र रहन्ने एउटा कोठा निर्माणको लागि आफ्नो टिमको तर्फबाट रु.४,९९,९९९ नेपाली रकम सहयोग जुटाउन्ने वचन बदता गर्नुभएको छ । विगतमा थुप्रै विश्वविद्यालयमा अध्यापन गराएको सुवेदि राष्ट्रिय पुँजीपति निर्माण थर्न एकमात्र पुँजीबजारलाई राष्ट्रिय एंव अन्तराष्ट्रियस्तरको आफ्नै नेतृत्वमा सफल बनाएको अर्थविज्ञ एवं सेयर विज्ञ तथा विभिन्न सामाजिक संघ संस्था मार्फत समाजसेवामा बाल्यकाल देखि नै सक्रिय नवराज सुवेदि छिटै स्वदेश फर्केर आफुले आर्जन गरेका ज्ञान, सीप र अनुभव देश निर्माणमा खर्चिने उसाहित सुवेदिले राष्ट्रको गौरव यस संग्रलायमा सहयोग गर्न पाउदा आफूलाई गौरव लगेको बताउँछन । हाल निर्माण अभियान सुरु गरिएको र रंगशालाको प्याराफिट त्याहाँ भित्र निर्माण गरिन्ने संरचनाको निर्माणको तयारी सुरु भएकोले थप आर्थिक सहयोग चाहिन्ने भएकाले मनकारी सहयोगी दातासंग सहयोगको अपेक्षा राखेको छ । विश्वको जुनसुकै स्थान बाट पनी सिधै बक्स अफिस इन्टरनेसनल ग्रुपको ग्लोबल आइ.एमइ अनामनगर काठमाडांैको बैंक खाता न.3901010000505 मा सकारात्मक सहयोग आउने कुरामा बक्स अफिस इन्टरनेसनल ग्रुप र ग्लोबल एक्ट्रस फ्रेडेरेसन परिवार विश्वस्त रहेको छ । सकारात्मक सोचका धनी नेपाल, नेपाली र आफ्नो भूमीलाई माया गर्ने शियर बजार दुनियाँको विज्ञ, समाजसेवी नवराज सुवेदी ज्यूलाई हृदय देखी नै समस्त कला, साहित्य, गित, संगित र खेलकुद समस्त सुन्दर भूमी दोलखा जिलाको तर्फ बाट विशेष धन्यवाद तथा आभार प्रकट गर्दछौं । भविष्यका दिनहरुमा पनि यस एतिहासिक रंगशाला तथा संग्रहालयको निर्माण अभियानमा जसरी विदेशि भूमीमा बसेर निस्वर्थ सहयोग र सद्भाव राख्नुभएको छ, त्यसै गरि राष्ट्र निर्माणमा पनि उतिकै योगदान निरन्तरता पाउने गहिरो विश्वस गर्दै तपाईको सु–स्वास्थ्य दिर्घ जिवनको कामना गर्दछौं ।
राम बाहादुर सुवेदी (आर के)
कार्यकारी अध्यक्ष
एतिहासिक फिल्म रंगशाला तथा संग्रहालय ।
