IMG_20210213_175217.jpg

आज सम्पन्न भएको राष्ट्रिय चलचित्र पत्रकार संघ र म्युजिक भिडियो मान्छे को मैत्रीपूर्ण फुटबलप्रतियोगिता रोचक बन्यो । कार्यक्रममा प्रमुख अथितिले पांच आना जग्गा दान गरेर झने रोचक बनाएको छ्न। सनिवार राजधानीमा एक कार्यक्रम आयोजना बिच राष्ट्रिय चलचित्र पत्रकार संघ र रिलिजको संघारमा रहेको मान्छे म्युजिक भिडियो कलाकर्मिको बिच मैत्रीपुर्ण रमाइलो फुटबल कार्यक्रम सम्पन्न भएको छ । बास्केटबल फुटबल ग्राउन्ड बुढानिलकण्ठ दहचोक्मा अपरान्ह दुई बजे सुरु भएको रमाइलो खेलमा राष्ट्रिय चलचित्र पत्रकार संघको फितलो प्रस्तुतिको फाइदा उठाउदै मान्छे म्युजिक भिडियो टिमले गोलको भारी बर्षा गरेपनी दोर्सो खेलमा भन्ने राष्ट्रिय चलचित्र पत्रकार संघले खेल सुधार गर्दै खेल बराबरीमा रोकेको थियो । दोर्सो चरणको प्लेन्टी सुट आउटमा भन्ने पोहिलो खेलमा ससक्त प्रस्तुति दिएको मान्छे म्युजिक भिडियो टिम पेलान्टी सुट आउटको सडनडेथमा भन्ने पराजित भएको थियो।
बक्स अफिस इनटरनेसनल ग्रुपले बिगत डेड दसक देखि हरेक सनिवार आपासी भाइचारा,मेलमिलाप,स्वस्थ जिवनको लागि रमाइलो मैत्रीपुर्ण फुटबल आयोजनालाई निरन्तरता दिदै आएको छ । कोरोन महामारी पछि बक्स अफिसले फागुन एक गते सनिवार राजधानीमा एक कार्यक्रम आयोजना राखी खेलकुदको माध्यम बाट चलचित्र तथा गित संगितको प्रमोसन रमाइलो मैत्रीपुर्ण फुटबल आयोजना लाई पुन सुचारु गरेको हो । कोभिड १९ महामारीको कारण रोकिएको यो नियमित रमाइलो प्रतियोगिता फागुन १ गते सनिवार देखी हरेक सनिवार निरन्तरता दिन लागेको कार्यक्रम अध्यक्ष आर के सुबेदीले पुरुषकार बितरन कार्यक्रममा बताए । खेलकुदको अभियानमाबाट गित संगित र चलचित्रको प्रमोसन गर्ने उदस्यले बक्स अफिस इन्टरनेसनल ग्रुपको कोरोना महामारीको जटिल परिस्थितिमा पनि पौष १७ गते पोखरामा राष्ट्रिय कलाकार vs पर्यटन ब्याबसाही बिच खेल सप्पन्न भएको गराएर आफ्नो नियमित खेल आयोजनामा फर्केको थियो । पोखरा पछि राजधानीमा आयोजना गरेको यस प्रतियोगितामा गित संगित ,चलचित्र र संघ संस्थाको प्रमोसन निरन्तर गर्ने सुबेदिले बताए ।
गित संगित तथा फिल्मको संस्टाहरुको बाक्लो सहभागीता रहने बक्स अफिस म्युजिक प्रमोसन कप २०७७ अन्तरगत आजको खेलमा राष्ट्रिय चलचित्र पत्रकार संघ विरुद्ध छिटै सार्बजनिक हुन गइरहेको म्युजिक भिडियो मान्छे (युनिटको ) मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा निकैनै रोचक बनेको थियो ।
समसामयिक विशेष उठान गरेको रिलिजको संघरमा रहेको जीवन साहीले निर्देशन गरेको मान्छे म्युजिक भिडियो टिमकको कप्तानी बरिस्ठ क्याप्टेन तथा मुख्य अभिनेता बिजय लामाले समाल्न्नु भएको थियो । लामाको कप्तानिमा मान्छे म्युजिक भिडियो युनिटमा जीवन साही ,किरण कंडेल ,काली प्रसाद रिजाल ,अमुल्य राना,मनोज वली ,आशिष प्याकुरेल ,रमेश कंडेल ,साजन लामा,रिकेस गुरुङ ,रुपेन्द्र खड्का ,बिनोद डंगाल आदिले उत्कट सहभागीता जनाएका थिए। तेसैगरी राष्ट्रिय चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष आर के सुबेदीको कप्तानिमा पुराना टेलिभिजन पत्रकार कुमार बिस्ट, पत्रकार राधाकृष्ण कटुवाल ,बसन्तराज किङ लगायतको सहभागीता रहने थियो। तेसैगरी प्रतियोगितामा कलाकार सन्जय खतिवडा ,हरि चन्द्र फुयाल ,कमल खड्का ,सुरेश कुमार श्रेष्ठ ,प्रेम बहादुर श्रेष्ठ निर्देशक कुमार जिरेल ,दिनेश पौडेल, निर्माता राजेन्द्र त्रीपाटी ,दिनेश फुयाल दिपेस एसके, सुभाष श्रेष्ठ ,दिपक बिस्वकर्मा,जीवन गौतम ,गंगाराम नगरकोटी ,राम कुमार थापा ,गोबिन्द ढुगंना,राज कुमार बोगटी आदिले खेलमा आफ्नो खेल कौसल देखाएको थिए। कार्यक्रममा पुराना बरिस्ठ लोक गायक कृष्ण बस्नेतको प्रमुख आथित्य तथा बरिस्ठ कलाकर्मी बिजय लामाको विशिष्ट आथित्यमा सहभागी खेलाडी कलाकर्मी तथा संचारकर्मीलाई प्रमाणपत्र बितरन गरिएको थियो ।
पुरुषकार बितरन कार्यक्रममा बोल्दै विशिष्ट अथिती बिजय लामाले यस्तो कठिन र जटिल परिस्थितिमा यस्ता खालको प्रतियोगिता आयोजनाले गित संगित र चलचित्रको चलायमानठुलो मद्दत हुनुको साथै राष्ट्रिय हितमा युवा कलाकार तथा पत्रकारको ठूलो बल मिल्न्ने बताए । तेसैगरी कार्यक्रमका प्रमुख अथिती कृष्ण बस्नेतले आफुलाई कार्यक्रम अत्यन्तै रोचक र पृथक लागेको र यस्ता कार्यक्रम आयोजनाले गाउँ गाउमा ,टोल टोलमा ठूलो प्रचारप्रसार मद्दत पुग्न्ने भएकोमा आयोजक बक्स अफिस इनटरनेस्नल ग्रुपको प्रसंसा गर्नु भयो। कार्यक्रममा समाजसेवी ,बरिस्ठ स्वस्थकर्मी,गितकार,गायक तथा ग्लोबल एक्टरेस फ्रेडेसनका जेष्ठ आजिवन सदस्य कृष्ण बस्नेतले आयोजक संस्थाको भवन निर्माणको लागि चन्द्रगिरी नगरपालिका दहचोकमा रहेको ५ आना जग्गा आफुले गोल्बल एकटर्स फ्रेडेसन ( विश्व कलाकार महांस्ंघ ) तथा बक्स अफिस इन्टरनेसनल ग्रुपलाइ दान गर्ने घोषणा समेत गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *