IMG_20210213_174958.jpg

काठमाडौ :बरिस्ठ समाजसेवी , गितकार तथा पुराना लोक गायक कृष्ण बस्नेतले ग्लोबल एक्ट्रेस फ्रेड्रेसन ( विश्व कलाकार महासंघ ) को भवन निर्माणको लागी जग्गा दान गर्ने घोषणा गर्नुभएको छ। गितकार तथा समाजसेवी बस्नेतले सनिवार राजधानीमा बक्स अफिसले नियमित रूपमा स्वस्थ जीवन,आपसी भाइचारा ,मेलमिलापको लागी आयोजना गरेको एक रमाइलो म्युजिक फुटबल सार्बजनिक कार्यक्रममा राजधानीको चन्द्रगिरी नगरपालिका वडा न १ मा दहचोकमा रहेको पांच आना जग्गा हस्तान्तरण गर्ने बाचा गर्नुभएको हो । बक्स आफ्न् इन्टरनेसनल ग्रुप तथा ग्लोबल एक्ट्रेस फ्रेड्रेसन (विश्व कलाकार महासंघ ) को जेष्ठ आजिवन सदस्य समेत रहनुभएको बस्नेतले आफू यो संस्थाको नियमित गतिविधि र लोकपि्रय उदस्यले अत्यन्तै खुशी भएर अफ्नो बेक्तिगत तर्फबाट संस्थालाई स्व- इछाले संस्थाको राजधानीमा आफ्नै भवन निर्माणको लागि ५ आना जग्गा उपलब्ध गराउन्ने आफ्नो भित्री इच्छा रहेकोले जग्गा दान गरेको बताउन्नु भयो।

कार्यक्रमना बरिस्ठ पाइलेट तथा अभिनेता बिजय लामाले अहिलेको परिवेशमा ठुलो मन भएका समाजसेवी कृष्ण बस्नेतको यो एतिहासिक सहयोग संस्थाको लागी अतुलनीय रहेकोमा बस्नेतको सहयोगको उच्च सम्मान गर्नुभएको छ।

जग्गा हस्तान्तरणको घोषणा पछि संस्थाका अध्यक्ष राम बहादुर (आर के) सुबेदिले एतिहास कायम गर्ने आफ्नो संस्थाको राजधानीमा आफ्नै भवन निर्माणको लागि अभियान्ता तथा ठुला मनकारी सामाजिक अभियान्ता कृष्ण बस्नेतले संस्था प्रती देखाउनु भएको स्नेहको आफू र आफ्नो संस्थाको तर्फबाट सम्मान तथा आभार प्रकट गर्नुभएको छ। स्मरणीय रहोस् बक्स अफिस इनटरनेस्नल ग्रुप तथा गोल्बल एक्ट्रेस फ्रेड्रेसनले दोलखा भिमेस्वर नगरपालिका वडा न ७ मा आफ्नै जग्गामा करिब साडे तीन अरब लगानीमा एतिहासिक बक्स अफिस चलचित्र तथा संग्रहालयको निर्माण कार्यको थालिनी पनि आरम्भ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *