received_258119669134297.jpeg

काठमाडौ: राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘सुपर प्लस साईज मोडल नेपाल,२०२० सिजन-३’ को ताज सृष्टि उप्रेतीले पहिरिन सफल भएकी छिन । ताजसँगै उनले उपहार स्वरूप बिभिन्न गिफ्ट ह्याम्पर सहित विजेताको अवार्ड हात पारिन।

प्रतियोगितामा फर्स्ट रनर अप स्मृति अधिकारी भईन उनले रनर उपको उपाधीसंगै बिभिन्न गिफ्ट ह्याम्परहरु हात पार्न सफल भइन्।

विधागत तर्फ मस्ट फोटोजेनिक सृष्टि उप्रेती, मस्ट ईन्थुजियास्टिक रोजिना राई, मस्ट स्मार्ट कृष्णा कोइराला, मस्ट इन्टेलिजेन्ट प्रेरना राजवंशी, मस्ट भिवर्स चोईस रोजिना राई, मस्ट चार्मिङ सृष्टि उप्रेती, मस्ट ट्यालेन्ट सृष्टि उप्रेती, मस्ट कन्फिडेन्ट स्मृती अधिकारी, बेस्ट पर्सनालिटी सृजना आले मगर, अडियन्स चोईस कृष्णा कोईराला साथै पब्लिक चोईस अवार्डको निमित्त ग्लोवल अनलाईन पे मार्फत गरिएको अनलाईन भोटिङ मार्फत सर्वाधिक भोट प्राप्त गरी कृष्णा कोईरालाले पब्लिक चोईस अवार्ड जित्न सफल भईन।

यस सौन्दर्य प्रतियोगितामा प्लस साइज (मोटोपन) भएर निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको आयोजक डेविल सिंह राजपुतले जानकारी दिए ।

रोजिन शाक्यले संचालन गरेको प्रतियोगिताको प्रमुख अतिथी पूर्व सुचना तथा संचारमन्त्री माननीय सांसद श्री डा मिनेन्द्र रिजाल रहेका थिए । कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि रिजाल,कार्यक्रम आयोजक डेभिल सिंह राजपुत, विशेष अतिथि नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैधले दीप प्रज्ज्वलन गरी गरेका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलको रुपमा हिसानका केन्द्रीय उपाध्यक्ष, काठमाडौं भ्याली स्कुल एण्ड कलेजका अध्यक्ष तथा त्रिभुवन युनिभर्सिटीका सहायक प्राध्यापक डा स्वागत श्रेष्ठ, भीएस निकेतन स्कुलकी प्रधानाध्यापक श्री संगिता श्रेष्ठ, वरिष्ठ गायक सिताराम पोख्रेल र र्यापर तथा संचारकर्मी एनएसके निर्णय श्रेष्ठ रहेका थिए ।

कोरियोग्राफर रोजिन शाक्यको करिव एक महिना लामो प्रशिक्षण पश्चात प्रतियोगीहरुलाई स्टेजमा उतारिएको थियो । प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई शारारिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास, कल्चरल भिजीट र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । ‘सौन्दर्य प्रतियोगिताले अबिवाहित र पातलो शारिरीक बनावट भएकालाई मात्र स्थान दिदै आएको अवस्थामा हाम्रो उदेश्य शारिरीक रुपमा मोटा र विवाहित महिलालाई पनि मञ्च दिनु हो’,आयोजक संस्थाका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *