received_849957641844014293128355

काठमाडौं÷कुनै पनि कार्यक्रम सफलता हासिल गरिसकेपछि आयोजकले आफ्नो आम्दानी आफू बटुल्ने गरेको पाइन्छ । तर, नेपालमा यस्ता कार्यक्रमहरु आयोजना गर्ने दर्जनौं संघ संस्थाहरु क्रियाशील छन् । यस्ता संस्थाहरुको कार्यशैली प्रति दर्शक तथा सहभागीता जनाउनेहरुले अन्तिममा मन खिन्न बनाउँछन् ।

अवार्ड हात पारेपनि त्यस्ता अवार्डको औचित्य समेत देख्दैनन् । तर हालै बक्स अफिस इन्टरनेशनल ग्रुपले आयोजना गरेको नेपालमै विश्वकप नामक रमाइलो फुटबल कार्यक्रम निकै नै भव्य बन्यो । रुसमा फुटबलको माहोल गर्मागरम भइरहेका बेला नेपाली कलाकारहरुले नेपाली मैदानमै फिफा वल्र्डकपको ट्रफी चुम्दा निकै नै आनन्दको अनुभूति गरे ।

यो कार्यक्रमबाट कलाकारहरु मात्र खुशी बनेनन्, आयोजक पनि उत्ति नै खुशी र सन्तुष्ट बन्यो । जम्मा चार टोलीको मात्र सहभागिता रहेको भए पनि रुस विश्वकपको समूह चरणदेखि फाइनल पुग्दासम्मको रमाइलो जस्तै गरी चार टोलीले फुटबल खेले र उपाधि तथा मेडल समेत हात पारे । कार्यक्रमबाट कूल खर्च पाँच लाख भए पनि आम्दानी भने त्यो भन्दा बढी भएको हुँदा आयोजक सन्तुष्ट बन्नु स्वभाविक हो । यही आम्दानीलाई आयोजकले आफ्नो खल्ती भर्ने काम पनि गर्न सक्थ्यो । तर, त्यो देखिएन नाफाको केही हिस्साबाट चलचित्र क्षेत्रकै लागि सहयोग सामग्री हस्तान्तरण गरियो ।

आयोजक संस्थाका अध्यक्ष रामबहादुर सुवेदी (आर.के.)ले चलचित्र पत्रकार संघलाई एक थान कम्प्युटर प्रदान गरे । त्यसैगरी सदाका वर्ष झैँ यो वर्ष पनि एचआइभी एड्स संक्रमित वालबालिकाको सहयोगार्थ खाद्य सामग्री समेत हस्तान्तरण गरियो । सुवेदीले यसभन्दा अगाडि पनि यस्तै कार्यक्रम आयोजना गरी लामो समयदेखि विरामी रहेका कलाकार दीपक क्षेत्रीलाई पनि खाद्य सामग्री सहयोग गरेका थिए ।

त्यसैगरी कार्यक्रम आयोजना गरेको मुनाफाबाटै चलचित्र कलाकार संघलाई एक थान टेलिभिजन, निर्माता संघलाई आवश्यक पर्ने फर्निचर सामग्री, द्वन्द्व कलाकार संघलाई ६० वटा कुर्ची समेत प्रदान गरेका थिए । त्यसैगरी सुवेदीले अवार्डबाट कमाएको मुनाफाबाट भूकम्प पीडित काभ्रे चौबासका स्थानीयलाई १ सय थान कम्बल हस्तान्तरण गरेका थिए भने चौबासकै भूकम्पपीडितहरुलाई खाद्य सामग्री पनि प्रदान गरेका थिए ।

अवार्ड आयोजना पश्चात अवार्ड प्राप्त गर्ने कलाकारले वृक्षारोपण गरी हरेक कलाकारको नाममा एउटा रुख पनि मुलुकले पाउँदै आएको छ । गत शनिबार फुटबल आयोजना गरेर चलचित्र पत्रकार संघलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र संघका अध्यक्ष प्रदीप उदय, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटा, अखिल नेपाल फुटबल संघका उपाध्यक्ष तथा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर उपेन्द्रमान सिंहले आतिथ्यतामा तीन दर्जन चलचित्रकर्मीहरुलाई सम्मान तथा विजेता टोलीलाई नगद रु ५१ हजार र वल्र्डकपको ट्रफी सहित मेडल प्रदान गरिएको थियो ।

यसै शिलशिलामा कार्यक्रमबाट आएको मुनाफाबाट एन्फा मैदानमै पारदर्शी तवरले एक थान कम्प्युटर र एचआइभी पीडित बालबालिकाहरुको सहयोगार्थ खाद्यान्न सामग्री प्रदान गरिएको थियो । आयोजकले गरेको उक्त सामाजिक कार्यको प्रमुख खथिति, विशिष्ट अथिति लगायतले प्रसंशा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *