IMG_20191026_1514512.jpg

जापान : चलचित्र इतिहासमै पोहिलो पटक मलेसियामा पत्रकार सम्मेलन ,सिंगापुरमा उत्कृष्ट पांच नोमिनेसन ,जापानमा अवार्ड सार्बजनिक , अस्ट्रेलियामा समापन गरेर अर्को दुर्लभ रेकड कायम गर्न गइरहेको अन्तरगत नेसनल बक्स अफिस फिल्म फियर अवार्डका अध्यक्ष आर के सुबेदीलाइ जापान एरपोटमा स्थानीय समाजसेवी तथा ब्यापारीले स्वागत गरिएको समाचार छ। अध्यक्ष सुबेदिलाइ बिगत लामो समय देखि जापानमा बसेर ब्यापार तथा समाजसेवामा कृयासिल एभरेस्ट इन्टरनेसनल प्रालिका ओनर ग्यानेन्द्र पौडेल ,सुनिता गुरुङ तथा मान बोहराले स्वागत सम्मान गर्नु भएको हो। सुवेदी आगामी नोभेम्बर अन्तिममा जम्बो टोलिसहित जापान को अग्लो टावर टोकियो टावरमा अवार्ड आयोजना तथा जापानी नेपाली बुद्धिजिवि तथा कलाकारको मैत्रीपुर्ण आयोजनाको पुर्व तयारीमा जापान कोरिया प्रस्थान गर्नु भएको हो। आफ्नो १५ दिन्को जापान बसाइमा सुबेदिले पृथ्वी परिक्रमा नागरिक सम्मान ,स्थानीय नेपाली तथा जापानी बिच मैत्रीपूर्ण फुटबल आयोजना तथा विभिन्न सहर – बस्तिमा पुगि नेसनल बक्स अफिस फिल्म फियर अवार्डको प्रचार प्रसार सगै नेपालको झन्डा जापानका एतिहांसिक स्थान हरुमा फरफराउनु हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *