कठमाडौं: कोभिड–१९को महामारीले लामो विपतिको कारण चलचित्रको बजार शून्यतामा झरेको बेला साना पर्दाका चलचित्रले लामो फडको मार्ने मौका पाएका छन । महामारीको कारण घरमै दर्शक बस्ने भएकोले बजारमा कमेडी ट्रेनमा सिरियलहरु भाइरल भएको हुन । यो विपतको समयमा सेन्टिमेन्टल सिरियल मेरो कथाले पूर्ण रुपमा दर्शकको साथ पाएको छ । धेरै समय पछि चर्चित टेली चलचित्रको किंग तथा वरिष्ठ चलचित्रकर्मी रमेश बुढाथोकी धारावाहिक टेलिश्रृखला मेरो कथामा पूर्ण अभिनय गर्दै दर्शकको मन जित्न सफल भएका छन् । त्यसै गरि यसै सिरियलबाट बिसौ वर्ष सम्म अशक्त भएर आफ्नो जिन्दगीलाई पिंजडामा थुनिएका चलचित्र पिंजडाका निर्माता तथा कलाकार पवन मैनाली पनि यसै सिरियल मार्फत दर्शक सामु आएका छन् । हुन त यस सिरियल नाम चलेका कलाकार थुप्रेै भए पनि आफ्नो छुटै पहिचान बोकेको हिऊवाला गौतमको दर्शकलाई रुवाउने अभिनय देख्दा मन भक्कानीएर आएको दर्शकको प्रतिक्रिया छ । त्यसै गरी कला क्षेत्रमा एक छत्र राज गरेकी कमेडी कलाकार गिता नेपालले पनि उत्तीकै सशक्क्त भूमीका निर्वाह गरेकी छिन भने कमेडीमै रमाईरहेका अशोक धिताल (बाहुन डन) पनि पारिवारिक शसक्क्त रुपमा भिजेका देखिन्छन । त्यसै गरि टेली चलचित्र मेरो कथामा चर्चित डान्सर तथा नायीका रिया श्रेष्ठ, सशक्क्त खलपात्रमा उत्रेकी छिन् । सबै जनाको दमदार प्रस्तुति रहेको मेरो कथामा अन्य कलाकार जया श्री कार्की, नेवी श्री कार्की, नम्रता खरेल, गणेश दत्त देवकोटा, आयुुष दाहाल, माधव पण्डितले पनि आफ्नो भूमीका निभाउनु भएको छ भने यस सिरियललाई लेखन तथा निर्देशन प्रमुख कलाकार गिता नेपाल आफैले गरेकी हुन । लामो कलाकारीताको अनुभवबाट टेली चलचित्रमा मेरो कथाबाट गिताको निर्देशकको क्षमता पनि अबल रहेको भन्न सकिन्छ । अहिले मेरो कथालाई नेपाल टेलिभिजनले प्रसारण गरेको छ भन्ने टेलिचलचित्र मेरो कथालाई तेजुला खतिवडा र कृष्ण कार्की निर्माण गरेको छन् ।
