जापान : ग्लोबल एक्ट्रस फ्रेड्रेसन (विश्व कलाकार महासंघ) ले संसारकै अग्लो टावरमा आजिव सदस्यता बितरन कार्यक्रम सम्पन्न गरेको छ। 2012 मा बिस्वकै अग्लो टावर निर्माण गरि 2016 सम्म गिनिज बुक वर्ड रेकर्डमा नाम लेखाएको विश्व कृतिमान टोकियो स्काइ ट्री मा इति सम्वत 4/11 /2019 मा एक कार्यक्रम आयोजना गरि संस्थाले आजिवन सदस्यीय बितरन गरेको हो।

ग्लोबल एक्ट्रस फ्रेड्रेसन का केन्द्रिय अध्यक्ष आर.के सुबेदिले बिगत एक दशक भन्दा लामो समय जापान बसोबास गर्दै आउनु भएको कलाकार ज्ञानेन्द्र बाहादुर पैडेल र गायिका तथा समाजसेवी सुनिता गुरुङ लाई उक्त एतिहांसिक स्थानमा एक कार्यक्रम आयोजना गरि संस्थाको आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गर्नु भएको हो।

स्मरण रहोस् सुवेदी पनि गिनिज बुक होल्डर हुन भने छिट्टैनै,बिस्वकै सबैभन्दा ठूलो पुस्तक प्रकाशन र संसार भरी सबैभन्दा धेरै कार्यक्रम आयोजना गरि अर्को बिस्वकृतिमान राख्न्ने अभियानमा लागेको छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *