received_856470061192772661382590

राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डको ट्रफी सार्वजनिक गरेको छ ।गाउँ–शहरहुँदै विदेशसम्मका सर्जकले सहभागीता जनाउँदै छ्न।
गत असार मसान्तदेखि यो असार मसान्तसम्म सार्बजनिक भएका राष्ट्रिय गीत, धार्मिक गीत, चलचित्र, लोक दोहोरी, आधुनिक, पप, भाषिक, प्रवास, मोफसलका विभिन्न गीत संगीतहरुलाई छनोट गरी आयोजना हुन लागेको राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डको तयारी तीब्र भइरहेको छ । आगामी असोजको पहिलो हप्ता विदेशी भूमिमा हुने फाइनल अवार्डका लागि आयोजकले आफूलाई उपयुक्त हुने विधामा जुनसुकै तह, तप्का र क्षेत्रका सर्जकहरुलाई सहभागीता जनाउन आग्रह गरेको छ । फारम अनलाइन, फेसबुक, भाइवर र पत्यक्ष भेटेर पनि भर्न सकिने आयोजकले जानकारी दिएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै आयोजकले अवार्डको लोगो सार्वजनिक गर्नुका साथै अवार्डमा बढी भन्दा बढी सर्जकको सहभागिता जनाउन आग्रह गरेको हो । नेपाल राष्ट्र बैंकका बरिष्ठ नोट डिजाइनर सुन्दर श्रेष्ठले नेशनल बक्स अफिस म्यूजिक भिडियको अवार्डको लोगो तथा अवार्डको ट्रफी निर्माण गरेका हुन् । उक्त लोगोले सांगीतिक क्षेत्रका हरेक क्षेत्रलाई समेटेको छ भने लोगोबाटै राष्ट्रियता झल्किन्छ । श्रेष्ठले यसभन्दा अगाडि पनि राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड, ग्लोबल मोसन पिक्चर्स अवार्ड, ब्लक बस्टर फिल्म अवार्ड, पृथ्वी परिक्रमा नागरिक सम्मान अवार्ड, नेफ्टा अवार्ड, डि सिने अवार्ड, इनास अवार्ड, चलचित्र विकास बोर्डले प्रदान गर्ने राष्ट्रिय अवार्ड लगायत दर्जनौं अवार्डको ट्रफी निर्माण गरिसकेका छन् ।

राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डको आयोजक संस्था बक्स अफिस इन्टरनेशनल ग्रुपले अहिले देश विदेश र मोफसलबाट फारम भर्ने काम धमाधम भइरहेको जानकारी दिएको छ । विगतका वर्षहरुझै यो अवार्डलाई विदेशी भूमिमा भव्य र सभ्य बनाउन आन्तरिक गृहकार्य तीव्र भइरहेको आयोजक संस्थाका अध्यक्ष रामबहादुर सुवेदी (आर.के.)ले बताए ।झन्डै ४६ वटा विधामा प्रदान गरिने अवार्डको फाइनल अवार्ड प्रदान भने विदेशी भूमिमा हुने अध्यक्ष सुवेदीले बताए । तर, त्यसभन्दा अगाडि भने उत्कष्ट १० र ५ गीत संगीतहरुको नोमिनेसन काठमाडौंमा छुट्टाछुट्टै भव्य कार्यक्रम गरी सार्वजनिक गरिने जानकारी दिए । उत्कृष्ट १९ एन्फा मैदानमा मैत्रीपुर्ण फुटबल राखेर सम्मान गरिने छ भने उत्कृष्ट पाँचलाई आर्मी अफिसर क्ल्बमा अवार्ड जसरी नै कार्यक्रम आयोजना गरि नोमिनेसन, मेडल वितरन गरिने उनले जानकारी दिए । गीत संगीत बजार नेपाली सांगीतिक क्षेत्रमा फराकिलो बजार नभए तापनि गीत संगीतको माध्यमबाट जो कोही पनि अछुतो रहन सकिरहेको छैन । विदेशमा बसेर मात्र किन नहोस्, त्यहाँ बस्ने नेपालीहरुले नेपाली गीत संगीत क्षेत्रमा अहं भूमिका निर्वाह गर्दै आइरहेका छन् । विदेशमै बसेर पनि गीत संगीत क्षेत्रलाई अगाडि बढाउन श्रष्टाहरु लागिरहेको भए तापनि उनीहरुको सही मूल्यांकन भएको पाइँदैन।

विदेशमै बसेर गीत संगीतको प्रवद्र्धन गर्नु निकै कठिन कार्य भएका कारण बक्स अफिस म्यूजिकभिडियो अवार्डमा प्रवास विधाबाट यसको प्रोत्साहन गर्ने कार्य भइरहेको छ । यसैगरी गीत संगीतबाट नेपालको राष्ट्रियता झल्काउन श्रष्टाहरुले निरन्तर गीत सिर्जना गरिरहेका छन् । नेपालमा राष्ट्रिय गीतहरु अन्य गीतहरुको तुलनामा अझेलमा छन् । यस्ता गीतहरुको सही मूल्यांकन हुन सकेको छैन ।

त्यसैले यस्ता राष्ट्रिय गीतको पबद्र्धनका लागि राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डले राष्ट्रिय गीतलाई पहिलो नम्बरमा राख्दै अवार्ड प्रदान गर्ने भएको छ । त्यस्तै धार्मिक क्षेत्रलाई समेटेर निर्माण गरिएका गीतको प्रवद्र्धनका लागि पनि यो अवार्डले विशेष रुपमा अवार्ड प्रदान गर्ने भएको छ । नेपाल धार्मिक सहिष्णुता रहेको मूलुक भएकै कारण यहाँ धार्मिक पर्यटन प्रवद्र्धनको सम्भावना बलियो देखिन्छ । गीत मार्फत यस्तो काम हुँदै गइरहेको सन्दर्भमा उनीहरुको सही मूल्यांकन भने भएको पाइँदैन । अब भने राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डले यो अवार्डबाट उक्त विधा समेट्दै यस क्षेत्रमा लागेका कलाकारको उचित सम्मान गर्ने भएको छ ।
त्यसैगरी मुलुक संघीयतामा गइरहेको बेला यसलाई पनि अवार्डले विशेष रुपमा समेट्ने भएकोे छ । मोफसलबाट वार्षिक रुपमा ३ सय भन्दा बढी गीत संगीतहरु बजारमा आउने गरेको पाइन्छ । मोफसलमा बनेका गीतहरुले स्थानीय क्षेत्रमा प्रभाव जमाउने भएपनि राष्ट्रिय स्तरमा उनीहरुको प्रभूत्व तथा पहुँच पुग्न सकेको देखिँदैन । गीत निकै राम्रा हुने भए पनि विविध कारणले राष्ट्रिय स्तरका गीतसँग टक्कर गर्न सकेको अवस्था देखिदैन । यही अवस्थालाई मध्यनजर गर्दैैै राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डले मोफसल विधा नै समेटेर ३२ वटा विधामा अवार्ड प्रदान गर्ने भएको छ ।
त्यस्तै अवार्डकै विधा अन्तर्गत अर्को ओझेल पर्दै गर्दै गएको महत्वपूर्ण गीत संगीत क्षेत्र भाषिक तथा जातजातीय क्षेत्र पनि हो । आफ्नो मौलिक पहिचानलाई जोगाउनुका साथै कला संस्कृतिको उत्थानका लागि विभिन्न भाषा–भाषी तथा जात–जाति केन्द्रित गीत संगीतहरुको सिर्जना पनि हुने गरेको छ । यी गीतहरुका कलाकार तथा सर्जकहरुले पनि गीत संगीतमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुने भए पनि उनीहरुको उचित मूल्यांकन हुन सकेको पाइँदैन । यस्तो अवस्थामा जातीय तथा भाषिक गीतहरुलाई समेटेर बक्स अफिस म्यूजिक भिडियो अवार्डले अवार्ड प्रदान गर्ने भएको छ । यसले जातीय तथा भाषा–भाषिका गीत सर्जकहरुका लागि पनि यो अवार्ड ऐतिहासिक हुने अपेक्षा आयोजकले लिएको छ ।
त्यस्तै अवार्ड प्रदान गरिने अर्को क्षेत्र तीजका गीत संगीत पनि अर्को हो । महिलाहरुको महान पर्व तीजमा सयौं गीत संगीत बजारमा आउने गरेका छन् । यी गीतले गाउँदेखि शहरसम्म आफ्नो प्रभुत्व जमाउनुका साथै महिलाहरुका दुःख, पीडा र वेदनालाई समेटेको हुन्छ । यस्ता गीत संगीतको प्रवद्र्धन गर्नु पनि महत्वपूर्ण पक्ष मान्दै अवार्ड आयोजकले तीजका गीतलाई पनि विभिन्न विधामा अवार्ड प्रदान गर्ने भएको छ ।
नेपाली चलचित्र, गीत संगीत यस अवार्डको अर्को महत्वपूर्ण सशक्त पाटो हुन् । सिनेमा हलसम्म दर्शक तान्न चलचित्रका गीत संगीतले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । चलचित्रको कूल लगानीको एक चौथाई गीत संगीतमा खर्च गरिन्छ । चलचित्रको मूख्य आकर्षण नै गीत र संगीत भएको हुनाले वर्षभरी निर्माण भइ प्रदर्शनमा आएका गीत संगीतमा यो अवार्डमा समावेश गरिनेछन् ।
त्यसैगरी नेपाली गीत संगीतका क्षेत्रमा पप गीत विधाको पनि छुट्टै महत्व छ । विशेषगरी युवा जमातलाई समेट्ने यो विधानमा पप र ¥याप गीत समिश्रण भएको पाइन्छ । यस्ता गीतले पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको भएपनि यस्ता गीत संगीतमा उदाउदा कलाकारहरुको भने कही कतै मूल्यांकन भएको पाइँदैन । उनीहरुमा उत्साह र उत्प्रेरणा जगाउन राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डले पप गीत क्षेत्रका विभिन्न विधामा अवार्ड प्रदान गर्ने भएको छ ।

नेपाली गीत संगीत क्षेत्रमा सबैभन्दा ठूलो बर्चस्व भने आधुनिक गीतको रहेको पाइन्छ । आधुनिक गीत सदाबहार गीत हुन् । जुन गीतहरु युवापुस्ता देखि बयस्कहरुको मुख–मुखमा झुण्डिएको हुन्छ । गत वर्ष असार देखि यो वर्षको असार मसान्तसम्म बजारमा आएको आधुनिक गीतहरुलाई समेटेर विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । जसले आधुनिक गीत संगीत क्षेत्रका श्रष्टाको उचित मुल्यांकन हुने आयोजकले अपेक्षा लिएको छ ।
गीत संगीत क्षेत्रको अर्को महत्वपूर्ण र छुटाउनै नहुने पाटो हो– लोक दोहोरी गीत । लोक दोहोरी गीतको बजारमा छुट्टै प्रभुत्व छ । जसले आम दर्शक तथा श्रोतालाई भरपूर मनोर ञ्जन प्रदान पनि गरिरहेको हुन्छ । गाउँ–गाउँदेखि देश विदेशसम्म नपाली लोक दोहोरी गीतको बजार विस्तार भएको अवस्थामा यस्ता गीतका श्रष्टाहरुको विशेष सम्मानका लागि पनि आयोजकले लाक दोहोरी गीतका विभिन्न विधामा अवार्ड प्रदान गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *