picsart_03-07-093866038372814379582.jpg

काठमाडौ : बल्क बस्टर नेपाली फिल्म अवार्ड चैत २८ मा हुने भएको छ। गत बर्ष झै नयाँ बर्षलाई स्वागत पुरानो बर्षलाई बिदाइ गर्दै चैत्र २८मा अवार्ड र चैत ३० मा रमाइलो मैत्रीपुर्ण फुटबल आयोजना हुनगैरहेको छ।

बिगत १० बर्ष देखि निरन्तर रूपमा आयोजना हुँदै आएको बल्क बस्टर नेपाली फिल्म अवार्ड यो बर्ष पनि चैत्र २८ गते नै भब्य आयोजना हुने आयोजक संस्था बक्स अफिस फिल्म क्लब नेपालले जनाएको छ।
गत चैत २९ गते देखि रिलिजमा आएको नेपाली कथानक चलचित्र लिलिबिली देखि यही चैत्र २२ गतेसम्म रिलिजमा आउन्ने चलचित्र लब स्टेसन गरि झन्डै ८३ चलचित्र हरुको सहभागीता रहने छ। पूरा एक बर्षको ब्यापारिक नापतौलको आधारमा विभिन्न बिधा बाट निर्माण कम्पनी तथा निर्माताहरुलाइ बर्ष समिक्षाको रुपमा अवार्ड बाट सम्मान गरिन्न लागिएको अवार्ड आयोजक तथा अध्यक्ष आर.के सुबेदिले बताए ।

सधै चैत २८ गते कै दिन बर्ष समिक्षा तथा पुरानो बर्षलाई विदाइ नयाँ बर्ष लाई स्वागत गर्दै निरन्तर आयोजना हुँदै आएको बल्क बस्टर अवार्डमा यो बर्ष रिलिजमा आएका सम्पुर्ण निर्माता हरुलाइ हौसला तथा नेपाली चलचित्र बजार २०७५ मा उहाहरुको चलचित्र बजारमा आर्थिक लगानिमा महत्त्वपूर्ण योगदानलाई उच्च कदर गर्दै सम्मान गरिन्ने भएको छ।

तेसैगरी २०७५ लाई सफल चलचित्र दिने निर्माता लाई बक्स अफिस टर्फी र ब्यापारिक रुपम्म सुपर हिट चलचित्र दिन्ने निर्मातालाइ बक्स अफिस सिल्ड बाट सम्मान गर्न्ने कार्यक्रम रहेको छ । ०७५ चैत २९ गते नयाँ बर्षको मुखैमा प्रदशनमा आएको लिलिबिली देखि आहिले सम्म प्रदसनमा आएको चलचित्रहरुको अबस्थालाइ हेर्न्ने हो भन्ने चलचित्र लिलिबिली , छक्का पन्जा ३ ,जय भोले, बबि ,नाइ न भनु ल ५,कायरा ,इन्टुमिन्टु लन्डन,भैरे,रामकहानी,चंगा चेट प्रसाद,क्याप्टेनलाइ सिनेमा हलहरुमा दर्शकहरुले पछाएको पाइन्छ। यी १२ चलचित्रका निर्माता बल्क बस्टर अवार्ड आयोजनाको मुख्य केन्द्रमा अटाएको छ्न।

बलक बस्टर फिल्म अवार्ड आयोजनाको अवसरमा
संस्थाले आफ्नो संस्थापककाल देखिनै अवार्ड तथा सम्मान कार्यक्रम मा अग्रज पत्रकारिता पुरुषकार बितरन तथा सम्मान कार्यक्रमलाइ यो बर्ष पनि बर्ष भरीको सकृयताको मुल्यांकनको आधारमा एकजना सक्रिय एकजना निरंतरता र एकजना अग्रज रंग पत्रकारलाइ नगद धनराशि सहित सम्मान गरिने कार्यक्रम रहेको छ। यो वर्ष अग्रज पत्रकारिता पुरुषकार झनै भब्य बनाउन्ने भएको छ । संचार क्षेत्रमा बिगत लामोसमयदेखी लागिपरेको र संचार क्षेत्र सम्बन्धि पुरानो संस्थाले आयोजना गर्ने अवार्ड कार्यक्रम भएकोले अवार्ड,सम्मान सगै पत्र्कारिता पुरुषकार महत्त्वपूर्ण मानिन्छ ।

कार्यक्रमको अवसरमा संस्थाले अग्रेजीमा विशेष स्मारिका प्रकासनको तयारीमा जुटेको छ। स्मारिकामा संस्थाले गरेको गतिविधि ,अवार्ड सम्बन्धि लेख रचना र बल्क बस्टर नेपाली फिल्म अवार्ड तथा नयाँ बर्ष २०७५ को सुभकामनाले सजिन्ने भएको छ।

तेसैगरी बक्स अफिसले चैत्र २८ गते आफ्नो अवार्ड कार्यक्रम सम्पन्न गरेपछि ३० गते सनिवार बिगतको तिता मिठा घटना बिर्सदै पुरानो बर्षलाई बिदाइ नयाँ बर्ष लाई स्वागत गदै विभिन्न चलचित्रकर्मी हरुबिच रमाइलो मैत्रीपुर्ण फुटबल आयोजना गर्न्ने भएकोले उक्त दिन कुनैपनी फिल्म सम्बन्धि कार्यक्रम आयोजना गरि कार्यक्रम नजुधाइ कार्यक्रमलाई बिगतको भन्दा अझै भब्य र सभ्य बनाउन्न आ-आफ्न्नो ठाउबाट मद्दत गर्न सबैमा विनम्र अनुरोध पनि गरेको छ। अवार्ड सहभागी चलचित्र निर्माता तथा बिग्यापन दाताले !#सम्पर्क नम्बर ९८६१२४३३३३मा सम्पर्क गर्न सकिन्ने जानकारी बक्स अफिस फिल्म कल्ब नेपालले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *