Boxoffice
काभ्रे : कोरोना महामारी कहरको कारण लामो लकडाउन पछि बक्स अफिसले निरन्तर आयोजना गर्ने कलाकर्मिको लोकपि्रय रामाइलो फुटबल फुटबल कार्यक्रम आयोजना मोफसलबाट सुरु गरेको छ।
नेपालको सबैभन्दा पुरानो फुटबल ग्राउन्ड काभ्रे जिल्लाको पांचखाल फुटबल ग्राउन्डना बक्स अफिस फिल्म फियर अवार्ड vs पांचखाल स्थानीय कलाकर्मीबिच मैत्रीपुर्ण फुटबल सम्पन्न भएको हो। रसीयामा किभिड 19 को समस्याको कारण रोकिएको यो अवार्ड आगामी असोजको तेर्सो साता काभ्रेको धुलिखेलमा हुदैछ।उक्त कार्यक्रमलाई जन जनमा पुर्याउनु र नेपाली चलचित्रको प्रचार प्रसार गाउँ गाउमा पुर्याउनु बक्स अफिस इन्टरनेसनल ग्रुपले यो कार्यक्रम आयोजना गरेको हो।
सामाजिकदुरि कायम गरि सेभेन साइजमा खेलाएको उक्त प्रतियोगितामा सुभकामनाहल बनेपाको हल ब्याबसाही दुर्गालाल प्रधान ,निर्माता तथा ग्लोबल एक्टर्स फ्रेडेसन बिस्वकलाकार मांहास्ंघका आजिवन सदस्य अमृत थिंग तामाङ ,पुराना निर्माता तथा बितरक सरोज शर्मा, पोहिलो महिला चलचित्र बितरक तथा निर्माता सुनिता भट्टराईले राम्रो खेल खेल कौशल प्रदशन गर्नुभएको थियो ।
सनिवारको रमाइलो प्रतियोगितामा आयोजक बक्स अफिसले स्थानीय कलाकारको ० को विरुद्ध ३ गोलले पराजित गर्दै बिजय हासिल गर्न सफल भएको थियो । खेलमा आयोजक बक्स अफिसका अध्यक्षले आरके सुबेदिले २ गोल गर्नुभएको थियो भन्ने निर्माण सरोज शर्माले १ गोल गर्नुभएको थियो। बिजेता खेलाडीलाई स्थानीयहरुले टर्फी ,मेडल र नगद रु १ हजार रुपैया पुरुषकार पनि बितरन गर्नुभएको थियो।
अब बक्स अफिसले आयोजना गर्न देखेको फुटबल ग्राउन्ड मध्य काभ्रे जिला पांचखालको एउटा ग्राउन्ड मात्रै बाकी रहेको त्योपनी सकियो बक्स अफिस अध्यक्ष आर के सुबेदिले हासिमजाकमा बताए । अर्को दुखको कुरो यो ग्राउन अब इतिहासमा मात्रै रहने स्थानीयले बताएको छ्न । स्मरणीय रहोस बनेपामा चाहिँ आजभन्दा ९ बर्ष अगाडी हांस्यकलाकार vs चलचित्र निर्देशकबिच रमाइलो फुटबल खेल सम्पन्न भैसकेको छ।
