received_10210037035482122-2093079191

काठमाडौं– चलचित्र ‘टिनएज’ले मंगलबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै चलचित्रको बारेमा जानकारी दिएको छ । श्रावण २५ बाट प्रर्दशन हुने चलचित्र ‘टिनएज’का कलाकार तथा निर्माण यूनिटले चलचित्रको बारे तथा आ–आफ्नो भुमिकाका विषयमा पत्रकारसमक्ष धारणा राखेका थिए ।

चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्देशक दिनेश पाख्रिनले चलचित्र ‘टिनएज’ टिनएजहरुको बास्तबिक प्रेमकथा भएको बताए । टिनएज हरुलाइ सस्कार सिकाउने चलचित्र बनेको उनको दाबि छ । कार्यक्रममा बोल्दै निर्देशक पाख्रिनले आफ्नो चलचित्रमा अधिकांश नयाँ कलाकार भएपनि सबै कलाकारले पर्फेक्ट काम गरेको बताए । चलचित्र हेर्ने दर्शकलाइ चलचित्र टिनएज ले भरपुर मनोरन्जन दिने उनको दाबी छ ।
कार्यक्रममा चलचित्रका कलाकारहरु नरेश बिर सिं, प्रतिक्षा खड्का, सरोज शाह, एन्जिला खड्गी, सरिता राजोउपाध्याय, अजय खड्का, माया मगर लगायतका कलाकारको उपस्थित रहेका थिए । साथै संगीतकार बिकाश चौधरी, बितरक सरोज शर्माले पनि चलचित्रका बारेमा आ–आफ्ना धारणा राखेका थिए । चलचित्रलाइ बिरु मगर, चिनीमाया वाइवा, देबिका खड्का, बुद्धिमान स्याङ्तान निर्मलले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *