काठमाडौ : बक्स अफिस नेपाल र ग्लोबल एक्टर्स फ्रेडेशन (विश्व कलाकार महासंघ) को संयुक्त प्रयासमा स्थपित गरेको कलाकार आपत- बिपत कोषमा हाल ११ लाख ७५ हजार रकम जम्मा भएको छ।
मनकारी चलचित्रकर्मी ,समाजसेवी ,बुद्धिजीवी तथा सामाजिक अभियान्ताहरुलाइ संस्थामा आजिवन सदस्य प्रदान गरि यो कोष स्थापना गरेको हो।
पछिल्लो समय केहि कलाकर्मी हरु पैसाकै कारण अत्यावश्यक उपचार न पाएर मृत्यु मरण भएपछि र आर्यघाटमा दाहसंस्कारको लागि सामुहिक रुपमा दाउराको लागि चन्दा उठाउनु न परोस् भन्नेर यस्तो भबि तब्य कोष स्थापना गरेको संस्थाका संस्थापक अध्यक्ष राम बाहादुर सुवेदी ( आर के) ले बताउनु भयो ।
संस्थाको आगामी चैतमा बिदेशमा हुने अधिबेशनबाट हाल ११ लाख ७५ हजार बाटा वृद्धि गरि कोषमा २५ लाख पुग्न्ने र तेसपछी संस्थाले कुनै पनि चलचित्रकर्मी तथा कलाकर्मीको मृत्यु भएको अवस्थामा अनिवार्य रुपमा मलामि जानुपर्ने र मृत्यु कोषमा बार्षिक १ हजार रुपैया जम्मा गर्नुपर्ने अवधारणा ल्याउन्ने बताउनु भयो।
पछिल्लो समय मानवीय जिवनमा बेस्थता , स्वार्थ ,लोभ लालच र घमण्डले जरो गाडदै गएकोले सानालाइ माया ठुलालाइ आदार ,आपसी भाइचारा मेलमिलाप जस्तो हाम्रो संस्कार हराउदै गयको कारण आगामी केही बर्ष देखि मलामी समेत न पाउने अवस्था सृजना हुँदै गएकोले गम्भीर चिन्ता मनन गरि संस्थाले यस्तो अवधारणा ल्याउन लागेको अध्यक्ष आरके सुबेदिले बताउनु भयो।
तेसैगरी संस्थाले कोभिड १९ महामारी बिपत्तिको न्यूनीकरण संगै दुबैइ संस्थामा संस्थापक सदस्य ,केन्द्रिय सदस्य ,आजिवन सदस्य ,मानर्थ सदस्य ,सक्रिय सदस्य ,नव सदस्य ,रिटायर सदस्य आदि वर्गीकरण गरि कलाकार तथा चलचित्रकर्मिको स्पस्ट मार्ग चित्रण ब्याख्या गर्ने परिचयपत्र जारी गर्दै छापा तथा अनलाइन सर्बर निर्माण गर्ने बताउन्नु भएको छ।
हाल ग्लोबल र बक्स अफिस मुनाफा रहित यो सामाजिक संस्थामा बिगत एक दशकदेखि नयाँ पुराना कलाकर्मी निर्माता ,निर्देशक,प्राबिधिक ,नायक ,नायक ,नायिका,गायक गायिका , संगितकार ,संचारकर्मी देश बिदेशमा रहनुभएका उधोगपती ,ब्यापारी ,समाजसेवी ,बुद्धिजीवी लागायत लगभग १३ सय भन्दा धेरै सदस्य आबद्ध हुनुभएको छ ।
आगामी १५ बर्ष भित्र संस्थामा १ लाख १ सय १ जना सदस्य आबद्ध गर्ने प्रमुख लक्ष राखेर यी दुवै सामाजिक संस्थाले मुलुकको जस्तोसुकै परिस्थितिमा पनि घाम ,पानी ,हावा हुरि ,सारो ग्राहो केही न भनी अविरल रुपमा एक ध्यान र एक मनले सफलता पुर्वक आफ्नो हरेक सामाजिक कार्य सम्पादन सफलता पुर्वक गर्दै आएको छ।
नेपाली चलचित्रको संघ संस्थामा अनावश्यक राजनीति होइन सेवा र इमानदारी पुर्वक काम गरौ भन्ने उदस्यले स्थापित यी दुवै जिम्मेवार संस्थाले आफ्नो संयुक्त लगानिमा पर्यटनको क बर्गको जिल्ला दोलखा जिल्लामा करिब साडे तीन अरबको लागातमा आफनै रंगशाला तथा एतिहांसिक संग्रहालय निर्माण गरि संचालनमा ल्याउन्ने दीर्घकालीन लक्ष राखि अहिले निर्माणको पकृया धमाधम थालिएको छ।
तेसैगरी जारी लकडडाउन समाप्ति सगै करिब १३ सय सदस्यीय बाटा छनोट गरि १०१ जनाको एउटा छुटै ससक्त फिल्म फ्रोस निर्माण गरि हरेक महिना नेपाली चलचित्रको प्रचारप्रसार तथा बजार प्रबन्धकको लागि स्तरीय एक नेपाली चलचित्रको ग्राइन्ड पृमियर शो सगै संस्थाको विभिन्न बाषिक कार्यक्रम आयोजना अझै ससक्तरुपमा आयोजना गरिन्ने छ।साथै संस्थाले बिपत कोषको विभिन्न समस्या सदस्य ज्युहरुले लानु भएको र सदस्य आजिवन सदस्यले भुक्तानी गर्नुपर्ने रकम साधारणसभा अगाबै चुक्तागर्नु हुन अपिल गरेको छ।
संस्थाले बिगत एक दशक देखि नियमित रुपमा धार्मिक कार्यक्रम , रमाइलो मैत्रीपुर्ण फुटबल ,नेसनल बक्स अफिस फिल्म फियर अवार्ड ,ग्लोबल मोशन पिक्चर्स अवार्ड ,नेसनल बक्स अफिस म्युजिक ,टेलि फिल्म ,सर्ट फिल्म नेसनल हिरो अवार्ड तथा बक्स अफिस नागरिक संमान ,पृथ्वी परिक्रमा अवार्ड र नेसनल हिरो अवार्ड जस्ता लोकपि्रय कार्यक्रम आयोजना देशबिदेसमा बिगत एक दशक देखि सफलता पुर्वक निरन्तर आयोजना गर्दै सबैको बिस्वास प्रप्त गर्दै आएको नेपाली चलचित्र क्षेत्रमै अलग पहिचान कायम गरेको छ।
