IMG-d842f17d2c18345e12259da94e124a8d-V.jpg

काठमाडौं । कला सहित्य समाजका अध्यक्ष , बक्स अफिस नेपालका सकृय सदस्य ,ग्लोबल एकटर्स फ्रेडेसन ( विश्व कलाकार माहासंघ ) को आजिवन सदस्य तथा उत्सा?संगित प्रेमी तथा नुवाकोट महापन्चकन्या कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका सञ्चालक उद्धवप्रसाद भट्टराई गीत संगित क्षेत्रमा प्रवेश गरेका छन । उनले ‘के गर्नु माया म’ बोलको गीतमार्फत भट्टराई कला क्षेत्रमा प्रवेश गरेका हुन् । उनी यो गीतको प्रोड्यूसर हुन् । गीतको म्युजिक भिडियोको सम्पूर्ण लगानी भट्टराईले गरेका हुन् । गीतको म्यूजिक भिडियोको छायांकन कार्य सम्पन्न भएको प्रोड्यूसर भट्टराईले जानकारी दिए । उनका अनुसार गीत छिट्टै नै गीत सार्बजनिक गर्ने तयारी छ । कला क्षेत्रमा उनको पहिलो पहिलो प्रस्तुती हो ।

उक्त गीतमा सुरज श्रेष्ठ र सजिल श्रेष्ठले स्वर दिएका छन् भने नायिका रिया श्रेष्ठ र दिपक लामाको बेजोड अभिनय रहेको छ । गीतको निर्देशन भने कृष्ण परियारले गरेका हुन् । प्रोड्यूसर भट्टराईले यो गीतको रिलिज लगत्तै अर्को गीतको छायांकन पनि सुरु हुने बताए । उनले गीत राम्रो बनेको र दर्शक र स्रोताबाट पनि राम्रो प्रतिक्रिया आउने विश्वास व्यक्त गरे । गीतको भिडियोमा नायिका रिया श्रेष्ठ र दिपक लामाको अभिनय देख्न पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *