received_2456787562380291782731924

काठमाडौं÷पछिल्लो समय गीत संगीतका अवार्डहरु पूर्वाग्रही भएका कारण विश्वास गुुमाउँदै गइरहेको बेला राष्ट्रिक बक्स अफिस म्यूजिक भिडियो अवार्डप्रति भने कलाकारहरु उत्साहित देखिएका छन् । अवार्ड हुने अन्तिम मिति कहिले भन्ने नै नतोकिएको अवस्थामा पनि कलाकारहरु अवार्डका लागि धमाधम फारम भरिरहेका छन् । आयोजकका अनुसार अहिले दैनिक एक सय भन्दा बढीले फारम भर्ने गरेका छन् । विदेश, मोफसल, धार्मिक, चलचित्र, आधुनिक, लोकदोहोरी, भाषाभाषी, पप गीत, तीजका गीत तथा राष्ट्रिय गीतका स्रष्टाहरुले संसारभरबाट हालसम्म ६ सय जनाले फारम भरिसकेको आयोजकले जनाएको छ ।

गत असार मसान्तदेखि यो असार मसान्तसम्म सार्बजनिक भएका गीतहरुका कलाकारलाई आयोजकले फारम भर्न आग्रह गरेको छ । यीन विभिन्न क्षेत्रका गीतलाई समेटेर हुन लागेको राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डको तयारी तीब्र भइरहेको छ । आगामी असोजको पहिलो हप्ता विदेशी भूमिमा हुने फाइनल अवार्डका लागि आयोजकले आफूलाई उपयुक्त हुने विधामा जुनसुकै तह, तप्का र क्षेत्रका सर्जकहरुलाई सहभागीता जनाउन आग्रह गरेको छ । फारम अनलाइन, फेसबुक, भाइवर र पत्यक्ष भेटेर पनि भर्न सकिने आयोजकले जानकारी दिएको छ । आयोजकले

अवार्डको लोगो पनि सार्वजनिक गरिसकेको छ ।

झन्डै ४६ वटा विधामा प्रदान गरिने अवार्डको फाइनल अवार्ड प्रदान भने विदेशी भूमिमा हुने बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष तथा आयोजक रामबहादुर सुवेदी (आर.के.)ले जनाए । तर, त्यसभन्दा अगाडि अवार्डमा सहभागी सबै श्रष्टाहरुलाई एक विशेष कार्यक्रमको आयोजना गरी अवार्डलाई कसरी व्यवस्थित र निष्पक्ष गर्न सकिन्छ भन्ने विषयमा राय सुझाव संकलन गरीने र त्यसपछि उत्कृष्ट १० र उत्कृष्ट ५ गीत संगीतहरुको नोमिनेसन काठमाडौंमा छुट्टाछुट्टै भव्य कार्यक्रम गरी सार्वजनिक गरिने जानकारी दिए । उत्कृष्ट १० एन्फा मैदानमा मैत्रीपूर्ण फुटबल राखेर सम्मान गरिने छ भने उत्कृष्ट पाँचलाई आर्मी अफिसर क्लबमा अवार्ड जसरी नै कार्यक्रम आयोजना गरि नोमिनेसन, मेडल वितरन गरिने उनले जानकारी दिए ।

अवार्ड प्रदान गरिने ४६ विधाहरुमा उत्कृष्ट श्रृंगार, उत्कृष्ट कला निर्देशन, उत्कृष्ट ड्रेस डिजाइनर, उत्कृष्ट कलर करेक्शन, उत्कृष्ट छायांकार, उत्कष्ट म्यूजिक एरेन्जर, उत्कृष्ट युगल गायक, उत्कृष्ट युगल गायिका, उत्कृष्ट सम्पादक, उत्कृष्ट समूह गायन, उत्कृष्ट भिडियो सम्पादक, उत्कृष्ट पप गीत, उत्कृष्ट लोक दोहोरी गीत उत्कृष्ट आधुनिक गीत, उत्कृष्ट जातीय गीत, उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट महिला मोडल, उत्कृष्ट पुरुष मोडल, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट गीतकार, उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट संगीतकार, उत्कृष्ट भिडियो निर्देशक, उत्कृष्ट डिजिटल कारेबार, उत्कृष्ट स्टूडियो हाउस, उत्कृष्ट प्रचार–प्रसार सञ्चार माध्यम, उत्कृष्ट कोरस (कला केन्द्र), म्यूजिक भिडियो अफ दि इयर र लाइफ टाइम अचिभमेन्ट अवार्ड लगायत छन् ।

त्यसैगरी आयोजकको तर्फबाट सर्वश्रेष्ठ चर्चित गीत, चर्चित गायक, चर्चित गायिका, संगीतकार, मोडललाई पनि अवार्डबाट सम्मानित गरिने आयोजकले जनाएको छ । अवार्डको लागि आयोजकले पाँच सदस्यी जुरी छनोटको काम भइरहेको छ । जुरीमा लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई राखिने अध्यक्ष सुवेदीले जनाए । उनले यस अगावै आफूलाई उपयुक्त लाग्ने विधाका लागि आवेदन दिन पनि आग्रह गरे । उनले फारम संस्थामा गएर तथा अनलाइनमार्फत पनि भर्न सकिने जानकारी दिए । आवेदन दिएकामध्येबाट छनोट गरी जुरीले उत्कृष्ट पाँचको मनोनयनयन सार्वजनिक गर्ने अध्यक्ष सुवेदीले जानकारी दिए ।

बक्स अफिस इन्टरनेशनल ग्रुपले यसअघि पनि राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड, ब्लक बस्टर फिल्म अवार्ड, विश्व भ्रमण नागरिक सम्मान (अवार्ड), ग्लोबल मोसन पिक्चर्स अवार्ड सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसमध्ये वार्षिक रुपमा आयोजना गरिने ब्लक बस्टर अवार्ड, ग्लोबल मोसन पिक्चर्स अवार्ड, नेशनल बक्स अफिस फिल्म फेयर अवार्डलाई दर्शकले रुचाउँदै आएका छन् । त्यस्तै विगतका वर्षहरु झैँ राष्ट्रिक बक्स अफिस म्यूजिक भिडियो अवार्ड पनि विदेशी भूमिमा भव्य र सभ्यरुपमा सम्पन्न गर्नका लागि आयोजगले आन्तरिक गृहकार्यलाई तीव्र बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *