FB_IMG_1602844036229.jpg

काठमाडौ : बक्स अफिस इन्टरनेसनल ग्रुपले १२औ बक्स अफिस फिल्म फियर अवार्डमा सहभागी चलचित्रका निर्माण कम्पनीको निर्माताहरुलाइ गत बर्ष झै यो बर्ष पनि सम्मान कार्यक्रम राखेको छ। करोडौं रुपैया लगानी गरेर नेपाली सिनेमा दुख गरेर सिनेमा बनाउन्ने बास्ताबिक सिनेमाको मालिकहरुलाइ आफ्नो अवार्ड आयोजनाले स्थापनाकाल देखिनै अवार्ड को नोमिनेसन र ग्राइन्ड फाइनल आगाडी सबैभन्दा पोहिला निर्माताहरुलाइ सम्मानित गर्ने पराम्परालाई १२ औ संस्करणमा आउदा सम्म निरन्तरता दिएको अवार्डका अध्यक्ष राम बाहादुर सुवेदी (आरके ) ले बताउन्नु भयो

नेपाली चलचित्रको सबैभन्दा पुरानो र देशको जस्तोसुकै परिस्थितिमा पनि निरन्तरता आयोजना हुँदै आएको १२ नेसनल बक्स अफिस फिल्म फियर अवार्ड आयोजनामा बावु कान्छा, नाई नभन्नु ल ५, विरांगना, चोखो माया, ए सोल्टीनी, एक्स्ट्रा माया, तिमी हुन्छ्यौ जहाँ जहाँ, मट्टी माला, कायरा, सुकुल गुण्डा, रोमियो एण्ड मुना, चि मुसी चि, पण्डित बाजेको लौरी, चक्कर, यो पागल मन, बाह्रमासे, ब्ल्याक, जय शम्भो, मिस्टर भर्जीन, पिरिम पर्या छन्, टिनएज, कही कतै, झमक बहादुर, इन्टु मिन्टु लण्डनमा, बाँध मायाले, साली कस्को भेनाको, राम कहानी, रोज, मेरी मामु, रानी, वेवी, जय भोले, छक्का पञ्जा ३, निर्जला, छिरिङ, कथा काठमाडौँ, अनुराग, धुम ३, शान्ति, कोइला, ड्रिम गर्ल, अनुग्रह, दैलो, गुन गुन, चङ्गा चेट, मालिका, जे सुकै होस, जय श्री दाम, गोल, कथा ७२, डोली, सुश्री सम्पती, झिल्के, प्रसाद, समर लभ, डमरुको डण्डीवियो, १०० कडा १०, यात्रा अ म्यूजिकल भ्लग, कोहलपुर एक्सप्रेस, भिलेन, चौका दाउ ,द व्रेक अप, क्याप्टेन, ख्लासी अनिउ, फिंगरप्रिन्ट, ब्वाइफ्रेण्ड, रुमालै छ चिनो, जोकर ( जादुगर–२), बुलबुल, साथी तिमी नै हौ, एलान ,कागज पत्र, प्रेम लिला, पुरानो बुलेट, जानी नजानी, द म्यान फ्रम काठमाण्डु, अदालत, खाग, ए मेरो हजुर–३, गोपी, लभ स्टेशन, शुभ लभ, प्रङ्ना, साँइली, मखमली मखमली, स्वर्ग मेरो गाउँ, रणविर, ह्याप्पी डेज, बैना, भोर, लम्फू, हिरोज, मनाङ्गे नानी, हैरान, सुनकेशरी, अफिसर, कोसेली, वेवी आई लभ यु, अमेरीका ब्याइज, हरी, चंगा, भैरे, दि डार्कनेस वेकन सहित १०३ चलचित्रले उत्साहजनक भाग लिएको छ्न।

सम्पुर्ण निर्मातालाई बक्स अफिस इन्टरनेसनल ग्रुपका अध्यक्ष आर के सुवेदी सम्मान कार्यक्रमका प्रमुख अथिती कागेस्वरी मनहरा नगरपालिकाका अध्यक्ष कृष्ण हरि थापाले नेपाली चलचित्रमा पुर्याको उच्च लगानीको कदर गर्दै सम्पुर्ण निर्माताहरुलाइ सम्मान गर्नु भएको थियो। अवार्डको उत्कृष्ट पांच मनोनयन दसै लगत्तै र ग्राइन्ड फाइनल तिहार लगत्तै हुने कार्यक्रम तय भैसकेको आयोजक संस्था बक्स अफिस इन्टरनेसनल ग्रुपले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *