कोभिड—१९ कोरोनाको महाविपतीमा मृतक चलचित्रकर्मीको सम्झनामाहरेक वर्ष, हरेक नागरिकले विरुवा रोपौं, वातावरण जोगाऔं भन्ने नाराका साथ ग्लोबल एक्टर्स फ्रेड्रेशन (विश्व कलाकार महासंघ) र बक्स अफिस इन्टरनेशनल ग्रुप कागेश्वरी शाखाको संयुक्त आयोजनामा गत बर्ष झै यस बर्ष पनि भव्यरुपमा वृक्षारोपण तथा खीर उत्सव कार्यक्रम एकैसाथ सम्पन्न भएको अध्यक्ष आर के सुवेदीले बताउनु भयो । साउन १५ खीर खाने दिनको अवसर पारेर विहान ७ बजे देखि वेलुका ५ बजेसम्म नेपालका ख्याती प्राप्त चर्चित कलाकारहरुले वृक्षारोपण गरेका थिए । कागेश्वरी नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाको प्रमुख आतिथ्योमा सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा नेपालका कुशल कलाकार वरिष्ट तथा क्याप्टेन बिजय लामा, लोकप्रिय कलाकार धिरेन शाक्य, निर्देशक मिलन चाम्स,कलाकार प्रेम पाण्डे, हास्य कलाकार ज्योती काफ्ले, लोक गायक दिपक अर्याल, हास्य कलाकार गोपाल ढकाल (छन्दे),जादुगर महादेव त्रिपाठी , कलाकार तथा निर्देशक पवन खतिवडा (बाबा),दन्द्ध निर्देशक देव महर्जन,हास्य कलाकर सुलेमान शंकर (इकु) निर्माता तथा एन्फाका उपाध्यक्ष सुन्दर थापा, कलाकार बुद्धि तामाङ , नायिका रेविका गुरुङ्ग, अभिनेता भुवन सिंह,अभिनेता रियर राई, नायक रितेस चाम्स,व्यवसायी बासु फुयाल,भिम प्रसाद फुयाल, युवा नेता तथा समाजसेवी महेश्वर फुयाल, नृत्य निर्देशक कविराज गहतराज लगायतलाई कागेश्वरी नगरपालिकाकी उपप्रमुख विन्दु सिंखडा र वडा नं.१ का वडा अध्यक्ष मुकुन्द गजुरेलले संस्थाको आजिवन सदस्यता प्रदान गर्नु भएको थियो । आयोजक संस्था कागेश्वरी शाखाका अध्यक्ष हरिसचन्द्र फुयालको सभापतित्वमा सम्पन्न भएको वुक्षारोपन तथा खीर उत्सव कार्यक्रममा कागेश्वरी नगरपालिकाले विशेष सहयोग गर्नुको साथै कागेश्वरी न.पा १ ले सम्पूर्ण प्रवन्ध मिलाएको थियो भने मुनलाइट कागेश्वरी भ्याली रिसोर्टले कलाकर्मीहरुलाई खीर खुवाउने व्यवस्था गरेको थियो । उक्त वृक्षारोपन कार्यक्रम सम्पन्न गर्नका लागि निर्देशक दिनेश पौडेल, निर्माता आश्मा पाण्डे, चलचित्र वीए पासका निर्देशक प्रवेस पौडेल,संगीतकार विकास चौधरी, सञ्चारकर्मी राधाकृष्ण कटुवाल, सञ्चारकर्मी महेशजंग कुवर, कलाकार सोनाम लामा, वितरण तथा निर्माता सुनिल मानन्धर, अभिनेता शितल के.सी., निर्देशक रमेश कोइराला ,निर्माता÷निर्देशक रिमेश अधिकारी, कलाकार नागे डंगोल,शंकर महर्जन,समाजसेवी दिपेन्द्र फुयाल, सम्पादक विष्णु खड्का, छाँयाकार संगीता खत्री, सम्पादक सुस्मिता खत्री, रेश्मा के.सी., कलाकार धिरज बाबु गोर्खाली, वितरण निर्माता गोविन्द शाही, समाजसेवी पवित्रा पाण्डे, कृष्ण कुमारी खड्का, निर्माता सुवास थापा, पुकार भट्टराई, अजय न्यौपाने, गायिका मोडल सरस्वती भुजेल , कलाकार कमल खडका, सम्पादक प्रेम शर्मा पौडेल, निर्देशक मिलन आले मगर, कलाकार सुमन खाँड, कलाकार पदम राई, समाजसेवी गणेश जि.सी., दिपु खडका, शुसिल चन्द्र घिमिरे, निर्माता शुसिल पोख्रेरेल, निर्माता श्रीराम खड्का , कलाकार राजु शाही, युवा व्यवसाय भिम प्रसाद फुयाल,चलचित्र गोर्खावारी तथा मिलन चाम्स लगायतका चलचित्रकर्मीहरुले आफ्नो चलचित्र प्रचार प्रसार तथा आफन्तहरुको नाममा वृक्षारोपणका लागि विभिन्न थरिका विरुवा दान गर्नुभएको थियो । नेपालमा भएका चलचित्रकर्मीहरुले मात्र नभई युएई , जापान, अमेरिका, अष्टे«लिया, वेलायतलगायतका देशमा बस्दै आउनुभएका कलाकार, निर्माता, निर्देशक तथा व्यवसायीहरुले पनि विरुवा दान गरेर सहयोग गर्नु भएको थियो । यस वृक्षारोपन कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने आयोजक संस्थाले जनाएको छ ।
