FB_IMG_1612098139576.jpg


नेपाल चार बर्ण छतिसजातको फुलबारी हो। यो बिसाल फुलबारीमा आफ्नो भाषा संस्कृतको पहिचान आफ्नै अस्तित्व बोकेको छ। सबैको भाषा र पहिचान अनुसार नेपालमा सानो मनोरञ्जन बजार भए तापनि हामीकहाँ धेरै किसिमका गित संगित र विविध गतिविधि संबंधित कार्यक्रम थुप्रै मनोरञ्जनात्मक कार्यक्रम आयोजनाहरु हुन्छन् अवार्ड आयोजनाहरु हुन्छन् सगै फिल्मी अवार्ड, म्युजिक अवार्ड तथा अवार्ड सम्बन्धि अनगिन्ति कार्यक्रमहरु आजभोलि तिब्र गतिविधि चलेन्ने गरेको पाइन्छ । कोरोनना महामारीको कारण लामो लकडाउन भएकोले चलचित्र बजार सुन्न्यता छाएपनी गित संगित बजारले राम्रै बजार लिन सफल भएको छ। फिल्म बजार लगभग एक बर्ष चलायमान नभएकोले फिल्म अवार्ड खासै आयोजना नभएपनी यो बर्ष गित संगितको अवार्डले भन्ने बजार छाए । अवार्ड आयोजना हुन नराम्रो पाक्कै पनि होइन राम्रा अवार्ड आयोजना निरन्तर हुन पर्दछ । नियमित र मर्यादा राख्न्ने अवार्ड आयोजनाहरुले श्रष्टाहरुलाई अझ हौसला बढाउदै उनीहरुको प्रोत्साहनमा कहीँ न कतै हौसला प्रदान गरेकै हुन्छन् । हरेक अवार्ड कार्यक्रमहरुमा दुई÷तीन दर्जन विधाहरुमा कलाकर्मीलाई पुरस्कृत र सम्मानित समेत गरिन्छ । तर, पछिल्लो समय राम्रा अवार्ड आयोजना सुस्ताए तर सुन्दै नसुनीएका आयोजक संस्था हरुको नयाँ नयाँ अवकाश आयोजनाको नाम हपतै पिछे सुनिन्छ ।बजारमा अवार्ड कार्यक्रमहरुले बाग्लो उपस्तिथि जनाउनुका साथै सम्मानित र प्रोत्साहनको लागि लायक श्रष्टाहरु अवार्ड प्रति पातालिंदै गइरहेका छन् । अपवादमा भन्ने हो भने केही अवार्ड कार्यक्रमहरुलाई छोडेर सामुहिक समिक्षा गर्ने हो भने हाम्रा अवार्ड र सम्मान कार्यक्रमहरु हाँस्न सकिरहेका छैनन् । जस्ले पायो तेस्लेअ अवार्ड आयोजना गर्दा आजभोलि हाम्रो बजारमा अवार्डको गरिमा गिर्दै गएको भान भएको छ ।आजभोली प्राय हप्ता दिनमा आयोजना हुने
हरेकजसो अवार्ड कार्यक्रमहरुमा कलाकरहरुको न्यून सहभागिता हुने गर्छ । त्यसमा पनि चलेका र युवा कलाकर्मीहरु त झनै कम हुन्छन् । किन भइरहेको छ यस्तो ? यस सम्बन्धमा जवाफ नखोज्ने र कलाकर्मीको आम सहभागिता गराउन नसक्ने हो भने प्रश्न उठ्न सक्छ, किन गर्ने अवार्ड कार्यक्रम ? हो, त्यसकारण अवार्डलाई गरिमामय र सर्वमान्य बनाउन हामीले पहल शुरु गर्नुपर्छ । हाम्रो अवार्ड आयोजनाहरुले यो गहन विषयलाई बुझियो र गम्भिरताका साथ अवार्ड कार्यक्रमहरुलाई व्यवस्थित र मर्यादित गर्न सकियो भने अवार्डको महिमा मर्दैन भन्नेमा द्विविधा छैन ।
अवार्डहरुको इतिहास सम्झेर ल्याउँदा नेपालमा सरकारी स्तरबाट आयोजना हुने कार्यक्रमहरु एकदमै न्यून छन् भने निजी स्तरबाट हुने अवाड कार्यक्रमहरु अहिले बजारमा व्यापकै छाएको छ । सरकारी स्तरबाट चलचित्र विकास वार्डले आयोजना गर्ने राष्ट्रिय चलचित्र पुरस्कार एक मात्र अवार्ड आयोजना हो भने निजी स्तरबाट हो भने दर्जन नाघिसकेका छन् । निजी स्तरबाट आयोजना हुने नेशलन बक्स अफिस फिल्म फेयर अवार्ड, नेफ्टा अवार्ड, छाँया छवि डि सिने अवार्ड, ब्लक बस्टर फिल्म अवार्ड, नेशनल बक्स अफि म्युजिक अवार्ड, इमेज अवार्ड, फान अवार्ड, ईनास अवार्ड, कामना अवार्ड, ग्लोबल मोशन फिक्चर्स् अवार्ड, म्युजिक खवर अवार्ड लगायत थुप्रै अवार्ड आयोजनाहरुलाई लिन सकिन्छ । यश मध्य सरकारी स्तर बाट हुने चलचित्र बिकास बोडको राष्ट्रिय चलचित्र पुरुषकार,,कलाकार संघले आयोजना गर्ने फान एलजी अवार्ड, इनास अवार्ड, नेफ्टा अवार्ड लगाएत थुप्रै अवार्ड निरन्तरता छैनन भन्ने कोरोना महामारीको जटिल परिस्थितिमा पनि पुरानो अवार्ड आयोजना नेसनल बक्स अफिस फिल्म फियर अवार्डले भन्ने निरन्तरता दियो।यो अवार्ड पौष १६ गते पोखरामा सप्पन्न भएको थियो। एक दशक अघि आयोजित विविध अवार्ड आयोजनाहरु सिमित हुन्थे । त्यस्तै कलाकार र श्रष्टाहरुलाई पनि त्यत्तिकै महत्व हुने गर्दथ्यो । पहिलाका अवार्डमा सबै कलाकर्मी र सञ्चारकर्मीको सहभागिता हुने गर्दथ्यो अहिले छैन।अवार्ड पाए कार्यक्रममा आउने नत्र मरे न आउन्ने गलत परिपाटी नेपाली बजारमा ब्याप्त छ ।पोहिला पिहिला आयोजना हुने अवार्डको नोमिनेशनमा पर्नु नै ठूलो विषय मानिन्थ्यो । अझ भनौं कार्यक्रमा सहभागिता जनाउँन पाउनु पनि गौरवको विषय थियो । सही अर्थमा भव्य र गरिमामय हुन्थ्यो पुराना अवार्ड आयोजनाहरुमा ती पुराना अवार्ड आयोजनाहरु साँच्चै नै प्रशंशा योग्य थियो । तर आजका मितिमा आइपुग्दा अवार्डहरुमा ‘चार्म’ हराएझैं भएको छ ।
अहिले बजारमा अवार्ड सुरुवात गर्नुभन्दा पनि त्यसको निरन्तरता, सम्मानयोग्य र मर्यादित कसरी गर्न सकिन्छ भन्ने आयोजकलाई ठूलो चुनौती बनेको छ । त्यो भन्दा पनि ठूलो चूनौती कसरी सबै कलाकारको सहभागीता गराउने ? कसरी बनाउँने सर्वमान्य कार्यक्रम ? र, कसरी अधिकतम् सम्मानित बनाउँने हाम्रा अवार्ड आयोजनाहरुलाई के यो हाम्रा कल्पनाहरु सम्भव छैन ?
त्यसो त हलिउडको ‘ओस्कार’ र बलिउडको ‘फिल्म फेयर’ पनि सर्वमान्य अवार्ड कार्यक्रम होइनन् । तिनमा पनि विवाद हुने गर्दछ । नपाउनेले पाए भनेर समाचार आउँछन् । यति हुँदा पनि तिनको गरिमा उच्च छ । नपाउनेले मन दुखाउने प्रचलन नयाँ र हाम्रोमा मात्र होइन । तर पाउने र नपाउनेको कारण चाहिं चित्त बुझ्दो हुनुपर्दछ । के नेपाली अवार्ड कार्यक्रमहरुलाई यो तहमा पु¥याउन सकिन्न र ? हामी यो विषयमा सजक हुन जरुरी छ ।
लगानीको अनुपातलाई हेर्ने हो भने अवार्ड आयोजना गर्नु कदापि चानचुने विषय भने होइन । अवार्ड आयोजना गर्दा लाग्ने लागत कुनै एउटा चलचित्र बनाउनु भन्दा कम्ति पर्दैन । यदी राम्रो, सभ्य र मर्यादित अवार्डको आयोजना गर्दा आयोजकले स्वदेशमा कम्तिमा २५ लाख र बढीमा ५० लाखको लागत पूर्वानुमान गर्नुपर्छ । यदी यही अवार्ड विदेशी भूमिमा गर्नुपर्दा एक करोडदेखि पाँच करोडसम्म खर्च हुने गरेको अवार्ड आयोजकहरु बताउँछन् । यति धेरै आर्थिक, भौतिक र नैतिक रुपले लगानी हुने अन्ततः फिल्म अवार्डहरु आम दर्शकका लागि भन्दा पनि आफ्नै सेरोफेरोसँग समेत सन्तुष्ट बन्दैनन् । यसका पछाडिको कारण के हो ? अवार्ड आयोजकले बुझ्नु पहिलो प्राथमिकतामा पर्छ । सामान्य तथा सतही कुरा गर्दा हाम्रा अवार्डहरुमा सहभागिता न्यून हुने रोग त छँदैछ त्यसमा पनि लक्षित वर्गकै सहभागिता नहुनु अर्को दुर्भाग्य हो । कलाकारका लागि अवार्ड आयोजना गरिन्छ भने कलाकार उपस्थिति नहुँदा त्यो अवार्डको गरिमा के हुन्छ ? सहजै अनुमान लगाउन सकिन्छ । त्यसैले कलाकारिता क्षेत्रमा लागेका आम कलाकारहरुको अवार्ड कार्यक्रममा उल्लेख्य सहभागिता हुने वातावरण सिर्जना गर्नु जरुरी देखिन्छ । धेरै टाढा नजाऊ उदाहरणका रुपमा बलिउडमा हुने केही चर्चित अवार्डहरुको सहभागिता र आयोजनाको अवस्थालाई घरमै बसेर टेलिभिजनमा एकपटक प्रत्यक्ष नियाल्दा पनि सहजै बुझ्न सकिन्छ ।
संसारभरि नै अवार्ड दिने मापदण्ड बनाइएको हुन्छ । धेरै व्यापार गर्न सफल फिल्मलाई अवार्ड दिने हो कि ? सन्देशमूलक आर्ट फिल्मलाई प्राथमिकता दिने ? वा अत्याधिक चर्चामा रहेका, स्टारहरु जन्माउन सफल फिल्मलाई अवार्ड दिने ? छोटकरीमा भन्दा कस्तो फिल्को प्रमोट गर्ने ? भन्ने सवालमा आयोजक क्लियर हुनु जरुरी छ । हामीकहाँ प्रदान गरिने सवैजसो अवार्डमा एउटै हेरिन्छ, व्यापार । सायद यही कारण अवार्डहरुको महत्व उजागर हुन सकेको छैन । किनभने जसले अवार्ड गरे पनि त्यही फिल्म, तिनै कलाकार र तिनै प्राविधिक पर्ने भएकाले धेरैवटा अवार्ड कार्यक्रम स्थापित हुन नसकेका हुन् ।
सरकारी क्षेत्रबाटै सञ्चार मन्त्रालय, संस्कृति मन्त्रालय, चलचित्र विकास वोर्ड वा अवार्ड आयोजकहरुले एउटा वहस गराएर निष्कर्षमा पुग्न अब ढिलो गर्नु हुन्न । कुन अवार्ड कार्यक्रमको थिम के हो ? यस सवालमा स्पष्ट भएको खण्डमा एउटा किसिमको बाटो तय हुन्छ भन्ने मेरो बुझाई रहेको छ । त्यसैगरी हरेक अवार्ड कार्यक्रमलाई पारदर्शी बनाउँनै पर्छ । यसको मोनिटरिङ नहुँदा पनि अवार्डप्रति विश्वास बढ्न नसकेको मेरो ठम्याई हो । आयोजक पक्षले समारोहलाई भव्य बनाउन मात्र लाग्नु पर्छ । जर्जहरुलाई मापदण्ड बनाएर दिने बाहेक कुनै पनि खाले हस्तक्षेप वा सक्रियता तथा पुर्वाग्रहीमा लाग्नु हुन्न आयोजक । यति मात्र गर्न सक्दा पनि अवार्डको विश्वसनीयता पक्कै बढ्ने निश्चित छ ।
अवार्डको मापदण्ड बनाउँदा भोलिका दिनमा फान अवार्डको थिम अभिनय हुन सक्ला । अर्थात् सम्पूर्ण एङ्गल अभिनयको होला । त्यसले उत्कुष्ट अभिनय गर्ने कलाकारको पहिचान चाही पक्कै गर्छ । यस कुरामा निर्णय गर्ने अधिकार कलाकार संघको हो । तर म व्यक्तिगत रुपमा यस सवालमा राजी छु । जस्तो, प्राविधिक संघले प्रविधि र प्राविधकको एङ्गलमा अवार्ड गरेको खण्डमा त्यसको सन्देश सही रुपमा जान्छ भन्ने मेरो व्यक्तिगत धारणा हो । अवार्डलाई गरिमामय बनाउने यो सरल उपाय हो । यति गर्न सकियो भने हाम्रा अवार्डहरु तपाई हामीहरुले चाहेजस्तो सम्मानित, मर्यादित र व्यवस्थित भइ सबैको नजरमा हाँस्नेछन् । लगानी ,मेहेनत र सबैले समेटिएको अवार्ड आयोजना त्यो क्षेत्रको गौरव अबस्य बन्ने छ छ बेक्ती खुसी पार्ने मसिना र सस्ता अवार्ड आयोजनाले अवार्डको गरिमा मार्दै लानेकुरामा कुनै दुइमत छैन ।अवार्ड दिने र लिने सबै सचेत हुनुपर्छ ।
लेखक नेपाल इभेन्ट अग्रनाइजेशनका संस्थापक तथा बर्तमान अध्यक्ष हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *